Sunday, February 2, 2014

अनुरोध र अपिल

 मिति२०७०-०३-०४
                              अनुरोध
श्री नेपाल सरकार, परराष्ट मन्त्रालय, 
काठमाण्डौ
                
                  बिषय- भारत सरकार लाई अनुरोधपत्र पठाईदिने बारे

उपरोक्त बिषय सम्बन्धमा भारतीय पक्ष ले धौलिगङ्गा जलबिधुत परियोजनाको बाध खोलेर दार्चुला जिल्ला सदरमुकाम बगाई सकेको कुरा जगजाहेरै होला । उक्त महाबिपत्ति आईलाग्नुमा भारतीय पक्ष ले धौलिगङ्गा जलबिधुत परियोजनाको बाध खोल्नु नै प्रमुख कारण भएको हुदा भारत सरकारसङ्ग नेपाल सरकारको माथिल्लो नि काय बाट नै पहल गर्नु आवश्यक देखिन्छ । 

अहिले सम्म दार्चुला सदरमुकाममा अरबौको छेति भैसकेको र अझैपनि जिल्ला प्रहरी कार्यालय, नेपाल टेलिकम, कोष तथा लेखा नियन्त्रण कार्यालय लगायत लगायत दर्जनौ सरकारी कार्यालय तथा सदरमुकाम नै उच्च जोखिममा रहेको छ । यदि भारतीय पक्षले धौलिगङ्गा जलबिधुत परियोजनाको बाध बन्ध नगरिदिने हो भने सिङ्गो सुदुर पश्चिमको अस्तित्व नै सखाप नहोला भन्न सकिन्न 

दैवीय बिपतिको यस घडिमा पिडीतलाई सहयोग गर्नु नेपाल सरकारको दायित्वभित्र पर्द्छ । त्यसैले भारत सरकारलाई नेपाल सरकारको तर्फबाट अनुरोध गरिदिन हुन सादर अनुरोध गर्द्छौ । 
दैवीय बिपतिको यस घडिमा पिडीतलाई सहयोग गर्नु नेपाल सरकारको दायित्वभित्र पर्द्छ । त्यसैले भारत सरकारलाई नेपाल सरकारको तर्फबाट अनुरोध गरिदिन हुन सादर अनुरोध गर्द्छौ । 



निवेदकहरु 
सम्पुर्ण दार्चुलाबासीहरु तथा सुदूरपश्चिमेलीहरु
                                                                                                                                                                                                                                                                                                          मिति२०७०-०३-०४   
                               हार्दिक अपिल

       सुदुरपश्चिम विध्यार्थी मञ्च (तदर्थ समिति), त्रि.वि.काठमाण्डौ

सुदुरपश्चिम नेपालको दार्चुला जिल्लामा गत दुई दिनदेखिको अत्यधिक बाढिका कारण भ'एको भौतिक तथा मानवीय क्षतिप्रति सुदुरपश्चिम विध्यार्थी मञ्च (तदर्थ समिति), त्रि.वि.काठमाण्डौ अत्यन्त दुखि र मर्माहित भ'एको छ । 


सिमावर्ती भारततिर पक्कि बाध हुनु तथा नेपालतिर भने कच्चीबाध सम्म नहुनु र भारतीय पक्षले धौलिगङ्गा परियोजनाको बाध खोल्न नै उक्त छेतिको कारण हुनसक्ने दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी अधिकारीले जनाएका छन ।

दैविय प्रकोपको यस दुखद घडीमा उद्दारमा खटिएका सम्पुर्ण सम्बद्ध निकायहरुलाई हार्दिक सम्मान तथा हौसला प्रदान गर्द्छु । महाकाली नदिको बहाव अझै अनियन्त्रित रुपमा आईरहेको र यसले अझैपनि ठुलो छेति गर्नसक्ने हुदा मानवीय छेति हुन नदिन म सम्पुर्ण दार्चुलाबासी आमाबुबा, दाजुभाई तथा दिदिबहिनीहरुलाई सजग र सचेत रहन अनुरोध गर्द्छु ।

साथै पिडित तथा विस्तापित आदरणीय दार्चुलाबासीहरुलाई उचित तथा सुरक्शित स्थानतर्फ़ व्यवस्थापन गर्न जिल्लस्थित सुरक्षा निकाय, रेड्क्रस,दैबिप्रकोप उद्दार जिल्ला समिति, राजनैतिक दल तथा सङ्घ सस्था तथा सम्पुर्ण सरोकारवालाहरुलाई मेरो व्यक्तिगत तथा सुदुरपश्चिम विद्यार्थी मञ्च (तदर्थ समिति) त्रि.वि क़ाठमाण्डौको तर्फ़बाट हार्दिक अपिल गर्द्छु ।।।।।।


कृष्ण महरा
सह-सचिव
सुदुरपश्चिम विद्यार्थी मञ्च (तदर्थ समिति)
त्रि.वि क़ाठमाण्डौ, नेपाल

बाढीपीडितहरुको लागि जारी  विज्ञप्ति

No comments:

Post a Comment