Tuesday, September 8, 2015

थारु–पहाडी भाईभाई, सद्भाव विथोल्नेलाई बाईबाई



- कृष्ण महरा 

कैलालीको टीकापुरमा अमरेशकुमार सिंह, राजेन्द्र महतो र उपेन्द्र यादवले  जातीय/क्षेत्रीय हिंसा भड्काउन गरेको उत्तेजनात्मक आमसभाको १३ औ दिन तथा सोही स्थानमा थारु आन्दोलनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका वरिष्ठ अधिकृत र डेढ वर्षीय अबोध बालकको नियोजित हत्या भएको तेस्रो दिन थारु पहाडी भाइभाई; सद्भाव भड्काउनेलाई बाइबाई, नेपाली हामी रहौँला कहाँ नेपालै नरहे, हिमाल पहाड तराई कोही छैन पराई । सुदुरपश्चिमेलीहरुले माइतीघरदेखी संविधानसभा भवन नयाँ वानेश्वरसम्म निकालिएको सामाजिक सद्भाव र्यालीमा लेखिएका शब्द हुन यी ।


माइतीघर मण्डेलाबाट नयाँ वानेश्वरसम्म गरीएको सद्भाव र्यालीमा सुदुरपश्चिमबाट प्रतिनिधित्व गर्ने सभासद्, कर्मचारी, बुद्धिजीवी, कानून व्यावसायी, सबैजसो राजनैतिक दलका भातृ संगठन, विद्यार्थी तथा काठमाण्डौँमा बस्ने सारा सुदुरपश्चिमेलीहरुको सहभागीता थियो ।
नेपाली जनताको इतिहाँसदेखी संविधानसभाबाटै संविधान निर्माण गर्ने सपना पुरा हुनै लाग्दा केही निहित स्वार्थ बोकेका नेता तथा संगठनहरुले देशमा जातीय, क्षेत्रीय द्धेष फैलाउने, जनतालाई हिंसाको राजनीतिमा आउन उक्साउने, भड्काउने तथा जनताको ज्युधनको सुरक्षार्थ खटिएको सुरक्षा निकायमाथी नै प्रहार हुन थालेपछि सामाजिक एकता कायम गरी आपसी भाइचारा र मेलमिलापको माहोल सबैतिर बनाउन सुदुरपश्चिमेलीहरुले यो सद्भाव र्यालीको आयोजना गरेका हुन् ।


जहाँसम्म सुदुरपश्चिम, कैलालीको दर्दनाक र सर्मनाक घटना छ, यो सुनियोजित, व्यवस्थित र पुर्वतयारी विना नै आकस्मिक रुपमा हुन पुगेको घटना हो भन्न सकिने आधार कहिँकतै देखिदैन । वास्तविकता के हो, त्यसको जवाफ टीकापुर घटना छानविन समितिलाई नै छोडौं । कुरा कैलाली कञ्चनपुरको मात्रै होइन, राज्यबाट सारा सुदुरपश्चिम सदियौँदेखि उत्पीडनको शिकार हुँदै आएको छ । कर्णाली पुल नबन्दासम्म सो पारीको क्षेत्र नेपालसंग प्रत्यक्ष रुपमा जोडिएको थिएन । भारतमा मजदुरी गर्ने, आउने, फेरी त्यहिँ जाने यहाँको नियमित प्रक्रिया थियो जुन परिणाममा केहि घटेको भएपनि अहिलेपनि कायम छ । पञ्चायतकालमा बढीमा २ प्रतिशत बजेट दिएर थचारियो सुदुरपश्चिम र गणतन्त्रकालमा जातीय वीउ रोपेर भष्म पारीदैछ सुदुरपश्चिम ।


हाल नेपालमा झण्डै २१ प्रतिशतको हाराहारीमा गरिबी छ तर सुदुरपश्चिमको बाजुरामा ६४ं.१ प्रतिशत, दार्चुला र बझांगमा ५३ प्रतिशत जनसंख्या निरपेक्ष गरीबीको रेखामुनी रहेको छ । यो कुनै मनगढन्ते तथ्यांक नभई विश्व वैंकको सहयोगमा नेपाल सरकारले सन् २०१३ मा गरको एक अर्को अनुसन्धानको निष्कर्ष हो । पञ्चायतीहरु विकास विरोधी र पश्चगामी भएर सुदुरको विकास चाएनन् हामीले मान्यौँ तर गणतन्त्रका ठेकेदारहरुले सुदुरपश्चिमका लागी गौरब गर्न लायक के गरे ? एउटा विश्वविद्यालय माग्नलाई दश÷दश दिन आन्दालन गर्नुपर्यो, सडकमा टायर बाल्नुपर्यो, आवागमन ठप्प पार्नुपर्यो, त्यति नगर्दासम्म सुदुरपश्चिमका आवाज न सरकारले सुन्छ न राजनैतिक दल र त्यसको नेतृत्वले ।




केही नेताको निहित स्वार्थसिद्ध गर्नकै लागी पछिल्लो चरणमा विगत ५०० वर्षदेखि एकैसाँथ मिलेर बसेका थारु पहाडी समुदायबीच हिंसा, भाँडभैलो र अराजकता मच्चाउने नालायक हर्कत हुँदैछ, त्यसैका विरुद्ध हो सुदुरपश्चिमेलीहरुको सामाजिक, साँस्कृतिक सद्भाव र्याली । जातीय दंगाफसाद गरी देशलाई गृहयुद्ध तथा जातीय युद्धको संघारमा पुर्याउने कथित स्वार्थीहरुको विरुद्ध अब सबैले सामाजिक सद्भाव कायम राख्न आआफ्नो ठाँउबाट उठ्नु जरुरी भइसकेको छ । उक्त र्यालीमा संविधानसभा सदस्य, युवासंघ नेपाल तथा विभिन्न पार्टीका प्रतिनिधीहरुले आआफ्नो भनाई राखेका थिए । र्यालीमा बोल्नुहुँदै सभासद माननीय कर्णबहादुर थापाले जनताको संविधान निर्माणको यस घडीमा कसैले पनि एक अर्काप्रति जातीय वा क्षेत्रीय द्धेष फैलाउने अधिकार कसैलाई नभएको बताउनुभयो ।


हो, अब जातीय क्षेत्रीय सद्भाव विगार्नेलाई मात्रै होइन, उत्तेजक भाषण गर्ने समेतलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्छ । नेपालमा आन्तरिक मामिलामा भारतको आशिर्वाद लिन गयौं भन्नुको तात्पर्य के हो ? नेपालको भत्ता खाने अनि काम चाही भारतको छत्रछायामा गर्नेहरुले नै देशमा भाँडभैलो र अराजकता निम्त्याउन अद्दत छन । सबैले बुझ्नुपर्दछ कि सबै मधेशी दक्षिणको आशिर्वाद लिँदैनन, सबै थारु समुदाय टीकापुर काण्ड मच्चाउन लागिपरेका होइनन । वर्षौदेखि कैलाली कञ्चनपुरमा थारु पहाडी समुदाय माघी पर्वमा थारु भाषामै संगसंगै रमाएरहन्छन भने गौरा पर्वमा समेत थारु समुदायको सहभागिता उत्तिकै उत्कर्षपुर्ण हुन्छ ।
विगतमा तराईको समथर भाग जति एउटै प्रदेश हुनुपर्ने र पछिल्लो सिमांकनले प्रदेश नं. २ दिएपछि फेरी उत्तरी सिमानासंग जोड्नुपर्ने माग गरीएको छ । यसो गर्दा नि नहुने उसो गर्दा नि नहुने मधेशवादी दलको मनसाय संघियताविरोधी हो वा एउटै भाषा संस्कृति, लवाइखवाई रहनसहन तथा आर्थीक सामाजिक स्तर समान भएको सुदुरपश्चिमलाई एउटै क्षेत्रमा राखिनुपर्छ भन्ने मान्यता संघियताविरोधी ? अहिले सुदुरपश्चिमको मौजुदा संरचना नौ जिल्लाकै रहनुपर्छ भन्ने ठुलो आवाजलाई संघियताविरोधीको उपमा दिइदैछ ।

अब को संघियता विरोधी र को संघियता पक्षधर मुल्यांकन गर्न गाह्रो छैन । कैलाली कञ्चनपुर लगायत तराईका जिल्लामा कमैया मुक्तिको अभियान सञ्चालन गर्ने शेरबहादुर देउवा, सामरीक हिसाबले पनि उत्तर दक्षिण सिमांकन उपयुक्त हुन्छ भन्ने भीम रावल र जनताको जातीय मुद्धाभन्दा वर्गीय मुद्धा ठुलो हो, यसलाई पहिला हल गरीनुपर्छ भन्ने लेखराज भट्ट संघियताविरोधी भए नेपालबाट तराईलाई विखण्डनगरी अलग देश बनाउने, जनतालाई घरेलु हातहतियार, भाला लिई अर्को समुदायलाई मार्ने र सो अभियानमा मरे ५० लाखसंगै सन्तती वृति उपलब्ध गराई देशमा जातीय नरसंहार मच्चाउने अमरेशकुमार, राजेन्द्र महतो र उपेन्द्र यादव को हुन ? सबैले समयमै चिन्नु र बुझ्नु जरुरी छ ।  


भदौ ७ गत्ते टीकापुरमा जे नहुनु थियो त्यो भैसक्यो अब उप्रान्त त्यस्ता घटना हुन नदिन र सामाजिक, साँस्कृतिक एकताका लागी हामी सबैले लागिपर्नु जरुरी छ । विगतमा अखण्ड सुदुरपश्चिम र अखण्ड थारुवानको माग सहित एक अर्काप्रति भिड्न तयार सुदुरपश्चिमेलीहरुको सामाजिक सद्भाव र्याली सामाजिक भाईचारा र एकताको एक उत्कृष्ट कदम हो । नेकपा एमाले सामाजिक सद्भावको कार्यक्रम सुरु नै गरीसकेको छ, यो कार्यलाई सबैले साँथ दिएर अगाडी बढाइनुपर्छ । सद्भाव कायम राख्ने नाममा जनताका जायज मागहरु निष्तेज पारीनुहुन्न तर जातीय क्षेत्रीय सद्भाव भड्काउने घृणित कृयाकलाप भने पुर्णतया बन्द गरीनुपर्छ । होइन भने देशमा नाइजेरीयाको इबोनी राज्यमा भुमी विवादमा एकैचोटी सयौँ जना मारीएका घटना नदोहोरिएला भन्न सकिन्न ।


त्यसैले कैलालीको टीकापुर घटनापछि सुदुरपश्चिमेलीहरुले काठमाण्डौमा निकालेको सामाजिक सद्भाव ¥याली सिको गर्नु सबैका लागी सार्थक र समय सान्दर्भिक हुनेछ । पंक्तिकार सुदुरपश्चिमको स्थायी बासिन्दा भएकोले मेरो व्यक्तिगत तर्फबाट समेत थारु पहाडी भाईभाई सद्भाव विथोल्नेलाई बाईबाई। 

असोज १४, २०७२ को नेपालकानुन.कममा प्रकाशित
See more at :
http://nepalkanoon.com/2015/10/22942/   
फोटो साभार : अन्नपूर्ण, सेतोपरेवा.कम र ईश्वर महरा         



Saturday, September 5, 2015

मलाया एक्सप्रेस: कायापलट उपन्यास

कुरा लगभग एक वर्ष अगाडि जत्तिको हो । 'पढेर क्वै काम छैन दाई, म त जान्छु विदेशतिर,  गतिलो म्यानपावर भेट्टिए हेरिदिनुगाँउबाट फोन आएको जम्माजम्मी तीन दिन भएको थियो; फेरी फोन आयोर्, दाई म त कलंकी आईपुगे, लिन आउनुस  म झसंग भए ।  गाँउकै पल्लाघरे भाई रामबहादुरको कलंकी आगमन निश्चय नै शिक्षा शास्त्र लिई स्नातक पढ्दै गर्दा आयोगको परिक्षाको लाईनमा बस्नुको सट्टा विदेश भौतारिन परराष्ट्र मन्त्रालय अन्तर्गत राहदानी विभागको लाईन बस्न काठमाण्डौ छिर्नु  निःसन्देह स्वदेशी पढाई तथा देशप्र्रति नै वितृष्णा हो भन्दा फरक नपर्ला ।  सोँचे, यो परिस्थिती र मनस्थिती नेपालको शिक्षा प्रणालीले ल्यायो वा देशको लामो संक्रमणकालले वा अस्थिर राजनितीले वा अदुरदर्शी नीति निर्माता वा नेतृत्वले ? प्रश्न गम्भीर र विचारणीय छन ।

- कृष्ण महरा 
रामबहादुरले शिक्षा शास्त्रमा स्नातक तेस्रो वर्ष पढ्दै गरेपनि  केहि गरिखाने सीप र जाँगर भने त्यति सारो थिएन, भएपनि देखिन्थेन । छँदाखाँदाको पढाई र घरछोडि सदरमुकामको बसाईले भाईको पढाई निरन्तर चलेकै थियो । वाबुआमाले जेनतेन आधि पेट खाएरै भएपनि उसलाई पैसाको कमिको महशुस समेत हुन दिएका थिएनन । मैले सम्झाउने कोशिस गर्दै भनेर्,   राम्रो देश र गतिलो कमाई हुने देश जान्छौ भने कुनै न कुनै सीप अनिवार्य र अंग्रेजीमा दमदार दखल हुनुपर्छ, त्यस्तो देश गए अहिलेसम्म पढेको पनि साध्य हुन्छ, अर्थापार्जन पनि सबैले देख्नेगरि हुन्छ, । 

सोधेर्भाई, कुन देश जान्छौ त ? उ मन छोएसरी घोत्लियो र भन्योर्, यत्रो पढेर मलेशिया, कतार, साउदी जान्न अरु चाही हेर्दिनु, त्यही गए त कुरा काट्छन वरपरकाले । राम्रो देश जान नि उसको ल्याकतले भ्याएन र अन्ततः गाँउमा सिंगापुर जान्छु भन्दै मलेसियाको गारमेन्ट कम्पनीमा कपडाको काममा पासपोर्ट छोड्न तयार भयो । 

नेपाली दाजुभाईहरु विदेश जानुपर्ने थुप्रै कारण र वाध्यताहरु छन । थोरबहुत रमाईलो गर्न, विदा मनाउन र व्यापार व्यवसायको शिलशिलामा विदेश हानिएपनि झण्डै पञ्चानब्बे प्रतिशत नेपाली दुईछाक टार्न नै नेपाली माटो छोड्छन । नेपाली भुमी छोड्छन, पराई भुमी टेक्छन । जाँदा सपनाका रहर बुनेर जान्छन आउदा चकनाचुर पारेर फर्कन्छन । विगत केही वर्षदेखि नेपालमा यो परम्परा फस्टाउदो छ । रेमिट्यान्स भनिने पैसाको थैलीले धेरथोर घरधन्दा त चल्ला तर उर्वर युवाका पाखुरा देश विकाशमा कहिले प्रयोग हुने ? युवा नै नभएपछि देश विकाश कसले गर्ने ? अहिल्यै भन्न सकिने अवस्था छैन ।रामबहादुरको राहदानी बनाउने दिन आयो ।

परराष्ट्र मन्त्रालयको राहदानी विभागमा राती जाग्राम बसिबसि विदेश हुँईकिने लाईसेन्स लिनुपर्ने तितो यथार्थ मैले राम्ररी बुझेको थिए । भोलीपल्ट राती लाईन बस्ने ठाँउ आजै देखाईदिन भन्दै दिउसो तिन बजेतिर राहदानी विभागको बाटो लाग्दै गर्दा न्युरोडको आकासे पुलनिरको पुस्तक पसलमा भेटिर्यो  मलाया एक्प्रेस । मलेसिया जान ठिक्क परेको पल्लाघरे भाईलाई काठमाण्डौर्मै  मलाया एक्सप्रेस भेट्टिएपछि अहिले नै उक्त एक्सपे्रस चढ्न पाए हुन्थ्योजस्तो लागिरहेको अनुभव मैले भित्रै देखि गरिसकेको थिए । नयाँ पुस्तक किन्न ज्यान बन्धकीमा परेपनि पछि नहट्ने मलाई पुस्तक किनुकिनु लाग्यो । पुस्तक ओल्टाईपल्टाई हेरे, हेरेर अहँ, चित्त केहि गरि बुझेन । पुस्तक किनेर आफ्नो बाटोतिर लागियो ।

'मलाया एक्सप्रेस उपन्यास पढिसकेपछि केहि नभनि वा नलेखि बस्न सकिएन । नेपाली साहित्यसंसारमा कथा, कविता, निबन्ध, नाटक, उपन्यास, जीवनी तथा समसामयीक पुस्तकहरु थुप्रै लेखिए । नेपालको जल्दोबल्दो र समसामयीक विषयमा लेखिएका थोरै पुस्तकहरुमध्येको एक हो उपन्यार्स मलाया एक्सपे्रस

विशेषगरि वैदेशिक रोजगारी र आवाजविहिनहरुको तर्फबाट कलम चलाउने युवा लेखक अखण्ड भण्डारीद्धारा लिखित उक्त उपन्यास याम्बुरी वुक प्वाइन्टले प्रकाशन र दिदीबहिनी अफसेट प्रेसले मुद्रण गरेको हो र्। समाचारको भाषा पछि उनको यो दास्रो कृति  हो ।  युद्धले अलमल्याएका र विदेशले विरक्त्याएकाहरुलाई समपर्ण गरिएर्को मलाया एक्सप्रेसले दशवर्षे शसस्त्र दन्द्ध, त्यसको पीडा  र त्यसपछि देशमा निम्तिएको  भयावह अवस्थालाई जस्ताको त्यस्तै उपन्यासमा उतारेको छ । उपन्यासले नेपाली सामाजिक परिवेशलाई आफ्नो विषयवस्तु बनाएको त छ नै संगसंगै देशको जल्दोबल्दो समस्यालाई समेत उठान गरेको छ ।


पुस्तक : मलाया एक्सप्रेस
विधा : उपन्यास
लेखक : अखण्ड भण्डारी
प्रकाशक : याम्बुरी बुक प्वाईन्ट
मुल्य रु : ३५०

जीतबहादुर, उपन्यासका नायक जो नेपालमा दश वर्षसम्म चलेको जनयुद्धका भुक्तभोगी हुन । दशवर्ष ताका चलेको  युद्धपश्चात सरकारमा गईसकेपछि अभिवादन र लालसलाममा बाट नमस्तेमा झरेका कतिपय माओवादी नेताहरुको वास्तविकता र वैदेशिक रोजगारीमा नेपालीद्धारा नेपालीलाई नै ठग्ने परम्परालाई कंहिपनि नविराई शब्दमा उतार्नु लेखकको अथाह लेखकीय ज्ञानले मात्रै सम्भव भएको हुनुपर्छ । उपन्यासका हरेक पानाहरु हाँसोका फोहरा र आँशुका रोदनले भरिएका छन । 

लमिको बोली र प्रयोग गर्ने थेगोले हाँसाको उठान गरेको छ भने उमेर छँदा स्वदेशमा जनयुद्धले भविष्य अन्धकार बनाउदा पनि परदेश गएरसमेत ठगिनु र घरमा त्यतिधेरै माया गर्ने प्रियालाईपनि  गुमाउनुपर्दाको दृश्यले आँशु र दर्दको पैरवी गरेको छ ।  उपन्यासको कथावस्तुले  पढ्दापढ्दै हँसाउछ  र हाँस्दाहाँस्दै रुवाउछ । सुख र दुखको संयोजन हुनु उपन्यासको अभियोजन हो र्र मलाया एक्सप्रेस निसन्देह संयोगान्त उपन्यास हो यसले  नै यसको प्रशंसनिय पक्षको उजागर गरेको छ । उपन्यासमा खाट्टि नेपाली परिवेश, भाषाशैली र संस्कृतिको वेजोड मिलन भेट्न सकिन्छ ।   

मधेशी कथावस्तुमा मधेशी भाषाशैली र पहाडी परिवेशमा पहाडी भाषाशैलीको प्रयोग गरिएको छ । लेखक अखण्ड भण्डारी भन्छनर्, उपन्यासमा पात्रको भाषा सकेसम्म खोसिएको छैन । तसर्थ उपन्यासले सबै भाषाको उत्तिकै सम्मान गरेको छ भन्दा अत्युक्ति नहोला । क्रान्ती, युद्ध र आन्दोलनहरु संसारमा नभएका होईनन तर त्यसको प्रतिफललाई संस्थागत गर्न नसक्नाले देशको उर्वरिलो युवाशन्ति दैनिक सत्र सयको दरले विदेशिन वाध्य छ । 

संगसंगै मासिक उनान्सय वटा लास बाकसमा प्याक गरिएको अवस्थामा देश भित्रिन्छन भने विरत्तिलो परदेशमा ठगिने, अलपत्र पर्ने, जेलजीवन विताउन वाध्यहुने अझ मृत्युदण्डको सजायसमेत पाउने निमुखा नेपालीहरु अनगिन्ती छन । रोजगारीको शिलशिलामा विदेशिने कतिपय पुरुष तथा महिलाहरुको दाम्पथ्य जीवनमा दरार देखिएका छन भने कतिपयले परदेशबाट विप्रेषणको पठाएको रमक कुम्ल्याउदै फर्किआउदा अर्कैसंग घरजम गरिसकेका हुन्छन ।

यस्तो दयनीय दुरावस्थामा यी र यस्तै समस्यामा केन्द्रित गर्र्दै मलाया एक्सपेस लेखिनु वैदेशिक रोजगारीको क्षेत्रमा अत्यन्तै उचो धरहरा हो । सर्वप्रथम उपन्यास देशलाई लामो राजनैतिक संक्रमण अन्त्य गर्न नचाहने ठुला दलका सबैभन्दा ठुला नेताहरुले पढ्नुपर्दछ । त्यसपछि युवापुस्ताका नेता, वैदेशिक रोजगार विभागका उच्च पदस्थ अधिकारी, वैदेशिक रोजगार व्यवसायी, विदेश जान आँतुर कामदार, निजहरुका घरपरिवार तथा स्वदेशमा सुको नदेख्ने विदेशमै पैसाको खेति देख्ने सबैर्ले मलाया एक्सप्रेस भुलेरपनि पढ्न छुटाउनुहुन्न । 

अझ म त भन्छु चलचित्रका चर्चित निर्देशकहरुको हातमा यो पुस्तक पुग्नैपर्छ । वहाँहरुले आँट गर्न हुन्छभने मलाया एक्सपे्रस माथी चलचित्र बन्नुपर्छ र सरकारले सो चलचित्र परराष्ट्र मन्त्रालयको राहदानी विभाग, श्रम मन्त्रालयको वैदेशिक रोजगार विभाग र त्रिभुवन विमानस्थल अगाडि ठुलो पर्दामा देखाइनु पर्दछ । उक्त चलचित्रले वैदेशिक रोजगारमा सिंचित समस्याहरुलाई निमिट्यान्न पार्ला त भन्न नसकिएला  तर त्यसो गर्न सकियो भने ढिलोचाँडो सकारात्मक प्रभाव भने अवस्य पार्नेछ ।

'मलाया एक्सप्रेस दशवर्षे जनयुद्ध भिडेकाहरुका लागी र विदेशको भुमरीमा विरक्तिएकाहरुका लागी दैनिकी हो, जनयुद्ध नदेखेकाहरुका लागी इतिहाँस, अध्येताहरुको लागी उपन्यास, युवापुस्ताको लागी प्रेमकहानी, र चलचित्र पारखीहरुका लागी सफल चलचित्र हो । राजनैतिक अस्थिरता, संविधानविहिनता, तरल संघियता वहस, भ्रष्ट्राचारको जगजगी, दण्डहिनता, विधिको शासनको अभाव, स्वेच्छाचारिता, अप्रत्यक्ष अन्तराष्ट्रिय हस्तक्षेप र गिर्दो अन्तराष्ट्रिय छवीजस्ता अनेकन समस्याले थलिएको देशमा वैदेशिक रोजगारीपनि अनुगमन र नियमनको अभावमा समस्याको रुपमा अगाडि आईरहेको छ । 

यस्तो बेलामा देश बनाउन ईन्जिनियरले स्केल, डाक्टरले सिरिन्ज, पेन्टरले मसि र  लेखकले कलम प्रयोग गर्नुपर्दछ । संवैधानिक कानुनका विज्ञ तथा असोसिएट प्रोफेसर गणेशदत्त भट्ट भन्छनर्, वैदेशिक रोजगारीको  भविष्य भयावह हुनबाट बचाउन बलियो कानुन बनाई नियमन गरिनुपर्दछ उपन्यासको विषयवस्तु  मध्य भागबाट सुरु हुनु, मध्यभागमा  उपन्यास एउटा प्रसंगमा सलल बगिरहदा एक्कासी अर्को प्रसंग आउनु र केहि नयाँ शब्दहरुको प्रयोगले उपन्यासको शक्तिशाली धरातललाई कमजोर तुल्याएको छ  । 

त्यसैगरि भाषाविद् तथा नेपाली भाषाको वकालत गर्नेहरुले उपन्यासले नेपाली मानक भाषा विगारेको तर्क गर्न सक्दछन । मैले यो पुस्तक विदेशमा रहनुहुने आफन्त तथा साथीभाईहरुलाई पढ्नु भनिरहदा विदेशमा पुस्तकको पहुँच सहज नभएको जवाफ पाएको छु । पहँुच असहज पनि अब उप्रान्त सुधार गरिनुपर्ने पक्ष नै हो । 'मलाया एक्प्रेस पढेर भ्याईयो । पढ्नेबेला पल्लाघरे रामबहादुर पनि संगै थियो । अहिले भने उ मलेशिया पुगिसकेको छ ।  मलेशियाको गारमेन्ट कम्पनीमा काम गर्न भिषा लगाएको रामबहादुरले मलेशिया पुगेको पाँचौ दिन फोन गरेर भन्दैथियो, दाई मलाई त म्यानपावरले फसाएछ, कपडाको काम भनेको, वेल्चाले नहर बनाउने काम पो रहेछ । 


उपन्या 'मलाया एक्सप्रेसले यस्तै तन र मन स्वदेशमै छोडि आफु विदेशिएको जीतबहादुरको कथा समेटेको छ । दश वर्षे शसस्त्र दन्द्ध र त्यसपछि वैदेशिक रोजगारीले निम्त्याएको पीडालाई जस्ताको त्यस्तै उतार्ने उपन्यासकार अखण्ड भण्डारी बधाई तथा धन्यवादका पात्र छन । जन्मभुमी नेपाल भई कर्मभुमी परदेशलाई बनाउन बाध्य नेपालीहरुको वास्तविक कथामा आधारित उपन्यास साच्चै नै मार्मिक छ /

लेखक अखण्ड भण्डारीको उपन्यास 'मलाया एक्सप्रेस' पढेपछि   

बाबुरामको इमान्दारिता परिक्षण


नेपाली राजनीतिमा फागुन १६ गते सबैको पर्खाईको दिन थियो । विपक्षीहरुले भनेजसरी नै हजारौ जनता खुलामन्चमा आए र सबैका कुरा चुपचाप सुने । त्यतिकैमा जनताको आंधीवेहरी खुलामन्चमै छोडेर एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराई भारत हानिए । देशभर बाट विशाल शक्ति प्रदर्शन सफल पार्न कुनै कसुर बाकी नराखी काठमाडौँ आएका जनताले डा. बाबुराम भट्टराई  भारत गएर केहि राम्रै गर्नुहुन्छ सोचेथे  तर जनताको सोचाई र भट्टराईको क्रियाकलाप सोचेजस्तो भएन ।
                                 

                                                                                    - कृष्ण महरा 

जनताले यहाहरु(विपक्षी दल)ले भनेकै भरमा खुलामञ्चमा नअट्ने गरी भोकभोकै उपस्थित भएर अझै हामी तपाइकै पक्षमा छौ भन्ने एक हिसाबको संदेश नै दिएका थिए तर त्यसको ठिक बिपरित भट्टराईले भारत भ्रमणमा जाँदा भारतले नेपालको वर्तमान राजनैतिक गत्यावरोध अन्त्यको लार्गि सकारात्मक भूमिका खेलिदिन अनुनयविनय गरेछन जुन गर्नुहुन्थेन । के फागुन सोह्रको खुलामंचको विशाल जनसमर्थन नेपाली जनताले खेलेको   सकारात्मक भूमिका होईन र ?  लोकतन्त्रमा सबैभन्दा ठुलो जनता कि विदेशी राष्ट ?  भारत भ्रमणपश्चात भट्टराईले भारतीय पत्रिकाहरुमा दिएको अन्तर्वाता हेर्दा लाग्छ, नेपाली जनताको उक्त समर्थन  पैतालाको धुलो, भारतीय नेताहरुको समर्थन  शीरको टोपीसरह हो ।

केहि दिन अगाडी भट्टराईले नै कांग्रेश एमालेले  २०४७ सालको संबिधानमा नया गाता राख्न खोजेकोले जनतामा आएको भनेर सुदुरमध्य पश्चिम र कर्णालीको भ्रमणमा भन्नु भएकै हो ।देशीविदेशी शक्ति मिलेर आफुहरुको पार्टीलाई चुनावमा हराईयो भन्ने घुमाउरो आरोप एकातिर र अर्कातिर सार्वभौमसत्ता सम्पन्न देशको आन्तरिक मामिलामा ुभुमिकाको आव्हानले भट्टराईकै दक्षिणपन्थी झुकाव वलशाली देखिन्छ । भट्टराईले हेक्का राख्नुपर्थ्यो, नेपाली जनताको बिश्वास नगर्दा र भारतको चाही त्यति ठुलो भरोशा गर्दा आफ्नो अहिलेसम्मकै राजनीतिक इमेज जनताको मानसपटलबाट सजिलै हराउन सक्छ ।

भारत भ्रमण गर्ने हुँदैन वा भारतीय नेताहरु संग कुनै सम्बन्ध नै बनाउनु हुँदैन भन्ने मेरो आशय किमार्थ हुँदै होइन । सम्बन्ध विस्तारले दुई देशविच उच्चस्तरको कुटनीतिक सम्बन्ध बढ्नु त छदै छ, हामीजस्ता भारतीय सिमा नजिकका बासिन्दालाई समेत आवागमन सहज र सरल हुन्छ, तर यसरी देशको अति सम्बेदनशील र गम्भीर बिषयमा भट्टराईजस्तो कहलिएको बौद्दिक नेताले भारतीय मिडियामा देशभित्रको आन्तरिक मामिलालाई यति हल्का ढंगले बोलिदिंदा डा.बाबुराम भट्टराई त जनताको नजरबाट गिर्नु भयो नै तर नेपाललाई समेत सार्वभौमसत्ता सम्पन्न राष्ट होईन कि भन्ने आभाषसमेत गराउनु भयो ।

हामीमध्ये प्राथमिक शिक्षा भारतमा हाँसिल गर्ने कतिपयले बुद्ध भारतमा जन्मेका हुन्,भन्ने पढेकै  हुन् जुन  कुराको  भारतले संसारभरी नै भ्रमको खेती गरेको थियो सो कुरा  भारतीय वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले २०७१ साल श्रावण १९ गते नेपालको संसदमा आएर वुद्ध नेपालमा जन्मेका हुन् भन्दै उक्त तथ्यलाई गलत साबित गरिदिएका थिए । कि आज फेरी मोदी नै आएर्र नेपाल एक सार्वभौमसत्ता सम्पन्न राष्ट हे भनिदिनुपर्छ ?

डा.बाबुराम भट्टराई, तपाई कांग्रेश र एमाले देखि किन डराई रहनु भएको छ ? जनताले कांग्रेस एमालेलाई मन पराएर जिताएका होईनन नयाँ र जनताको सर्वोपरी हितमा काम गर्ने असल पार्टीको बिकल्प नभएर बाध्य भएका हुन् ।  महान क्रान्तीबाट शान्ती प्रक्रियामा आएको जिम्मेवार पार्टीको वरिष्ठ नेता तथा देशकै प्रधानमन्त्री भैसकेको व्यक्तिले किन एमाओवादीको रहेबचेको जनमतलाई धुलिसात गर्न त खोज्दै हुनुहुन्छ ?

जनताले कांग्रेश एमालेलाई राम्ररी चिनेका छन् (र कालान्तरमा सुधारिदै जानेछन भन्ने विश्वास छ, सुधारिएनन भने यिनीहरुको पनि भविष्य छैन) तर भट्टराईजस्तो जनता जनार्दनलाई उच्च स्थान दिने र जनताकै लागि क्रान्ती र बलिदान गरेको  देशकै मुर्धन्य ब्यक्तिपनि यसरी प्रस्तुत गर्दा जनताको आशाभरोशा नै समाप्त हुँदैछ । सबै भन्दा ठुलो कुरा निष्ठाको राजनीति र इमान्दारिता हो र एमाओबादीलाई विश्वास गरी आफ्नो अमुल्य मत दिने जनता,पार्टीका इमान्दार कार्यकर्ता, शहिद बेपत्ता तथा घाईते परिवार यतिखेर आफ्नो अभिमतलाई पुरै वाइपास गरि बिदेशीको भूमिकाको खोजि गरिदा के  सोच्दै हुनुहोला ?

तपाईले त अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्न मैले यसो गरेको हु समेत भन्न भ्याउनु भयो, तर यो अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्ने तरिका हो जस्तो लाग्दैन र अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्दा कुनै विदेशी राष्टमा गएर मेरो देशमा आएर भूमिका खेलिदिनुपर्यो भनेर सायदै भनिन्छ र राज्यकोषबाट पारिश्रमिक पाउने मन्त्रीस्तरीय संसद्को महत्वपूर्ण समितिको सभापतिले उपरोक्त कुरा विदेशी भूमिमा बोल्नु कुटनीतिक आचारसंहिता २०६८ को अनुकुल पक्कै हुन्न होला ।

हिजो र आजका अनलाईन र छापा पत्रिकाहरु कसरी पढ्नुहुन्छ ? कि पत्रिका हेरिनसक्दै फ्यात्त डष्टविनमा  मिल्काईदिनुहुन्छ ? एमाओवादी लगायत पहिचान पक्षधर भनिएका दलहरुले गत माघ पहिलो साता गरेको नेपाल बन्दका क्रममा पुर्व मन्त्री तथा एमाओवादी नेत्री हिसिला यमीले पत्रकारहरुलाई तल्लो स्तरको व्यवहार गर्दा उहाको कद र हैसियत छर्लंग भएको थियो, आज तपाई सार्वभौमसत्ता र अखण्डताको सवालमा कतै त्यस्तै आफ्नो इमान जमान र इज्जत घटाउने पथमा त हुनुहुन्न ?  

कांग्रेश एमाले वा अन्य दलहरु जजसले जे भनेपनि माओवादीको जनमत गतेको छैन । डा. साप तपाई ढुक्क हुनुस अविचलित भई देश र जनताको हितमा लाग्नुुस माओवादी पार्टी नै छिन्नभिन्न भएकोले जनमत घटेको हो र अझ सक्नुहुन्छ भने सबै माओवादी एक ढिक्का भएर जनतामा आउनुस जनता एक ढिक्का भएर स्वत नै माओवादीमा आउनेछन तर माओवादीको जनमत घट्यो भन्दैमा जनविश्वाससमेत घटाउने पर्यत्न नगरियोस ।

कांग्रेसले यो देशमा सबै भन्दा बढी शासनमात्रै गरेन, देश पछाडी पर्नुमा पनि उसकै हात छ, यो मैले भनिरहनु पर्दैन, घामजस्तै छर्लंग भएको कुरा हो । एमालेको कुरा  छोड्दिनुस, उसले त संबिधानसभा हाम्रो एजेन्डा नै होईन भनेको होइन र ? तर आज तपाईको क्रियाकलापले कांग्रेसएमालेलाई जनताको प्रिय पार्टी बन्ने अवसर दिंदै हुनुहुन्छ र तपाईका पछिल्ला गतिविधिले यी दलहरु यथास्थितिवादी र प्रतिगामी नभएर देशभक्त र राष्टियतावादी पार्टी सावित हुँदैछन । 

जब माओवादी एक ढिक्का थियो जनताले एक ढिक्का भएर उसैलाई पहिलो पार्टी नबनाएको हो र ? तपाई आज किन नेपाली जनताभन्दा अरु कसैलाई भूमिका खेलिदिन अनुरोध गर्दै हुनुहुन्छ ? अरु भन्दा पनि माओवादी संग जनताको अझै आशा छ किनकी आफ्ना लागि आफैले आवाज वुलन्द गर्नुपर्छ भन्ने ज्ञान नेपाली कुनाकन्दरा र भीरपाखाका जनतालाई माओवादीले नै सिकाएको हो र तपाईहरु आफै एकढिक्का हुन् सक्नुभएन र पो जनता पुरानै भीर समात्न विवश भए । यो कुराको समिक्षा र वहस गर्नुको सट्टा त्यस्तो जनताको साथ र काँध हुँदाहुँदै छिमेकी गुहार्न जानु तपाई नै सोच्नुस कतिको जायज हो ?

यहाको शक्ति प्रदर्शनमा जनताले त्यत्रो सांथ दिंदादिंदै सभा नै छोडेर जानुले यहाको शक्तिको श्रोत जनता हुन् वा अरु नै भन्नेकुरा अब भनिरहनु परेन । हुन् त मैले लेखेका यी कुराहरुलाई तपाई शहरिया सम्भ्रान्त र हुनेखाने बर्गका प्रतिनिधि शब्द ठान्नुहोला तर यी सुदुर नेपालको सुदुर जिल्ला दार्चुलाको हुँदा खाने वर्गका  प्रतिनिधि शब्द  हुँन र तथापी मलाई उक्त आरोपको विल्ला भिराईए पनि एक सच्चा नागरिकको नाताले चुपचाप सहन तयार छु ।

जनतालाई सदा सर्वोच्च मान्नेहरु इतिहासमा कहिल्यै हरेका छैनन । खोलो त बाह्र बर्षमा फर्कन्छ भन्छन तर निष्ठाको राजनीति फर्किन कहि बर्ष धर्य गरे पुग्छ, त्यसपछि जनतामाथि गद्दारी गर्नेहरु आफै बढारिनेछन, सच्चरित्रवानहरु स्थापित हुनेछन र तर सचेत हुनुहोला, धैर्यता र इमान्दारिता देखाउन नसक्दा  आफै बढारिएका थुप्रै उदाहरण छन  । तपाई लगयात सिंगो एमाआवादीको अहिले धर्यता इमान्दारिताको परिक्षण भईरहेको छ, देश बनाउनेहरुको अभिक्षमता परिक्षण यहि हो । पास भई देश बनाउने वा फेल भई आफै हराउने यहाँकै मर्जी ।

  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको भारत भ्रमण पश्चात लेखिएको मेरो विचार