Friday, August 8, 2014

मन छचल्काउने 'कास्कोल'

'पुस्तक चर्चा'                                                                                                                             कृष्ण महरा

सन १९३१ मा जन्मिएकी क्यानाडाकी कथाकार एलिस अन मुन्रोले २०१३ को साहित्यतर्फको नोबेल पुरुस्कार जितिन । पुरुस्कार विजेता घोषणापछि उनको उचाई सँसारको सर्वोच्च शिखरझै असामान्य ढंगले चुलियो, त्यसो त लघुकथा लेखनमा उनलाई कसैलेपनि छोप्न सकेका थिएनन । विश्व साहित्यमञ्चमा कथाले  नोबेल पुरुस्कार जित्नु कथाको विषयवस्तु, वजन र प्रस्तुती मुख्य विषय हो । सामाजिक परिवेशमा आधारित समकालिन लघुकथाले संसारकै उचो साहित्य सृजनाको बुटी चुम्नु आफैमा गौरवको कुरा हो ।  
गुरुप्रसाद मैनालीद्धारा लिपिबद्र्ध नासो’ कथा नेपाली कथाको क्षेत्रमा सदियौदेखि कब्जा जमाएको नाम हो । नेपाली साहित्य जगतमा कथाको सन्दर्भ कोट्याउर्दा नासो’को नामेट कसैले चाहेरपनि कुनैपनि हालतमा गर्न सक्दैनन । त्यस्तै साहित्यिक सृजनाको सहयात्रामा  छोटा, चोटिला अनि पोटिला र मर्मस्पर्शी कथाहरुको संयोजन गर्दै कथासंग्रर्ह कास्कोल’ मार्फत बजारमा आएका छन कथाकार विपुल विक्रम सिजापति । 

प्रवन्ध वा उपन्यासको संक्षिप्त कल्पनाको रुप वा विभिन्न दृष्टिकोण र अनेक ढंगले आफ्नो पक्षको सैद्धान्तिक सन्दर्भ प्रस्तुत गर्ने घटनात्मक वर्णन नै वास्तममा कथा हो । यी र यस्तै प्रसंग र भाव बोकेको छ कथासंग्रर्ह कास्कोल’ ले । कथाकारका स्वर्गीय दाजु व्यापक विक्रम सिजापतिलाई समर्पण गरिएको उक्त कथासंग्रह महालक्ष्मी प्रकाशनले प्रकाशित गरेको हो भने किशोर अपसेट प्रा.लिं द्धारा मुद्रण गरिएको हो । 

नेपाली साहित्यमा सर्वाधिक उचाईमा रहेका साहित्यकार डा. कृष्णहरी वरालर्ले आजको समयलाई केन्द्रमा राखेर रचिएका प्रस्तुत कास्कोल भित्रका सबै कथाहरु अनेक दृष्टिले महत्व राख्छन, त्यसैले यी कथाहरु एकपटक पढ्न आग्रह’सहित भुमिका लेखेका छन । त्यसैगरी सहप्राध्यापक भक्तिप्रसाद पौड्याल र चर्चित साहित्यकार रवी प्राञ्जलले कथासंग्रहको अग्रपृष्ठर्मा  कास्कोल’ भित्रका कथाहरुले पाठकलाई रोमाञ्चित र पुर्णसन्तुष्टिको विन्दुमा पु¥याउने रायसहित आफ्ना शुभकामना मन्तव्यहरु व्यक्त गरेका छन । 
  
पुस्तक   : कास्कोल 
विधा    : कथासंग्रह
कथाकार : विपुल विक्रम सिजापति
मुल्य    : १५०
पृष्ठ    : १३२

कथासंग्रहमा भरतकुमार भट्टराईले भाषागत त्रुटि सच्याई सम्पादकको गहन भुमिका निभाएका छन भने साहित्यकार खगेन्द्र पन्ध्राक लिम्बुले सुन्दर आवरण डिजाइन गरि संग्रहको आकषर्णलाई उचालेका छन । 

गीत, गजल र कथाहरुमा परापुर्वदखि नै कलम र मसी प्रयोग गर्दै आउनुभएका कथाकार सिजापतीले संकलित कथाहरुको संगार्लो कास्कोल’ लाई वि.स. २०७० मा यो धर्तीमा पाईला टेकाएका हुन र्। कास्कोल’मा  बीस वटा कथाहरुलाई उत्तिकै गहन र मार्मीक ढंगले सिलसिलेवार लिपीवद्ध गरिएको छन । 

कथासंग्रहमा मोमक पहिलो कथा हो भने त्यसपछि क्रमशः आशालाल, भिनाजुको जुत्ता, ठगी, पाचुके, समयान्तर, एउटा कविको व्यथा, उनी गएको साँझ, चेत्र २७, बुख्याचा, सौदा, ठुलो रुख, अनुराग, भात, एभोकाडो, चोट, समता, सालिकको हाँसो, मर्सी किलिङ  र फौजी कथाले संग्रहमा आफ्नो स्थान सजाएका छन । 

कथासंग्रहमा हरेक पाठकले भट्नेछन निकै पहिलेदेखि नै कथा, कविता, गीत, गजल र उपन्यास लेखनमा अब्बल सर्जक विपुल विक्रम सिजापतीलाई र उनको कथा लेखन शैलीलाई । कथाकारले यस कथासंग्रह मार्फत देश विदेशका विभिन्न पाटा अनि बाटाहरुलाई जस्ताको त्यस्तै पाठकसामु पस्केका छन । यसमा विदेशर्का आइदा’ देखि स्वदेशर्का आशालाल’का कथाहरु मात्रै समेटिएका छैनन, मन र मुटु छुर्ने उनी गएको साँझ’ र नारी मनको भावना समेट्ने अनुराग समेत अँटाएका छन । 

पढ्दै जाँदा कहिँ ठट्यौली त कहि गहिरो दर्दमा एकैचोटी पाठकको मन सल्वलाउन सफल हुनेछ कथासंग्रर्ह कास्कोल’ । कथाकारर्ले पाचुके’ कथामार्फत नेपाली समाजलाई जस्ताको त्यस्तै ऐनामा उतारेका छन र्। भात’ कथाले काठमाण्डौको एउटा वालकको व्यथा बोकेको छ भर्ने एउटा कविको व्यथा’ कथाले कविले भोग्ने वास्तविक पीडाको वोध गराएका छन । यी र यस्तै भावना बोेकेका अरुपनि कथाहरु छन जुन पढ्नुको मज्जा पाठकलाई पढेपछि छर्लंग हुनेछ र्र्। कास्कोल’को लेखनपश्चात विपुल सिजापतिले आफुलाई एउटा सफल कथाकारका रुपमा उभ्याएका छन । 

कास्कोल’ पढिसकेपछि लेखक किशोर पहाडी भन्छर्न विषयवस्तुहरु नौला र मुटू छुने खालका छन, तरंगित बनाईदिन्छ पाठकलाई र पढेपछि मथिंगल खल्बल्याउने दम छ कथासंग्रर्ह कास्कोल’मा’ । 

संगसंगै केहि महिना अगाडी विभिन्न साहित्यिक पुस्तकमाथी छलफल र वहस गराउदै आएको साहित्कि संस्था वुकाहोलिक्समा कथासंग्रर्ह कास्कोल’ माथी चर्चा गरियो । वुकाहोलिक्सको उक्त चकटी वहसमा सहभागी गजलकार आनन्द श्रेष्ठ भन्छनर्, वुकाहोलिक्समा कास्कोलमाथी वहस हुनु नै कथासंग्रहको गहकिलो विषयवस्तु र वजन हो ’। 
शत प्रतिशत कुनैपनि चिज भेटिन्न भनेर्झै कास्कोल’ पनि कमिकमजोरीबाट अछुतो रहन सकेको छैन । थुप्रै ठाउमा भाषागत व्याकरणीय त्रुटिहरु सुधारको पर्खाइमा छन भने कतिपय ठाउमा अति उच्च आदरार्थी शब्दको प्रयोगले भाषाको प्रयोगमा पक्षपात गरेको भाषाविदहरु अड्कल गर्न सक्दछन । आउदा दिनहरुमा यी सम्पुर्ण पक्षहरु सम्पादन र सुधार हुदै जाउन, कथाकारको यात्रा यसरी नै अगाडी बढिरहोस, शुभकामना । 

साउन २३, २०७१ को नागरिक दैनिकमा प्रकाशित