Saturday, February 1, 2014

वगरमा पछारिएका सपनाहरु

                                                   
                                                                                                                        –कृष्ण महरा
तराईको समथर भु–भाग र भित्री मधेशका केहि क्षेत्रहरुमा बाढिले जघन्य जनधनको क्षेती गरेको त सबैले सुनेकै हो तर पहाडि र त्यसमा पनि हिमाली जिल्लामा बाढिले यतिठुलो क्षेती गर्ला भन्ने आकलन न कसैले सोच्न नै सकेका थिए न कसैले पुर्वानुमान गर्न नै । सोचुन पनि कसरी ?  सोचेर र कल्पना गरेर पनि विश्वास गरिहाल्ने  आधार कहाँ थियो र ? तर विडम्पना, ‘हुने हार दैव नटार’ भने झै  कसैले कल्पना गर्नुसंग के सरोकार राख्थ्यो र त्यो भयानक महाविपत्ति । प्रसंग  हो गत असार ३ को  बाढी, जसले दार्चुला सदरमुकामस्थित सयौ व्यक्तिहरुको करोडौको सम्पति र सदियौंको सपना बगरमा लछारपछार गरिदिएको थियो ।

राज्यसत्ताको नजर त्यति सजिलै नपुग्ने सुदुरपश्चिमको बिकट हिमाली जिल्लाबासीको जीवनशैली वाढिले थिलथिल पार्नुभन्दा पहिले हुनेखाने सम्पन्न र संभ्रान्तको जस्तो नभएपनि दुईछाक सजिलै खानसक्ने भएका थिए । केन्द्रीक्रित शासनप्रणाँली भएको हाम्रो मुलुकमा राज्यले खोलेका विद्यालयहरु संग–संगै निजी शैक्षिक संस्थाहरुपनि क्रमशः खुलिरहेका थिए । संयोग भनौ वा कसैले नहेर्नेलाई दैवले हेर्छ भनेझै यहाँका स्थानीयहरुको आथिर्क सम्बृद्धिमा वन पैदावार त्यसमा पनि विशेषगरि बहुमुल्य जीवनबुटि यार्सागुम्बाको ठुलो योगदान गर्दै आएको  छ । आफÞ्नै मेहनत र पसिनाले यार्सागुम्बा संकलन तथा बिक्रिवितरण गरि दयनीय  अवस्था हुनेहरुले समेत आफÞनो आथिर्क हैसियत सजिलै माथि उठाईरहेका थिए भने राम्रै आथिर्क अवस्थाहुनेहरुले आफÞनो आथिर्क धरातललाई मजबुत बनाईरहेका थिए । विगत केहि र्बषौदेखि गाउँका कुना कन्दराबाट सदरमुकामना बसाईसरी आउनेहरुको लर्कोले यहि कुराको संकेत गथ्र्यो । थोरै भएपनि सदरमुकामतिरै रोजगारी, शिक्षा, स्वास्थ्य लगायत अन्य  अवसर बढि हुने भएकाले गाउँमा भएको घरखेत बिक्रि गरेर सदरमुकाममा स्थायीरुपमै बस्न आउनेहरु पनि थुप्रै बढिरहेका थिए । सदरमुकाम वरिपरि घरबनाउने काम निकै नि फÞस्टाएको देखिन्थ्यो । आथिर्क अवस्था माथि उकासिएकैले हुनुपर्छ लगभग धेरैजसो अभिभावकहरु आफÞ्ना कलिला बालबालिकाहरुलाई निजी विद्यालयतिर पठाउने क्रमले जरा गाडि रहेको थियो ।

महाकाली नदि  किनारसम्मै  भएपनि ठुल्ठुला घर,होटेल,तथा आवसगृह देख्दा सदरमूकाम खलंगा नेपालको कुनै प्रमुख सदरमुकामभन्दा कम थिएन । भारतको धारचुला  र चीनको तिब्बत  दुईटै प्रमुख व्यापारिक नाकासंगको फÞस्टाउदो व्यापार व्यवसायले स्थानीयबासी र व्यापारीहरुलाई मात्रै नभएर नेपाल सरकारलाई समेत राजश्वमाफर्Þत गतिलै आम्दानी भईरहेको थियो ।  अझ दार्चुलाको तिङकर भन्ज्याङ त देशकै एक प्रमुख व्यापारिक तथा राजश्व अशुलीको केन्द्र नै मानिन्छ ।   त्यस्तै एक सुन्दर नगरलाई उक्त बाढिले यति नराम्ररी गाजिदियो कि पुरै मानव बस्ति बगरमय मात्रै भएन बाढिअघिको नेपाली भुमि बाढिपछि भारतियहरुको भुमी  भएको छ । सत्यानाश भएको सम्पतिको  हिसाव किताब कि त त्यहि महाकालीलाई थाहा छ कि वास्तविक सम्पतिको मालिकलाई । सदरमुकाम खलङगाको विगत र वर्तमान परिदृश्यलाई नियाल्दा महाकालीको बाढिले कयौको भौतिक सम्पति मात्रै सडक र बगरमा पछारेन हजारौका सपनासमेतलाई बगरमा रुपान्तरण गरिदिएको छ ।

 बाढिपिडितहरुको मन थाम्न  त्यहि पैतिस हजार र विभिन्न संघसस्थामाफर्Þत प्राप्त  थोरबहुत रकम बाहेक अन्य कार्यहरु प्रभावकारी रुपमा अगाडी बड्न सकेका छैनन । अझ भौतिक सम्पतिको क्षेतिपुतिर्को सम्बन्धमा त कसैले गाँईगुई समेत सुन्न चाहेको देखिएन । हुन त देशमा ऐतिहासिक दोस्रो संविधानसभाको निर्वाचनको चटारोले पनि यो विषय ओझेलमा परेको हुनसक्छ तर बिशेसगरि दार्चुलाबासी बाढिपिडितहरुको सन्दर्भमा सत्ताको सिडि चढ्ने र ओलिर्ने भन्दापनि वर्तमान परिपेक्षमा उनिहरुको राहत,पुनस्र्थापना, क्षेतिपुति र जोखिममा रहेका सयौ घरहरुको सुरक्षाको ग्यारेन्टी चाहन्छन ।
पार्टीका नेताहरुलाई हेलिकप्टर चढि भ्रमण गर्न निर्वाचन आचारसहिता संसोधन गर्न तम्सिने तर बाढिपिडितहरुको भोको पेट भर्न राहत दिनेहरुलाई निर्वाचन आचारसहिताको नाममा राहत वितरण रोक्नुले सरकारको सम्पुर्ण बाढिपिडितहरुप्रतिको उदासिनता घामजस्तै छलंर्ग भईसकेको छ ।

पटक–पटक संसोधन गर्न मिल्ने संसोधनिय चरित्र भएको निर्वाचन आचारसहिता बाडिपिडितहरुलाई राहतस्वरुप एकसरो लुगा र एकमुठि चामल दिदा संसोधन गर्न सकेको भए नेपाल सरकार र निर्वाचन आयोगको उचाई कहाँ पुग्थ्यो, एकपटक सोच्नुस त ? बाढिले घरवारविहिन बनाई सडकमा पछार्दा राहत दिन खोज्नेलाई सरकारले नै रोक्दा लाग्थ्यो  ओराली लागेको मृगलाई बाच्छाले पनि खेद्छ भन्थे  तर यता भने शिहले नै नराम्ररी लखेटको आभास हुन्थ्यो ।    नेपाल सरकारले तत्कालै बाढिपिडितहरुकै लागी क्षेतिपुर्ती र पुननिर्माण भनेर  छुट्याएको  पचास करोड रकम पनि  अहिलेसम्म  निकासा नभएको बुझिएको छ । सरकारको यस्तै ढिलासुस्तिले त अर्को पटक बाढी आउने समयसम्म पनि क्षेतिपुर्ती सहित राहतको थैलो आउछ भन्ने कुरामा कोहि पनि विश्वस्त हुने बलियो आधार देखिदैन ।

संगैको बाढिले क्षतविक्षत सीमावर्ती भारतीय बाढिपिडितहरुले क्षेतिको दोब्बर रकम क्षेतिपुर्ती वाफÞत पाईसक्दा पनि सिमावारी नेपालमा भने बाढिपिडितहरुको क्षेतिपुर्ती सम्बन्धमा न सरकार बोलेको छ न कुनै निकाय नै । गत असारको बाढिले क्षतविक्षत भौतिक संरचनाको पुननिर्माण, पक्की तटबन्ध निर्माण, विस्तापित विद्यालय, अस्पताल तथा पुनस्र्थापना, बहुचचिर्त दार्चुला–तिङकर सडक खण्डको उचित मर्मत बेलैमा योजनाबद्ध तरिकाले गर्न सकिएन भने आउदो असारमा फÞेरि त्यहि गत असारको दिन नदोहोरिएला भन्न सकिदैन । कथमकदाचित दार्चुला बासिहरुले उक्त दिनको पुनरागमन अबको कुनैपनि दिनहरुमा देख्नुप¥यो भने त्यो केवल दार्चुला बासीहरुलाई मात्र नभएर सम्पुर्ण नेपाल र नेपालीहरुको लागि समेत दुर्भाग्य हुनेछ र अहिले मानव बस्तिले भरिभराउ मानव बस्तीहरु एकदिन केवल बगरमा मात्रै सीमित  रहनेछन । उक्त कहानिलाग्दो कालोदिनको पुनरागमन नहोस भन्नका लागी नेपाल सरकार लगायत सम्बद्ध सम्र्पुण सरोकारवालाहरुको बेलैमा सचेत र सजग हुनु जरुरी छ । यो कुनै व्यक्ति विशेष वा निकायको एकल प्रयासबाट सम्भव हुने कुरा होईन, यसमा सबैको सहयोग र सदासयता अपरिहार्य छ ।


त्रिशुली बाढिपिडित, पोखराको सेतिका बाढिपिडित तथा पुर्वि नेपालका कोशी बाढीपिडितहरुको तत्कालै अवस्था बुझि क्षेतिपुर्ती दिन  आयोग बन्नु तर  सुदुरपश्चिम र दार्चुलामा त्यति धेरै भौतिक क्षेति हुदापनि क्षेतिपुर्तीको लागि आयोग बन्नु त कता हो कता सरकारले घोषणा गरेको बजेट पनि निकाशा नहुनुले सम्पुर्ण दार्चुलाबासी बाढिपिडितहरुको मन कति भावबिह्वल भएको होला भन्ने कुरा  करोडौको क्षेति हुदापनि दुई किलो चामाल लिन प्रमुख जिल्ला अधिकारी को तोक लाउनुपर्दा आँखा छोपि रोईरहेका  पिडितहरुको दृश्यले बताईसकेको छ ।      उसो त राष्ट्रपति स्वयमले आफ्Þनो स्वास्थ्यबारे चिन्ता नलिन आग्रह गर्दागर्दै पनि विरामी नै नभएका राष्ट्रपतिको स्वास्थ्य जाच भन्दै साठी लाख र  करोडौको सम्पति सर्वनाश र सयौ घरवारविहिन भई सडकबास हुदा पचास लाखको ललिपप देखाएर सरकारको बाढिपिडित जनताप्रति आफÞनो गैरजिम्मेवारिपन सुरुमै देखाईसकेको थियो । अझैपनि जोखिममा रहेका सयौ घर, सरकारी भवन, विद्यालय, दार्चुला तिङकर सडक सुधार लगयात सम्पुर्ण बजारक्षेत्रको विकासको लागी बृहत कार्ययोजनासहित नेपाल सरकार स्थानीय निकाय, राजनैतिक दल तथा स्थानीय प्रशासन द्रुतगतिमा अगाडि बढ्न सके सबै आ–आफÞनो क्षेत्रमा प्रसंसाका पात्र हुनेछन । बाढिपिडित एव विस्तापितहरुको घाउमा मल्हम लगाउने काम केवल सरकारको मात्र नभई प्रत्येक नागरिक, नागरिक समाज, राजनैतिक दल,पत्रकार,व्यापारी, राष्ट्रिय तथा अन्तराष्टी«य संघसस्था, सञ्चार माध्यम लगायत विभिन्न पेशामा आवद्ध जोसुकै पनि उतिकै जिम्मेवार हुनुपर्छ भन्ने कुरा सबैले बुज्नुपर्दछ ।


प्रत्येक नेपाली नागरिक र कलिला बालबालिकाहरुले माध्यमिक तह सम्म निःशुल्क पढ्न पाउने मौलिक हक नेपालको अन्तरिम संबिधानमा हुदाहुदैपनि ज्ञानको ज्योति पाउने  बिद्यालय नै महाकाली नदिको निशानामा पर्नु,कयौ घर,होटेल,तथा आवसगृहहरु करोडौको सम्पतिसहित महाकाली नदिमा विलिन हुनु,जिल्लाकै सुन्दर नगरि गल्फÞै टापुमा रुपान्तरित हुनु, यस क्षेत्रकै सम्र्पुण जनताको जनस्वास्थ्यको जिम्मेवारी विभिन्न समस्या र अप्ठ्यारा चुनौतिका बाबजुतपनि कुशलतापुर्वक सम्पन्न गर्दै आएको जिल्ला अस्पतालका सम्पुर्ण शैय्याहरु महाकालीको बाढीले नामेट पार्नु,जिल्ला एव क्षेत्रिय स्तरिय खेलकुद प्रतियोगिता सञ्चालन गर्न मिल्ने र भविष्यमा राष्ट्रीय तथा अन्तराष्ट्रीय खेलाडि उत्पादन गर्न सक्ने  खुल्लामञ्च बगरमा परिणत हुनुले कतिपयका अव्यक्त रङगिन सपनाहरु महाकालीको बाढिसङगै बगरमा पछारिन पुगेका छन ।
आधुनिक सञ्चारमाध्यमको एक मात्र निकाय नेपाल टेलिकमको भवन र टावर उच्च जोखिममा हुनु, सम्पुर्ण जिल्ला र जिल्ला बासिहरुको सुरक्षाको बागडोर सम्हालेको जिल्ला प्रहरी कार्यालय र स्थानिय विकासको जिम्मेवारी सम्हालेको जिल्ला विकास समितिको भवन समेत उच्च जोखिममा हुनुले समयमा नै नेपाल सरकार तथा सम्पुर्ण जिम्मेवार निकायहरुले आवश्यक कदम नचालेमा अझ हजारौका अनगिन्ति सुन्दर सपनाहरु त्यसैगरि बगरमा नपछारिएलान भन्न सकिन्न ।


ऐतिहासिक दोस्रो संबिधानसभाको निर्वाचमा समेत विजयी र पराजित सबैजसो राजनैतिक दलहरुले महाकालीको बाढिलाई भोट तान्ने गतिलो माध्यम बनाएकै हुन, चुनावी दौडमा सहभागी भईसकेपछि एउटाको जीत र अरुको पराजय त निश्चितै थियो तर विजय र पराजयपछि कतिले उक्त मुद्दामा साथ दिन्छन र कतिले छोड्छन त्यो उहाहरुको अग्निपरीक्षा भने हेर्न बांकि नै छ ।
हुन त सरकारले बाढिपिडितहरुको तहस–नहसको  पिडा सुदुरको त्यो  दुरदराजबाट नसुन्दा  आफÞना वेदना र व्यथाहरुले भरिएका गहभरि आशुझार्दै समस्याको पोको  काठमाण्डौमा आशिन सरकारको  दैलोमा पुर्याउन नपाउदै दार्चुला ब्रह्मदेव ३ का देवसिह कार्कीले ज्यान गुमाउनु परेको पिडाले अझ बलेको आगोमा घिउ थपिदियो ।

 ‘हाम्रो देशमा सगरमाथा घुम्न, हेलिकप्टरमा सयर गर्न तथा कुनै एक व्यक्तिको घरमा चक्रपथ निर्माणमा करोडौको बजेट छुट्याइन्छ भने हामिजस्ता पिडितको समस्या कसले पो सुनिदिञ्छ र ?’, मजदुरि गरि बनाईएको घरपनि आधा बाढिले बगाईसकेको र आधामात्रै बांकि रहेका दार्चुला गरमोराका बाडिपिडित आनसिह महराले आशु झार्दै आफÞनो व्यथा सुनाईरहदा म स्वयम अनूत्तरित र स्तब्ध भए ।
हिजो जे जस्तो दुख–कष्ट भोग्नुपरेपनि अब उप्रान्त त्यस्तो दःुखद विपत्तिको सामना गर्नु नपरोस भनि सम्पुर्ण बाढिपिडित तथा दार्चुलाबासीहरु  सरकारसंग क्षेतिपुर्तीसहित पुननिर्माण चाहन्छन ।
फÞेरिपनि आउदो बर्षातमा त्यसरी नै बाडिले आहाल वेहाल पारेको खबर सुन्नु नपरोस, सबैलाई चेतना भया ।



 २०७० पौष ८ गतेको नागरिक दैनिकमा प्रकाशित


 

No comments:

Post a Comment