Saturday, July 19, 2014

यस्तो हुनुपर्छ एमाले

                                                 

कृष्ण महरा 
एक महिनादेखि ल्याटिन अमेरिकी देश ब्राजिलमा भएको विश्वकप फुटवलले विश्वभरिका सञ्चार- माध्यम, सामाजिक सञ्जाल र आम नागरिकको मनमस्तिष्कमा कब्जा जमाईरहेको बेला नेपाली राजनितीमा भने सत्तारुढ दोस्रो ठुलो दल नेकपा एमालेको महाधिवेसनले कब्जा जमाईरहेको थियो । 

साईत  योपनि जुरेको थियोउता फिफाले फुटवलको विश्र्व कप’ हात पार्न ३२ टिमलाई भिडाएर अन्तिम टुङ्गो लगाईरहेको थियो र यता नेकपा एमालेले पनि पार्टीको शक्तिशाली नेतृत्व टुङगो लगाउन प्रष्टै देखिने २ टिमलाई भिडाईरहेको थियो । 

हुन त नेकपा एमाले विश्वकपमा खेलिरहेका देशहरुजस्तो फरक फरक देशको वा फरक पार्टीका प्रतिनिधिहरुलाई भिडाईरहेको थिएन तर एमाले भित्रको चरम गुट प्रवृतिआरोपप्रत्यारोप र पानी वारावारले दुई फरक कम्युनिष्ट नेतृत्वको रस्साकस्सी गरिरहेकोजस्तो  भान भईरहेको थियो । 

एमालेको महाधिवेसन यहि असार १९ गतेदेखि भृकुटिमण्डपमा सुरुभयो । विश्वमा विज्ञान र प्रविधि फस्टाईसकेको र नेपालपनि प्रविधिमा फड्को मारिसकेकोले  सो कुम्भमेला हाईटेक हुने,रोबोर्टले उद्घाटन गर्नेस्मार्टकार्डमार्फत नै प्रतिनिधीपत्रकारअथिती सबैलाई प्रवेशखाना र ट्वाईलेटसमेतको व्यवस्था गरिने प्रचार एमाले प्रचार विभागले धेरै अगाडी नै गरिसकेको थियो ।  

महाधिवेसन उद्घाटन हुने दिन विहानभरि भृकुटीमण्डप संगसंगै प्रर्दशनीमार्ग एमाले पार्टी झण्डाचुनाव चिन्ह र संस्थापक नेताहरुका तस्विरले रंगीचंगी र झकिझकाउ थिए । राजधानीका मुख्य चोक तथा गल्लीहरुसमेत महाधिवेसनको प्रचारले रंगाईएका थिए । विहान प्रदर्शनीमार्गमा त्यति व्यवस्थित गरेर सजार्ईएका गेटव्यानर तथा झण्डाहरु दिउसो भने आफ्नै कार्यकर्ताहरुद्धारा नराम्ररी सडकमा पछारिए । 

कारण थियोएमालेकै कार्यकर्ताहरुले उद्घाटनस्थल प्रवेश नपाउनु । नेकपा एमालेलाई मुलुककै सबैभन्दा ठुलो पार्टी बनाउछु भन्नु तर त्यहि महाधिवेसनको कुम्भमेला भने प्रतिनिधी र कार्यकर्तासमेत अटाउन नसक्नेगरी गरिएको व्यवस्थाले एमालेको व्यवस्थापन पक्षको कमजोरी सुरुमै उदांगिएको थियो । 

उद्घाटनशत्रमै आमन्त्रित भारतीय सत्तारुढ दल भाजपाका नेता विजय जोलीमाथी आक्रोशित कार्यकर्ताद्धारा बोतल प्रहार भएको थियो । यसरी महाधिवेसनमा अथितीमाथी प्रहारको परिस्थिती कमार्थ राम्रोसभ्य र सुहाँउदो होईन भलै भाजपाका नेता जालीले उक्त घटनालाई अतिसामान्य भनि प्रतिकृया दिएका छन । 

त्यसो त नेपालका राजनैतिक दलहरुमा गुटवन्धी जन्मिदै पाएको पेवा भएको घामजस्तै छर्र्लंग छ । यो रोगबाट एमालेपनि अछुतो रहने कुरै भएन । अझ महाधिवेसनका बेला त एमालेको गुटबन्धी यसरी नांिगयो कि जिल्लाजिल्लाबाट आउने प्रतिनिधीसमेत केपी गुट वा माधव गुट भनि उतैबाट टिका लाएर आए । त्यतिबेला नेताहरु पार्टीको नेता भन्दापनि गुटको नेता भएकोमा गर्व गरिरहेका देखिन्थे । मत पत्रमै लेखियो केपी प्यानलमाधव प्यानल । 

असारे झरिमा प्रतिनिधी भेटघाँटभेलाचियापानपत्रकार सम्मेलन तथा साँस्कृतिक कार्यक्रम पनि टाढा टाढाका सभाहलहरुमा गरिए मानौ एउटाले अर्कालाई देखिसक्दैनथे ।  मिडियासामु शिर्षस्थ नेताहरु नै जेजसरी एक अर्को गुटको दोहोलो काटिरहेका थिए त्यसले स्वयम तिनिहरुको आफ्नै नैतिकताको स्खलन भईरहेको थियो । एउटै पार्टीभित्रका प्रमुख नेताहरुको यसरी दुई फरक पार्टीको झै खेदो खन्दैजाँदा आफ्नै पार्टी कमजोर र छियाछिया हुने कुरा सबै उक्त धाउन्नमा लागेका नेताहरुको अन्तर्हृदय र अन्तस्करणबाट बुझेको हुनुपथ्र्यो । सो कुराको स्मरण र ख्याल राख्ने हेक्का कुनैपनि नेता तथा नेतृहरुले गर्न सकेनन । 

एउटा गुट वा प्यानलको भनाई थियोवर्षौ एउटै व्यक्तिलाई पार्टीको नेतृत्वमा राखिरहनु हुँदैन,अब नेतृत्व सहजै हस्तान्तरण गरिनुपर्छ । त्यस्तै अर्को गुट वा प्यानलर्ले युवाका साँथमा अनुभवी नेतृत्व’ भन्दै आगामी निकत भविष्यमा पार्टी नेतृत्व युवामा पुस्तान्तरण गरिने प्रतिवद्धता व्यक्त गरिरहेको थियो । 

ओलीलाई उखान टुक्काले पार्टी नचल्ने ठट्यौली आरोप देखी देशभित्र डनहरुलाई संरक्षण गरेको र अस्वस्थ व्यक्तिले पार्टी हाक्न नसक्नेसम्मका लगाईए भने माधव नेपाललाई पार्टीको नेतृत्व अरुलाई छोड्न नचाहेकोप्रधानमन्त्री हुँदा पार्टीदेश र जनताको लागी केहि गर्न नसकेको,पहिलो संविधानसभामा आफु र पार्टी नराम्ररी पराजित हुँदा नेतृत्व छोडेको जस्ता अनगिन्ती आरोपको शिकार बनाईयो यद्धपी उतिबेला पार्टी नेतृत्व छोड्नुलाई कतिपयले नैतिकतासंग समेत जोडेका थिए । 

अब त्यो सबै इतिहाँस सावित भईसकेको छ । नवौ महाधिवेसन पश्चात एमालेको नेतृत्व गर्ने महान जिम्मेवारी झापा आन्दोलनका योद्धा कमरेड केपी शर्मा ओलीले पाएका छन जुन पहिले एमालेको एउटा खेमाले भनेबमोजिम नै नेतृत्व हस्तान्तरण भएको छ । यो संगै हिजो नवौ महाधिवेसन पुर्व छर्लंग दुई धार देखिएको एमाले अब एक भएको छ । गुटमा विभक्त नेता तथा कार्यकर्ताहरु अब सिंगो एमालेका भएका छन ।  

पदाधिकारीमा भएको वराबरीलेसमेत यहि कुराको संकेत गर्दछ जुन हुनुपनि पर्दथ्योयस्तो नतिजाको लागी सबै प्रतिनिधीहरु आआफ्नो ठाउमा धन्यवाद र सम्मानका पात्र छन । यहाँ केपी  ओलीको जीत र माधव नेपालको हार भएको नभई राजनैतिक भाषामा भन्नुपर्दा दुवैर्को विनविन’ भएको हो र अब सायद केन्द्रिय सदस्यमा पनि दुवै प्यानललाई सोहिअनुसार पोजिसन प्राप्त हुनेछ ।  

पार्टीको ऐतिहासिक जिम्मेवारी सम्हालेका अध्यक्ष ओलीले विजय भईसकेपछिको पहिलो अन्तवार्तामा भनिसकेका छनमेरो पहिलो प्राथमिकता कुनै आग्रह पुुर्वाग्रहविना पार्टीलाई एकढिक्का बनाएर अगाडी बढाउनु हो भनेर । होअब एमालेभित्र कुनै गुट रहन्न र रहनुपनि हुदैन । कथमकदाचित अझैपनि एमालेभित्र गुटको गन्ध आयोभने महाधिवेसन अघि बोलेको एमाले मुलुककै सर्बश्रेष्ठ पार्टी बनाउनेछौ नेपाली जनताको मन मष्तिष्कमा सदा रहने प्रिय पाटी बनाउनेछौ भनि वाचा गरेको कुरा मिथ्या सावित हुनेछ । यो कुरा एमालेका नवनिर्वाचित अध्यक्षपदाधिकारीकेन्द्रीय सदस्यआम एमाले नेता तथा कार्यकर्ताहरुले सदा मनन र स्मरण गनुपर्दछ । 

हिजो नेपालमा एमाले भन्ने पार्टी नै छैन भन्दै भाषण छाट्ने वैरीहरुलाई  निवर्तमान अध्यक्ष झलनाथ खनालले नेपालमा एमाले भन्ने पार्टी नभएको हाईन मुलुककै सबैभन्दा दोस्रो ठुलो पार्टी भएको प्रमाणित गरि गतिलो जवाफ दिए । नवनिर्वाचित अध्यक्ष ओलीलाई पनि विभिन्न चुनौती र अप्ठ्याराबीच पार्टी हाँक्ने अवसर जुरेको छअब एमालेलाई एकढिक्का,देशकै पहिलो र सर्वप्रिय पार्टी बनाउने वा जेनतेन कार्यकाल पुरा गरी पन्छिने सारा परिक्षण हुनेछ ।   

महाधिवेसन पुर्व एमाले वरिष्ठ नेता एवं अध्यक्ष पदका प्रत्यासी कमरेड माधव कुमार नेपालले दशौं महाधिवेसबाट पार्टी नेतृत्व युवालाई सुम्पने उद्घोषसमेत गरेका थिए । यसले पार्टीमा ईमान्दारकटिबद्ध तथा मनवचन र कर्मले सदा समर्पित युवावर्गमा खुसीयाली छाएको थियो । त्यस्तै एमालेमा पाको पुस्तालाई सम्मान थाप्ने पुस्ता र सल्लाहकार मान्नुपर्ने भन्दै उमेरको हदसमेत तोकिएको छयो कतिको कार्यान्वयन हुन्छ त्यसैले नै एमालेमा युवाको स्थान बलियो बन्दै जाने र एमालेमा पुस्तान्तरणको गुलियो नारा यथार्थमा परिणत हुनेछ । 

यो महाधिवेसनमा माधव नेपालले जितेमात्रै आगामी महाधिवेसनमा पार्टी नेतृत्व युवापुस्तालाई सुम्पने अन्यथा सुम्पन नसकिने भन्नेकुरा हुनै सक्दैन । यो कुरा वर्तमान अध्यक्ष कमरेड केपी ओलीद्धारापनि  आत्मसाँथ र अनुभुती गरिनुपर्दछ । हिजो केपी ओली एमाले प्रभावशाली नेतामा सीमित नाम थियो भने अब उक्त परिचय फेरीएको छ । अध्यक्षको जिम्मेवारी पाएसंगै वहाँले अब राष्ट्रकै नेताको जिम्मेवारीसमेत पाएका छन । यो संगै एमालेको नयाँ नेतृत्वले युवापुस्ताको सवाल र पहललाई राम्ररी बुझ्नुपर्दछ । 

दोस्रो संविधानसभाको चुनावताका नेपाली राष्ट्रिय दैनिकमा एकजना कार्टुनिष्टले उमेदवारको टिकट वितरणको विषयलाई लिएर्र हत्याराअपराधी र डनहरुलाई पहिलो प्राथमिकता’ भन्दै व्यङ्गात्मक कार्टुन लेखेका थिए । अबको एमालेमा यो संस्कृती सकभर भित्रीनु हुँदैन र भित्रिएको भएपनि अन्त्य हुनुपर्दछ । पार्टीमा नराम्रा प्रवृतीलाई ओत लगाउदा आफु सदा पद र प्रतिष्ठामा त बसिएला तर दीर्घकालिन रुपमा सच्चा राष्ट्रनिर्माणका लागी कदापी शुभसंकेत हुनसक्दैन । 

देश लम्बिदो संक्रमणकालमा मात्रै छैनसंक्रमण कहिलेसम्म भन्ने पनि निश्चित छैन जसको कारण देशमा दण्डहिनताको अन्त्य हुन सकिरहेको छैन । अपराध अति विकसित जी आठ,स्क्यान्डिन्याभियन वा सम्पन्न युरोपअमेरिकी देशहरुमा पनि हुने गर्दछ तर जुन देशमा अपराधको संस्कृतिकरण गरिन्छ त्यो देशमा न राजनैतिक स्थिरता आउछ न त देश विकासको बाटोतिर उन्मुख नै हुन्छ । भन्नुको तात्पर्य संक्रमणकाल अन्त्य गर्नमा अबको एमाले अग्रसर हुनैपर्छ किनकी उ देशको प्रमुुख हिस्सेदार पार्टी हो । 

अबको एमाले बौद्धिक बन्नेपर्छ किनकी हिजोजस्तो जनतामा भ्रमको खेती गरेर चुनाव जित्ने समय घर्किसकेको छ । यतिधेरै सामाजिक सञ्जालसञ्चार माध्यम तथा सम्प्रेशणको विकासले जनताको चेतनाको क्षितीज ज्यादै फराकिलो भईसकेको छ । हिजो एमालेकै नाममा रगतको खोला बगाउनेहरु पैसाको बिटो चढाउनेका अगाडी फगत सावित भएको परिस्थितीले एमालेलाई आफ्नै पार्टी ठान्ने समर्पित कार्यकर्ता तथा एमालेप्रति आस्था र विश्वास गर्ने सच्चा नेपालीलाई निराश पारेको थियो ।अबको एमालेमा त्यो कदापी नहोस । सबैले गच्छेयोगदान र हैसियतअनुसारको स्थानसम्मान र पद पाउन । मुल्यांकन पैसाको हाईन परिश्रम र त्यागको होस । र पो देशमा एमालेको वाह वाह गर्नेछ । 

एमालेको नवौं महाधिवेसनले एउटा नयाँ सन्देश पनि दिएको छ । पार्टी तथा राष्ट्र र जनताका लागी योगदान दिने गोकर्ण विष्टघनश्याम भुसालप्रदीप ज्ञवालीतथा रामकुमारी झाक्रीहरु कहिल्यै पनि पछि परेनन । एमाले माथी अहिले अन्तपार्टी जिम्मेवारी मात्रै होईन नयाँ संविधान निर्माण मार्फत राष्ट्रलाई निकाश दिन उठाउनुपर्ने साहसको पनि ठुलै हिस्सा छ । 

एमालेले कुवाको भ्यागुतो र पोखरीको पानी बन्नुपर्ने दिन अब कहिल्यै आउनुहुन्न । उसले त अब कञ्चन झरनाको पानीझै सलल जनतामा बग्नुपर्दछ । त्यसो गर्न सकियो भनेमात्रै एमाले साञ्चिकै उनीहरुले भनेजस्तै पहिलो पार्टीमात्रै नभई सर्वप्रिय र महान पार्टी बन्नेछ । 

साउन ३२०७१ को नागरिकमा प्रकाशित 
See more at :
http://nagarikplus.nagariknews.com/component/flippingbook/book/1863-nagarik-19-jul-2014/2-nagarik.html

No comments:

Post a Comment