Saturday, February 1, 2014

वी.पी. र नेपाली कांगे्स दार्चुला


                                                                                                                                                                                                                                                                                                        -  कृष्ण महरा              
साहित्यमा वीश्वेश्वर प्रसाद र राजनितीमा वी.पी. का हैसियतले वहुचर्चीत शुभनाम सुन्दा जोकोही नेपालीले पनि शिर झुकाएर सम्मान गर्दछन चाहे ती कट्टर कम्युनिष्ट, राष्ट्रवादी वा नेपाली कांग्रेसका घोर विरोधी नै किन नहुन । त्योे अपार सम्मान उनको साहित्यिक सफलता वा पुर्वप्रधानमन्त्रीका हैसियतले हो भन्ने  तपाईमध्ये कसैको पनि त्यस्तो बुझाई छ भने त्यो भुलसिवाय अरु केहि हुनसक्दैन यद्दपि साहित्यमा उनको नाम सगरमाथाझै उचो नभएको भने होईन । यसरी वि.पी. भन्नेवितिकैै उनको सम्मानार्थ शिर झुक्नुमा उनमा पदलोलुपता र सत्तामोह पटक्कै नहुनु हो । वि.पी. को व्यक्तित्वका सन्दर्भमा इतिहाँसका पानाहरु पल्टाएर हेर्ने हो भने  वि.स. २००३ मा जेलमा आजीवन कारावासको सजाय भोगिरहेका टंकप्रसाद आचार्यलाई पार्टी अध्यक्ष (प्रसिडेन्ट)बनाई  आफु कार्यवाहक अध्यक्ष मै बस्नु, सात  सालको क्रान्ती सफल भएपछिपनि प्रधानमन्त्री पदका लागी राजासमक्ष ज्यू हजुरी गर्न नतम्सिनु, वि.स. २०३३ सालमा राजा र प्रजाविच राष्ट्रिय मेलमिलापको नितीसहित देश र जनताकै लागी स्वदेश फर्कनु र वि.स.२०३७ सालको जनमतसङ्ग्रहमा बहुदलपक्षको अप्रत्यासित हारमापनि नतिजा सहर्स स्वीकारेर जनमतको सम्मान गर्नु उनलाई सम्मान गर्नुपर्ने कयौ कारणमध्ये केहि कारणमात्रै हुन ।

हुन त नेपाली कांग्रेसभित्रै राजाद्धारा प्रधानमन्त्री बन्न अनुरोध गर्दापनि प्रधानमन्त्रीको कुर्सीलाई अस्वीकार्दै  बहुदल पुनस्र्थापनामा आफ्नो ज्यानको आहुति दिने प्रजातन्त्रका पिता गणेशमान सिंह, पटक–पटक देशको प्रधानमन्त्री भईसक्दासमेत सम्पतिको नाममा बस्ने एउटा राम्रो घरसमेत नबनाएका सन्तनेता  कृष्णप्रसाद भट्टराई, दशवर्षसम्मको सशस्त्र दन्द्धले देश भस्म भईरहदा युद्धरत नेकपा माओवादीलाई शान्ती र लोकतन्त्रको बाटोमा ल्याउन सफल, देशमा सम्पुर्ण राजनैतिक दलहरुसंगको सहमति र सहकार्यबाट २४०वर्षे राजतन्त्रलाई फाली गणतन्त्र स्थापनार्थ दास्रो जनआन्दोलनको सफल नेतृत्वकर्ता तथा देशकै अभिभावक गिरीजाप्रसाद काईराला र बारम्बार मन्त्री बन्ने सुवर्ण अवसरहरु आउदापनि पदप्राप्ति नै सर्वस्व नठान्ने त्यागी नेता  शुसिल कोईराला जस्ता इतिहाँस र वर्तमानमा समेत उतिकैै सम्मानित व्यक्तित्वहरु नजन्मेका होइनन तर वि.पी. कोईरालाका सामु वहाँहरुको उचाई त्यति छैन जति वि. पी. कोईरालाको छ ।


सारदा पत्रिकार्मा चन्द्रवदन’ लघुकथाबाट आफ्नो लेखन यात्रा सुरु गरेका विश्वेश्वर प्रसाद कोईरालाले एउटा राजनैतिक बन्दीको समयमा पनि हिटलर र यहुदी, तीन घुम्ती, नरेन्द्र दाई, बावु आमा र म, सुम्निमा, मोदी आईन र स्वेत भैरवीजस्ता बहुचर्चित कृतीहरुलाई साहित्याकार दिएर नेपाली साहित्यको क्षेत्रमा दरिलो ईट्टा थप्न सफल भए । नेपाली साहित्यमा पहिलोपटक फ्राईडको मनोविश्लेषणलाई भित््य्राई आफ्नो छुट्टै नाम र पहिचान बनाउन सफल कोईरालाका तिनै कृतिहरुले आज  नेपाली साहित्यअनुरागीहरुका मन मस्तिष्कमा रहन सफल भएका छन । यी सबै सुमार्गी देनहरु वि.स. २०१७ सालको शाही कु मार्फत सुन्दरीजलको काडेतारको चंगुलभित्र आठ वर्षसम्म फसार्ईदापनि नेपालमा प्रजातान्त्रीक समाजवादका प्रणेता जनप्रिय  वि.पी. जनता र राजनितीमा कत्तिपनि विचलित थिएनन भन्नेकुराका शाश्वत प्रमाणहरु हुन ।
कोईरालाको पहिलो साहित्यिक सहयात्री सारदा पत्रिका भएपनि राजनितीक यात्राभने वनारस हिन्दु विश्वविद्यालयको रमणिय राजनैतिक वातावरण नै भएको देखिन्छ । भारतमा व्रिटिस साम्राज्य विरुद्ध चलिरहेको राष्ट्रवादी आन्दोलन र भारत छोड आन्दोलनका बेला जेलसमेत परेका कोरालाको अन्तराष्ट्रिय राजनितीमा समेत राम्रो दखल थियो भन्ने कुरा आन्दोलनका सहकर्मी एवं भारतीय स्वतन्त्रता संग्रामका अग्रणी धरोहर महान्मा गान्धी, जवाहरलाल नेहरु, सुभाषचन्द्र बोस, राजेन्द्र प्रसाद र ईन्दिरा गान्धीसंगको  सहकार्यले समेत प्रष्टपार्दछ ।


भारतमा इष्टइन्डिया कम्पनी(व्रिटिस साम्राज्य) का विरुद्ध आन्दोलनले सफलता पाईरहेकै बेला नेपालमा पनि जहाँनिय राणाशासनविरुद्ध संघर्ष सुरु भईसकेको थियो । १०४ वर्षे राणा राज्यसत्ताको खिलापमा एकजुट भई जहाँनिय शासनविरुद्ध धावा बोलेकैले चारजना नेपाली आमाका वीर सपुतहरु प्रजातन्त्रप्राप्त नहुदै त्यतिबेलाका शासकको तारो बनिसक्दापनि प्रजातन्त्र ल्याईछाड्ने श्रदेय वी. पी. कोईराला निश्चयपनि त्यागी र सर्मपित राजनेता हुन भन्दा जोकोही नेपालीको छाति गर्वले फुलेर आउछ ।
जसरी भारतमा विश्वभरी नै कब्जा जमाएको इष्टइन्डिया कम्पनी(व्रिटिस साम्राज्य) लाई भारत छोड्न वाध्य बनाई आफुहरुको राज्य स्थापना भईसक्दापनि राष्ट्रपति वा प्रधानमन् त्रीको पदको सीमित कुर्सीमा नबसि राष्ट्रकै राजनेताको सिंहासनमा बसे सायद वी. पी. कोईरालाले पनि त्यही गान्धीवादी पाठबाट सिकेर हुनुपर्छ प्रजातन्त्र प्राप्त भएको झण्डै आठ वर्षसम्मपनि प्रधानमन्त्री पदका लागी राजालाई खुसामत नगर्नु वा कुनै त्यस्तो लविङ नगर्नु । पदलोलुपताको बारेमा नेपाली कांग्रेसको धरातल कस्तो थियो भन्नेकुरा राजा विरेन्दले वि.स. २०४६ सालमा नेता गणेशमान सिंहलाई प्रधानमन्त्री बन्न आग्रह गर्दापनि उहाँले आफुभन्दापनि सन्तनेता कृष्णप्रसाद भट्टराईलाई अगाडि सार्नुले प्रष्ट्याउछ । पदकै लागी मरिहत्ते नगर्ने त्यति राम्रो  इतिहाँस बोकेको नेपाली कांग्रेसको आज पदमाथीको हानथाप र रस्साकस्सिले कांगेसले कतै  वी. पी. को बाटो र गणेशमानको गोरटो त भुलेन भन्ने प्रश्न जताततै उठ्नु स्वभाविक हो । यो अवस्थामा त कांगेसले पद, कुर्सी, लाभ, स्वार्थ, घमण्ड, उन्माद, सबै त्यागेर गिरीजाबाबुले देखाएको सहमति, सहकार्य र एकताको मुल धर्मलाई शिरोपर गरी दोस्रो संविधानसभा २०७० मा जनताले कांगेसलाई चाहेर जिताएको नभई   माओवादीको संविधान निर्माण र दिगो शान्ती स्थापनाप्रति देखाएको आक्रोस देख्नेहरुलाई देखाउनुपर्ने हैन र ?

जहाँसम्म नेपाली कांग्रेस दार्चुलाको प्रसंग छ, मलाई कांगेसको पराजय हो जस्तो रत्तिपनि लाग्दैन । हुन त मैले यसो भनिरहदा नेपाली कांगे्रसप्रति आस्था र विश्वास गर्नुहुने सबैलाई चित्त दुख्नसक्छ तर मेरो मनसाय त्यो कदापि होईन अर्थ त्यसरी नलगाईयोस । कसैमाथी आक्षेप र कसैको मलिन हृदय देखेर झ्याली पिट्ने जस्तो घृणित काम म सोच्नसमेत सक्दिन । एक भोटमात्रै पनि बढि ल्याउनेले निर्वाचित हुने हाम्रादेशको संकुचित निर्वाचन प्रणालीले गर्दा निर्वाचनमा सहभागी भईसकेपछि लोकतन्त्रमा हारजीत हुनु कुनै अत्यासलाग्दो विषय होईन । अहिलेको निर्वाचनलाई सुक्ष्म अंकगणितीय हिसाबले ब्याख्या र विश्लेषण गर्ने हो भने ५२ र ४८ को अनुपातमा मात्रै मतविभाजन भएको देखिन्छ । निर्वाचनमा झिनो मतले नेकपा एमाले अगाडि देखिएपनि जनमतको हिसाबले त्यति ठुलो अन्तर देखिदैन । यसको मतलब के हो भने जनमत दुईटैको झण्डै बराबर जत्तिकै छ र जिम्मेवारी पनि बराबर नै छ ।


एनेकपा माओवादी र अन्य दलको कुनै जिम्मेवारी नै छैन भन्न खोजिएको होईन, उनिहरुपनि आ–आफ्नो क्षेत्रमा उतिकै जिम्मेवार छन । जिल्लामा जितेर जानेले मात्रै विकाश निमार्ण र प्रतिवद्धताहरु पुरा गर्नुपर्दछ भन्ने पुरातनवादी संकिर्ण सोच हो । यदि त्यसो हो भने आफुलाई विश्वास गरी मतदिने ४८% जनताको कदर र सम्मान गर्ने कि नगर्ने ?चाहे जितर खुसीयालीमा रमेका दल हुन वा हारेर हरेश खाएका दल नै किन नहुन, निर्वाचनमा भोट माग्दा जनाईएका प्रतिवद्धता र आश्वासनहरु पुरा गर्नैपर्छ, पुरा गर्न नसकिने आश्वासन दिनपनि हुदैन । बाडिपिडितहरुलाई बाडिएका चिल्ला सपना हुन वा दलित, विपन्न, वेरोजगार, युवा, पिछडिएकालाई देखाईएका आशाका त्यान्द्रा हुन, भोटमाग्दा कसम खानेहरुले पुरा नगरे कसले गर्छ ?त्यसको लागी टाढा जानैपर्दैन, नेकपा एमाले डडेलधुराका तारादत्त जोशी र एनेकपा माओवादीका खगराज भट्टलाई सम्झे पुग्छ जो अहिले नै जनताको माग पुरा गर्दै आगामी निर्र्वाचनमा सहयोगको आश खोजीरहेका छन ।   देशभर निर्वाचनको परिणामलाई धादली र षड्यन्त्रको नजरले हेरिदापनि दार्चुलामा निर्वाचनको हारजीतलाई त्यती सहज र सरल ढंगले स्वीकारिनु आफैमा पार्टी, भातृ संघ–संगठन, कार्यकर्ता र मतदाताहरुको आत्मसम्मानको विषय हो ।

ऐतिहासिक दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली कांगेसका पार्टी प्रवत्ताको मात्रै अनपेच्छित निर्वाचन परिणाम भएको होईन, नेकपा एमालेका पनि महासचिव, सचिव र प्रचार विभाग प्रमुखहरुले अनपेच्छित मत परिणाम भोग्नुप¥यो । एकिकृत नेकपा माओवादीको त झन के कुरा गर्नु । हारलाई हिनताको रुपमा होईन हारभित्रै जीतको सुनौलो सपना  देख्नेपनि हुदारैछन भन्नेकुराको पेरणादायी उदाहरण  नेपाली कांगेसका केन्द्रिय सदस्य एवं गुल्मी जिल्ला क्षेत्र नं. २ का  वर्तमान सभासद चन्द्र भण्डारी बनेका छन जसले पहिलो संविधानसभाको चुनावमा नेकपा एमाले प्रचार विभाग प्रमुख प्रदिप ज्ञवालीसंग नराम्ररी निर्वाचन हारेका थिए र आज उनै नेकपा एमालेका विज्ञ एवं संविधान निर्माणका प्रमुख हिस्सेदार ज्ञवालीलाई उछिन्दै गुल्मीवासीको आशा र विश्वास जित्न सफल भएका छन । गुल्मीबाट आफ्ना प्रतिद्धन्द्धीलाई हराउनु मात्रै उनले आफ्नो कर्तव्य ठानेनन, संविधानसभाको पहिलो वैठक नबस्दै आफुले सभासदको हैसियतले पाउने सम्पुर्ण तलब र भत्तासमेत गुल्मीका अति गरिब र विपन्न बालबालिकाको शिक्षामा खर्चगर्ने गरी समिती समेत बनाईसक्नुले उनको उचाई छ सय एक माननीयहरुमध्ये सबैभन्दा माथी पुगिसकेको छ ।

सुन्दै सुनौलो लाग्ने यतिराम्रो कार्यले अति गरिब तथा विपन्न बालबालिकाहरुको भविष्य उज्यालो हुने त छदैछ, माननीयकोसमेत ठुलो छाति र भविष्य फराकिलो बनाईदिएको छ । यसले माननीयको आउदो राजनैतिक भविष्यमात्रै दुरदर्शी बनाएन, संविधानसभाको पहिलो वैठकका लागी अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरभित्र पस्नुभन्दा अगाडि सम्पुर्ण छ सय माननीयहरुले एकपटक गुल्मीका सभासद चन्द्र भण्डारीलाई सम्झिन बाध्य तुल्यायो । सायद उहाँले पहिलो संविधानसभाको निर्वाचनको हारलाई हिनतामा परिणत गरेको भए निश्चय नै आज यो सफलता पाउनुहुनेथिएन । सभासदहरुका कुरा चल्दा आज चोक चोकमा चन्द्र भण्डारीको चमत्कारको चर्चापरिचर्चा चल्छ ।  यसले चुनाव हारलेपनि चन्द्र भण्डारीजस्ता निष्कलंक समाजसेवी जन्मिदारहेछन , हार मात्रै सर्वस्व स्वाहाहुनु होईन रहेछ भन्ने कुरा प्रमाणीत गरिदिएको छ । हामिले सोच मात्रै सकारात्मक गर्न सकेपनि धेरै हो, अवसरलाई चिन्न सक्नुपर्दछ ।  के थाहा अहिले थारै मत अन्तरले पराजयको नमिठो अनुभव भोलीको चन्द्र भण्डारी बन्ने सुनौलो अवसर पो हो कि ?

अन्तमा, नेपालको राष्ट्रिय राजनितीमा कांगेसले वी. पी र गणेशको दार्शनिक लाईन छोडेको आभास कसैले पनि गर्न नपरोस, दार्चुलाको सन्दर्भमा हारजीत ज–जसको भएपनि विकाश निर्माणका कार्यहरुमा सबैको हातेमालो होस भन्ने सबैको चाहना हो । जीतेर संविधानसभाबाट कुुर्सीमात्रै फाल्ने काम गरेका  विश्वेन्द्र पासवान, व्यापारका नाममा पासपोर्ट बेच्ने विश्वनाथ  र नयाँ गाडि नदिएको झोकमा सिडिओे कुट्ने करिमा बेगम जस्ता कलंकित सभासद बन्नुभन्दा  हारेर गोकर्ण विष्ट बन्दापनि वाह वाह त कमाउन सकिदो रैछ नि त हैन र ?
                                                             

(२०७० माघ ५ को दार्चुला सन्देश दैनिकमा प्रकाशित)








No comments:

Post a Comment