Wednesday, February 26, 2014

संस्थागत, सामुदायिक विद्यालय र सरकार

                         

                                                                                                           
                                                                                                               कृष्ण महरा
नेपाल सरकारबाट नियमित अनुदान नपाउने गरि अनुमनि वा स्वीकृति प्राप्त विद्यालयलाई संस्थागत विद्यालय भनिन्छ भने नेपाल सरकारबाट नियमित रुपमा अनुदान  पाउने गरि अनुमति वा स्वीकृति प्राप्त विद्यालयलाई सामुदायिक विद्यालय भनिन्छ ।  हाल नेपालमा संस्थागत र सरकारी विद्यालयहरुको गुणस्तर र नतिजामा यति ठुलो अन्तर आउनुमा संस्थागत विद्यालयमा  अध्यापनको मेरो अनुभवको निष्कर्ष के छ भने संस्थागत विद्यालय पढ्ने विद्यार्थीको आर्थिक, सामाजिक एवं शैक्षिक धरातल राम्रो, शिक्षित अभिभावक, उचित शैक्षिक वातावरण, त्यस्तै धरातल भएका साथी सहपाठी र  आवश्यक शैक्षिक सामग्रीको राम्रो उपलब्धता छ ।

विद्यालयको पनि अविछिन्न पढाई, शिक्षकहरुको नियमिता, निगरानी, अभिभावकहरुलाई आफ्ना बालबालिकाहरुको पढाईप्रति चासो र चिन्ता, नियमित अभिभावकहरुकोे भेला र वैठकसंगै गतिलो अत्याधुनिक भौतिक व्यवस्थापन छ । अभिभावकहरुलाई आफ्नो बालबालिकाको  पढाई सम्बन्धमा व्यक्तिगत, सामुहिक वा गोप्य र लिखीत वा मौखिक प्रश्न उठाउने हक विद्यालयले प्रदान गरेको हुन्छ ।  परिक्षाको सवालमा सामान्य संस्थागत विद्यालयले एकाई परिक्षा , सप्ताह परिक्षा , मासिक परिक्षा ,त्रैमासिक, अद्र्धवाषिक, प्रि–वोर्ड(९ महिनामा) र बार्षिक परिक्षा गरी कम्तिमा ७ पटक विद्यार्थीको उपलब्धी परिक्षण गर्ने गर्दछ ।

यद्दपि यति धेरै परिक्षाको बोझले विद्यार्थीमा पर्ने मानसिक र शारिरीक  असर कति हुन्छ भन्नेकुरा छुट्टै अध्ययनको विषय हुनसक्छ । अझ त्यसैमा काठमाण्डौमा प्राथमिक तहमा  पेपर पेन्सील टेष्ट नै नलिने केहि अत्याधुनिक संस्थागत विद्यालयहरुसमेत नभएको भने होईन ।  यसको ठिक विपरित सरकारी विद्यालय पढ्ने विद्यार्थी आर्थिक, सामाजिक एवं शैक्षिक रुपले खस्किएको धरातलबाट गुज्रीएको छ । निश्चय नै उसको घुलमिल र सहकार्य निम्न घराना र हैसियत भएका सहपाठीहरुसंग छ । कतिपय अभिभावकलाई विद्यार्थीलाई नभई नहुने अत्यावश्यक सामग्री पेन्सील र इरेजर को  अभावले घरिघरी पिरोल्छ । अझ भन्नुपर्दा, नेपालमा ग्रामिण क्षेत्रका कयौ बालबालिकाहरु  काठको कालोपाटी र  कमेराकोको सहायतामा   निगालोको छेस्काले  अक्षर सिक्न वाध्य छन ।

अभिभावकहरु  बालबालिकाको पढाईप्रति चासो र चिन्ता त के विद्यालयसमक्ष जिज्ञासा राख्नुसमेत आफ्नो कर्तव्य हो जस्तो ठान्दैनन । अर्कोकुरा धेरैजसो ग्रामिण विद्यालयहरुमा अभिभावक भेला विद्यालय व्यवस्थापन समितीको अध्यक्ष वा सदस्य कसको पोल्टामा पार्ने भन्ने चुनावको दिनबाहेक विद्यालयको शैक्षिक प्रगति र बालबालिकाहरुको पढाईको बारेमा छलफल गर्न अभिभावक भेला गराएको मैले अहिलेसम्म देखेको छैन । यदि उक्त विषयवस्तुमा छलफल गर्न कुनै विद्यालयले अभिभावक भेला डाकिहालेपनि सीतिमिति अभिभावकहरु वैठकस्थल सम्म पुग्न चाहदैनन ।

उनिहरुलाई आफ्नो बालबालिकाको बारेमा विद्यालय र शिक्षकहरुसामु प्रश्न र जिज्ञासा राख्ने स्वतन्त्रता नभएको होइन, यसमा अभिभावकहरुकै दिलचस्पीको अभाव हो । परिक्षाको नाममा त झन  सरकारले नै उदार कक्षोन्नती नीति अंगालेर विद्यालय शिक्षाका तिनओटै पक्ष(शिक्षक,विद्यार्थी, अभिभावक) लाई हाईसञ्चो गराईदिएको छ । उदार कक्षोन्नती नीति भनेको यि तिनओटै पक्षहरुलाई कम मेहनत र परिश्रम गर्न होईन , जति परिक्षा मार्फत कक्षोन्नती  प्रणालीमा मेहनत गर्नुपर्दछ, यसमा पनि उतिकै लगावको आवश्यकता पर्दछ । तर हाम्रो देशमा शिक्षक, विद्यार्थी र अभिभावकले परिक्षाको फेजआउटलाई अर्कै तरिकाले बुझिदिनाले यसको प्रतिफल सोचेजति फलदायी हुन सकिरहेको छैन ।

एउटा रोचक कुरा त के देखियो भने सामुदायीक विद्यालयमा आफ्नो बच्चा पढिरहदा रत्तिभर उसको पढाईप्रति चासो नदिने अभिभावक संस्थागत विद्यालयमा आफ्नो बच्चा छिराउनासाथ  अत्यन्तै चासोका साथ नियमित विद्यालयमा खबरदारी गर्दै घरमा पनि बालबालिकाको पढाईप्रति खुब चाँसो दिन थालेको दृश्य । किन र कसरी सामुदायीक विद्यालयको अभिभावक छदा मौन बसेको व्यक्ति एकाएक संस्थागत विद्यालयको अभिभावक बन्दैमा सचेत र चिन्तित हुन पुग्यो ? त्यस्तो अभिभावकले सामुदायिक विद्यालयको अभिभावक हुँदा सोही विद्यालयलाई नै खवरदारी गर्न सकेको भए के हुन्थ्यो ?  यी प्रश्न आम अभिभावक, विद्यार्थी, शिक्षक, शैक्षिक क्षेत्रका उच्च प्रशासक, बुद्धिजिवी एवं सम्पुर्ण नागरिक समाजले गहिरिएर व्याख्या र विश्लेषण गर्नु जरुरी छ ।

सरकारले सित्तैमा दिएको बहुमुल्य औषधिभन्दा निजी क्लिनिकमा पैसा हालेर किनेको औषधी विरामीलाई प्यारो लागेजस्तै सामुदायिक  विद्यालयप्रति यसरी सचेत अभिभावक नै मौन रहनुले सरकारी विद्यालयमाथी विश्वास कम  भएको बुझिन्छ । सरकारी विद्यालयमा पनि अब्बल विद्यालय, उत्कृष्ट व्यवस्थापक र शिक्षक नभएका होईनन, तिनीहरुलाई संस्थागत विद्यालयमा जस्तै सम्पुर्ण विद्यार्थी, अभिभावक, शिक्षक, प्रशासक, बुद्धिजिवी  तथा सम्पुर्ण सचेत नागरिकहरुको साथ र विश्वास चाहिन्छ ।

परिक्षाको मामलामा सरकारले नेपालजस्तो गरिब र अति कम विकसित देशको एस.एल.सी. परिक्षापुर्व लिईने प्रारम्भिक टेष्ट परिक्षा लिन नपाईने निर्णय गरेर देशको शिक्षा क्षेत्र  अविकसित नभई विकसित भईसकेको सन्देश दिन खोजेको छ । नेपाल सरकारको टेष्ट परिक्षाले विद्यार्थीहरुमा डर, भय र फेल हुने सन्त्राससंगै  उनिहरुको मनोविज्ञानमा असर पार्ने, उनीहरुको मनोबल खस्ने र एस.एल.सी. परिक्षाको राष्ट्रव्यापी नतिजामा प्रभाव पार्ने हुनाले आफुहरु यो निर्णय लिन वाध्य भएको तर्क छ । यो एकदमै सकारात्मक कदम मात्र नभई विद्यार्थीहरुलाई भयमुक्त मनस्थिति र वातावरणमा शिक्षण सिकाई र उपलब्धीको मापन गर्नुपर्दछ भन्ने आधुनिक सिकाई सिद्धान्तमा  आधारित अन्तराष्ट्रिय मापन हो ।

 अरु क्षेत्रमा त्यति धेरै प्रगति गर्न नसकेपनि शिक्षा क्षेत्रमा भने अन्तराष्ट्रिय मान्यता नेपालमा भित्रिनु पक्कैपनि बालअधिकार र बालकेन्द्रित वातावरणमा सिक्न पाउने बालबालिकाहरुको अधिकार सुनिश्चित गर्न खाजेको देखिन्छ । विकसित देशहरुमा यसरी पेपर पेन्सिल टेष्ट लिएर पास र फेल छुट्याइनु अपराधसरह मानिन्छ । नेपालले पनि त्यही सिको गर्दै परिक्षालाई बालमस्तिष्क र अधिकारसंग जोड्दै भविष्यमा नेपाल हाक्ने आजका बालबालिकाहरुमा  कस्तो शिक्षा र व्यवहार स्थापित गर्ने भन्ने वहस चलाउनु स्वभाविक हो । तर नेपालकोे शैक्षिक, आर्थीक, सामाजिक, साँस्कृतिक, धार्मिक एवं भौगोलिक परिवेशमा उक्त प्रावधान कतिको उपयुक्त र अनुपयुक्त छ भन्ने वहस पनि संगसंगै चलाइनु पर्दथ्यो ।

राष्ट्रिय जनगणना वि.स. २०६८ को तथ्यांकले के देखाउछ  भने नेपालको ८२.९३ प्रतिशत जनसंख्या ग्रामिण क्षेत्रमा बसोबास गर्दछ र कुल जनसंख्याको ३४.१ प्रतिशत जनसंख्या पुरै निरक्षर छ । अझ साक्षरभित्र पनि शिक्षितहरुको संख्या त ज्यादै थोरै छ ।  यस्तो अवस्थामा टेष्ट परिक्षा नै नदिई वोर्ड परिक्षा दिन पाउने प्रावधानले परिक्षाको बेला मात्रै पढ्नुपर्छ र बालबालिकाहरुलाई त्यो बेलामात्रै पढ्न दिईनुपर्दछ अरु समय त घरको काम गराउदापनि फरक पर्दैन भन्ने मनोसामाजिक परिवेश भएको हाम्रो देशमा अपेक्षा गरिएअनुरुप   सान्दर्भिक र फलदायी नहुन पनि सक्दछ   ।

 विकसित देश वा  नेपालकै पनि  शहरी क्षेत्रमा जस्तो घरको काममा नसघाई पुरै समय पढाईमै न बालबालिका दिन सक्छन न अभिभावक नै ।परिक्षा हुने र सो परिक्षा पास नगरे वोर्ड परिक्षामा सहभागी हुन नपाउने हुदा परिक्षाकै समयमा भएपनि पढ्न पाउने र पढ्न दिने कतिपय ग्रामिण भेगका विद्यार्थी र अभिभावकहरुले परिक्षाबिनै वार्ड दिन पाउने भनेपछि त बोझ हटेको मात्रै महशुस गरेका छैनन, कुशल विद्यार्थी र असल अभिभावकको कर्तव्यसमेत भुलेका छन  । अर्को कुरा विद्यार्थीहरुलाई पनि परिक्षा आएपछि मात्रै पढ्नुपर्छ भन्ने बालमानसिकताले जरा गाडेको देखिन्छ ।

उदार कक्षोन्नतीलाई विद्यार्थीको उपलब्धि नै परिक्षण नगरी कक्षा चढाउनुपर्छ भन्ने बुझेका सम्मानित शिक्षक, अभिावाक र विद्यार्थीहरुले परिक्षा नै नहुने भनेपछि त्यति कडा मेहनत र परिश्रम गरी पढाउनैपर्ने र पढ्नैपर्ने वाध्यता नदेख्नु स्वभाविक हो । कतिपय हिमाली र पहाडि जिल्लाहरुमा शैक्षिक शत्र सुरु भएको छ महिना सम्मपनि अतिरित्त शैक्षिक सामग्री त के पुग्थ्यो, पाठ्यपुस्तक समेत पुगेको हुदैन, त्यस्ता विद्यालयमा निर्धारित समयमा कोर्ष पुरा हुने कुरा  कल्पना गर्नु आकासे दरबार बनाउने दिवास्वप्न सरह हुन्छ । परिक्षाको दिन आईसक्दापनि कोर्स पुरा नभएको विद्यार्थीले सोझै वार्डमा पुगेपछि कस्तो नतिजा ल्याउला सबैले बुझेकै कुरा हो ।

हो, परिक्षाको भयबाट विद्यार्थीलाई टाढै राखि टेष्टपरिक्षाको फेजआउट र उदार कक्षोन्नतिको निर्णय पक्केपनि आफैमा उत्कृष्ट प्रयास मात्रै होईन, अधिकारमा आधारित शिक्षण सिकाई प्रणाली पनि हो । तर नेपालजस्तो समस्यै समस्याको थुप्रो भएको देशमा यसको प्रभावकारिता कतिको उपलब्धिपुर्ण होला भनेर एकपटक गहिरो ढंगले नसोचिएको भान सबैलाई भएकै हुनुपर्छ । नेपाली समाजले पढाईलाई परिक्षासंग जोडेर हेर्दछ भन्ने कुरा सबैले बुुझ्न सक्नुपर्दथ्यो । सरकार एकातर्पm विश्वस्तरको प्रतिस्पर्धामा सरकारी विद्यालय पढेको विद्यार्थी सफल हुन सकेन अब सबै विद्यालयले अंग्रेजी माध्यममा पढाई हुनुपर्दछ पनि भनिरहेको छ भने अर्को तर्फ प्राथमिक तहमा विद्यार्थीहरुले बुज्न सकेनन मातृभाषामा पढाइनु पर्दछ, परिक्षा प्रणाली हटाई उदार कक्षोन्नती पनि लागुहुनुपर्दछ समेत भनिरहेको छ , यो अवस्थामा नेपालको समग्र स्थितिको सुक्ष्म ढंगले व्याख्या गर्ने हो भने कुनैपनि कदमले सोचेअनुरुप प्रतिफल हाशिल गर्ने नसकिने होकि भन्ने शंका उठेको देखिन्छ ।


अन्तमा, सरकारी विद्यालय खत्तम पनि होईनन , निजी विद्यालय भनेका जादुका छडि पनि होईनन   भन्ने कुरा  सबैले बुज्नु जरुरी छ । शैक्षिक विकाशमा सरकारी र संस्थागत विद्यालयको योगदान बराबर छ । यो कुरालाई सरकारले समेत बुझेर संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ मार्फत विगत ५ वर्षमा प्रवेशिका परिक्षामा ८०% भन्दा बढि उत्तिर्ण गराउने संस्थागत विद्यालयहरुले कम्तिमा दुईवटा समान तहको सामुदायिक विद्यालयहरुसंग सहवरण गरि शैक्षिक एवं व्यवस्थापकिय सुधार गर्नुपर्ने व्यवस्था गरिसकेको छ । सरकारले अंगाल्न खोजेको परिक्षाको डर र त्रास अन्त्यको अभियान निश्चय नै अन्तराष्ट्रिय शैक्षिक प्रयोग  हो यसमा कुनै शंका छैन तर नेपालको विद्यमान आर्थीक, सामाजीक र शैक्षिक परिप्रेक्ष्यमा यसले के कति प्रतिफल दिने भन्नेकुरा मुख्य हो ।



फागुन १४, २०७० को नागरिक दैनिकमा प्रकाशित
See more at :
http://nagarikplus.nagariknews.com/component/flippingbook/book/1698-nagarik-26-feb-2014/2-nagarik.html






Saturday, February 22, 2014

सौन्दर्यको शहरमा पर्यटन र पिडा


  
 सुन्दरपश्चिम सेराफेरो’      
                                                                                                                                                                       
                                                                                                         –कृष्ण महरा
विश्वभरी कब्जा जमाएको ब्रिटिस साम्राज्यले भारतमा कब्जा जमाईरहदा तत्कालिन  ईष्ट इन्डिया कम्पनीको सेनालाई सहयोग गरेकाले कम्पनी सरकारले खुसीभई सुगौली सन्धीमार्फत गुमेको  राप्तीपारी देखि महाकाली वारी सम्मको भुभाग तत्कालीन श्री ३ जंगबहादुरलाई बहादुरीको कदरस्वरुप   वि. स. १९१७ मा फिर्ता दियो । जसलाई अझैपनि हामी नयाँ मुलुकका नामले चिन्दछौ ।

जुन क्षेत्र हालका बाके, बर्दिया, कैलाली र कञ्चनपुर हुन । पश्चिम तराईमा क्षेत्रफलको हिसाबले लगभग एक चौथाई, जनसंख्या र उब्जनीको हिसाबले झण्डै आधा हिस्सा ओगट्ने समथर गुमिसकेको भुभाग फिर्ता पाउनु नेपालको लागी सौभाग्यको कुरा हो । सशस्त्र संर्घषका बेला आर्थीक संकटका कारण पैसाको सट्टा उक्त भुभाग प्रदान गरीएको इतिहाँसकारहरुले उल्लेख गरेका  छन ।

त्यही बहादुरीको बक्सिसमा नेपाललाई प्राप्त हुन सफल क्षेत्रमध्ये कञ्चनपुर पनि एक हो । इतिहाँसमा उल्लेख भएअनुसार सर्वप्रथम यसको सदरमुकाम हाल श्रीपुर गा.वि.स.को बेलौरी बजारमा रहेको र सोही बेलौरीको कञ्चनपुर नामक गाँउबाट कञ्चनपुर जिल्लाको नामाकरण गरिएको हो । पश्चिम तथा दक्षिणमा क्रमशः भारतको उत्तराखण्ड र उत्तरप्रदेश तथा पुर्व र उत्तरमा क्रमशः कैलाली र डडेलधुराको अनुपम सुन्दरताले  घेरिएको छ । विष्णुमन्दिर, शिवधाम, घटालबाबा, वैजनाथधाम, निंलाशैनी भगवती, र सिद्धनाथजस्ता सुप्रसिद्ध धार्मिक स्थलहरु राजधानी र आसपासका कुनै चर्चित धार्मीक स्थलभन्दा कम छैनन,

अझ भन्नुपर्दा रमणीय वातावरण र भ्रमणका हिसाबले अरुभन्दा चोखा अर्थात प्रसिद्धिप्राप्त लेखक कर्ण शाक्यको भनाईमा भर्जिन क्षेत्र । बेतकोट ताल, बन्दा ताल,  झिलमिला ताल, रानीताल, प्यारा ताल एवं पुरैना ताल यहाँ स्थित कयौ तालहरुमध्ये केही ताल हुन जुन प्रचार–प्रसारको पर्खाईमा छन । जसरी पोखरालाई पानी रंगको शहर भनिन्छ, मिडिया, प्रचार प्रसार र विकाशले अलिकति बढि महत्वकासाँथ छुन सकेको भए सायद कञ्चनपुरपनि जलाशयको जिल्ला भनेर चिनिन सक्थ्यो ।

बाह्रसिंगाको राजधानी शुक्लाफाँटाका घासेमैदानहरुमा त्यतिकै स्वदेशी तथा विदेशी पर्यटक लाभ्याउने क्षमता छ जति मध्यतराईस्थित विश्वका हात्तीहरुको दौड प्रतियोगिता हुने  चितवनको सौराहामा छ । जति गोरखाको मनकामना र धरानको बुढासुब्बा जस्ता धार्मिक क्षेत्रहरुले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षण गरी रोजगारी संगसंगै  अर्थापार्जन गर्न सफल भएका छन, गौरवमय तलाउको विचमा रहेको विष्णुमन्दिर परिसर र शौन्दर्यको शहर महेन्द्रनगरको विचमा रहेको सिद्धनाथ धार्मिक स्थलले पनि त्यत्ति नै पहिचान र पैसा कमाउने हिम्मत राख्दछन ।

बर्षेनि हुने कञ्चनपुर पर्यटन महोत्सव तथा वृहत व्यापार मेला र  स्थानीय सञ्चारमाध्यम  एवं पत्रपत्रिकाहरुले यस्ता अवसर र सम्भावनाको क्षण पर्खिरहेका पर्यटकिय स्थलहरुको  प्रचार–प्रसार अत्यन्त सरहानिय, सम्मानजनक र समय सुहाउदो भएपनि पर्याप्त भने हुन सकेको छैन । त्यसै अलौकिक प्रचार, संरक्षण र संवर्धन खोजेको अर्को सम्पुर्ण सुदुरपश्मिेली एवं नेपालीहरुकै  सम्पति हो दोधारा झोलुंगे पुल । साहित्यिक शब्दमा नेपाल बाहिरको नेपाल भनेर चिनिने महाकाली  सिमा बाहिरको नेपाली भुमि दोधारा–चाँदनीलाई  यो पुल निर्माणले त्यस ठाँउका देशभक्त नेपालीहरुको सदरमुकाम महेन्द्रनगर आउदा भारतको बनवासा भएर आउनुपर्ने वाध्यतालाई मात्रै अन्त्य गरेन, आफ्नै सिमा मार्फत निर्धक्कसंग आवत–जावत र व्यापार व्यवसाय गर्ने सुवर्ण अवसरसमेत जुराईदियो ।

पुल बन्नु भन्दा पहिला सदरमुकाम आउदा बनवासा पुलका मालिकहरुको अचाक्ली सास्ती खेप्नुपरेको पिडा दोधारा–चाँदनीका पाका बासिन्दाहरुसंग छ । एशियाकै चर्चित यो पुललाई हिड्डुलका रुपमा मात्रै प्रयोग गरिनु हुदैन । आवत–जावत त पुलले बोकेका अथाह सम्भावनाहरुमध्ये एउटा सानो अंशमात्रै हो, पुलले बोकेको अपार सांस्कृतिक तथा पर्यटकिय दृश्यहरुलाई चिन्न सक्नुपर्दछ । लमजुंगको घलेगाँउ र स्याङ्जाको सिरुवारी दक्षिण एशियाकै उत्कृष्ट पर्यटकिय गाँउ बन्नसक्ने तर पश्चिम नेपालको  दोधारा–झोलुंगे पुल, शक्लाफाँटा र खप्तड क्षेत्र नेपालकै पनि उत्कृष्ट पर्यटकिय क्षेत्र बन्न नसक्ने भन्ने हुदै हुदैन ।

अझ निर्माणको केहि वर्षमै संरक्षण अभावमा पुल जीर्ण अवस्थामा पुग्नु, संरक्षणमा स्थानीय निकाय एवं सम्बद्ध सरोकारवालाहरु नै गैरजिम्मेवार देखिनु भविष्यमा उक्त ठाँउ पर्यटकिय पकेट क्षेत्र घोषणाको लागी अत्यन्त अशुभ संकेत हो । सरकारले नै संरक्षणको व्यवस्था गर्ला भनेर सोच्नु हामी सबैको भुलवाहेक अरु केहि हुदैन किनभने सरकारले त पुल बनाईदिनु नै आफ्नो कर्तव्य पुरा भएको ठान्दछ ।

त्यसैले एशियाकै नमुना पुल संरक्षणमा सम्बधित निकाय तथा स्थानीय प्रवुद्ध व्यक्तित्वहरुले अग्रसरता र तदारुकता देखाउन सक्नुपर्दछ । एउटा स्वीस पर्यटक खसेको  खोल्सालाईपर्नि  डेविड फल्स’का नामले चर्चित बनाई रोजगारी र लाखौ रुपिया कमाउन खप्पिस पोख्रलीहरुबाट हामि सबैले पाठसिक्दै आफ्नो क्षेत्रमा भएका ऐतिहाँसिक तथा पर्यटकिय स्थलहरुलाई संरक्षण र संवर्धनसहित  आम्दानीको स्रोतको रुपमा उपयोग गर्नसके रोजगारी खोज्दै खाढिमुलुक धाउनुपर्ने अवस्थामा निश्चय नै कमि ल्याउन सकिन्छ ।

 त्यसो गर्न नसक्दा हामिलाई कुनैदिन घरमा घार हुँदाहँदै मह काट्न नसकेको आरोेप लाग्यो भने अन्यथा सम्झिनु नपर्ने अवस्था पनि आउनसक्छ  । झण्डै एकमहिना अगाडि नेपालका प्रमुख राष्ट्रिय प्रिन्ट तथा अनलाइन पत्रपत्रिकाहरुले तनहुँको ३५५ मि. लामो पुललाई नेपालकै सबैभन्दा लामो पुल भन्दै तस्विरसहित उच्च प्राथमिकताका साँथ समाचार सम्प्रेशण गर्दा पश्चिम नेपालको कञ्चनपुर स्थित १४५२ मि.लम्बाई भएको दोधारा–चाँदनी झोलुंगे पुल नेपालको मात्रै नभई एशियाकै लामो हो भन्ने थाहा पाउने जोसुकै नेपालीको  त्यस्तो भ्रामक समाचारले मन दुखेको हुनुपर्छ । यसले हाम्रो पर्यटकिय भविष्य कसरी र कहाँ पु¥याईदैछ भन्नेकुरा सबैले बुझ्नुपर्दछ ।

दोधारा–चाँदनीको  उर्वर नेपाली भुमि उसै त सिमापारि, त्यसमा पनि हिउदमा एकथोपा पानी नहुने तर  असार सुरु भएसंगै त्यस क्षेत्रका वासिन्दाको विचल्ली सुरुहुन्छ । सिंचाईको लागी मुट्ठीभर पानी छोड्न नचाहने असल छिमेकीको आशिर्वाद वा नियत भन्नुपर्छ वर्षातमा उर्लदो महाकालीको निर्दयी बहाव सोझै दोधारा–चाँदनीका श्रमजिवी वासिन्दासंगै  घरका भित्ताहरु झम्टिन पुग्छ ।

जताततै हरियाली र रिमझिम वर्षाको वहारसंगै प्रकृतिको मुहारमा खुसियाली  ल्याउने असार सिमापारीको त्यो रस्तिवस्तिको लागी भने कहिल्यै रहर र हर्षका आश्र्चय लिएर आएन । ल्यायो त केबल वर्षातको साउने भेल, डर, त्रास,चिन्ता, भय,अनिदो, हतास,  प्यास, हाहाकार, त्यस्तै त्यस्तै । कहिलेकाँहि त लाग्छ साउने भेलको सिमापारिको वस्तीसंग के नै लिनुदिनु थियो र ? यो वेदनाको अन्त्य कहिले होला ? र कहिले त्यहाँका वासिन्दाले बर्षात लाग्दापनि आनन्दले साउने झरिला रातहरु काट्न पाउलान ? यी प्रश्नहरु अनिश्चितकाल सम्मका लागी अनुत्तरित छन ।

महाकालीको बाढिले  कतिका रात भोकभोकै स्कुलका भवनहरुमा  वित्छन त कतिका सम्पतिसंगै सजाइएका सपनाहरु  लुटिन्छन । यसको स्थायी समाधान तथा न्युनीकरणमा ध्यान दिन सके पक्कैपनि  पिडित जनताले मुलुकमा जनताको सरकार भएको महशुस अवस्यपनि गर्न पाउथे  । यता सरकार भने बाढिपीडित भोका पेट र लुटिएका मनहरुलाई राहत दिए आचारसंहिता भंग हुने भन्दै राहत दिन नपाउने  हुकुम आदेश गर्दछ ।

उक्त आदेशले बाढिका कारण क्षतविक्षत जनतालाई कस्तो महशुस भयो होला भनेर कसैले सोच्नसमेत चाहेनन । त्यसै आदेशमा  सरकारले सुदुरपश्मि क्षेत्रका कयौ बाढिपिडितहरुलाई खाना र नाना  दिनुको सट्टा उल्टै राहत वितरण गरिरहेका पुर्वराजा ज्ञानेन्द्रलाई रोकि सुदुरपश्चिमेली बाढिपिडितहरुको भोको पेटमाथी लात नहानेको होईन । अब उप्रान्त बाढिपिडितहरुले राहत नपाएर रोईरहेका चित्कारपुर्ण दृष्यहरु न कसैले देख्न चाहेको छ न कसैले सुन्न नै ।

हाम्रो देशमा जहाँनिय राणाशासन, निदर्लीय पञ्चायतीव्यवस्थासंगै २४० वर्षसम्म एकछत्र राजगरेको  शाही शासन अन्त्य भई प्रजातन्त्र, बहुदल, लोकतन्त्र र गणतन्त्र आईसक्दापनि  नेपालको पश्चिमी सिमा महाकाली बाहिरका बाढीको वहावले वर्षेनि तर्साउने भुजेला, पिप्रैया, स्याउली बजार, कुटियाकबर लगायत दोधारा–चाँदनीका अन्य कयौ सुन्दर वस्तीहरुका लागी भने जुनसुकै शासन वा तन्त्र आएपनि अस्थायी तटबन्ध बाहेक  उनीहरुको हृदय हँसिलो हुनेगरी स्थायी समाधानको बाटो कसैलेपनि रोजेको देखिएन ।

त्यसो त नेपाल–भारत मन्त्री अर्थात सचिवस्तरमा कुटनैतिक ढंगले यो कुराको उठान गरि दुवै देशको सहकार्यमा स्थायी समाधानको उपाय अपनाउन नसकिने होईन । तर उक्त कुराको उठान, पहलकदमी र निदानको सोच  सरकार र पहुँचवालाहरुको मानसपटलमा कहिले आउने ?

राजधानी नजिक भक्तपुरका किसानहरुको वर्णसंकर विउको प्रयोगबाट धान नफल्दा र पोखराका अर्मलापीडितलाई क्षतिपुर्ती दिलाउन आयोगले सरकारलाई सिफारिस गरेको खबर सबैले सुनेकै हौँ । तर पश्चिम नेपालस्थित सिमापारीका ती वस्तीहरुमा त कहिले अन्न लगाउने बेला पुरै खेत बगाँउछ भने कहिले टिप्ने बेला, उब्जाउ जमिन संगै घरबार बगाउने पिडा त कति हो कति । यस विषयमा कहिकतै आयोग बनि क्षतिपुर्ती र राहतको सिफारिस गरेको यो पंक्तिकारले सुईको समेत पाएको छैन । त्यसैगरि, झण्डै डेढसय घर बगाई  त्यति नै संख्यामा घरहरु जोखिममा पार्दे कत्तिको सडकवास त कत्तिको उठिवास गराउने गरि आएको विनाशकारी दार्चुलाबाढीको बारेमा न कसैले आयोग बनाउन नै सान्दर्भिक ठान्यो न क्षतिपुर्ती दिन नै ।

राष्ट्र सफल कहिल्यै नहुने तर चुनाव भने बारम्बार आईरहने हाम्रो देशमा ती क्षेत्रका जनताले पनि भोट हालेकै हुन । अब भोट हालेरमात्रै हुँदो रहेनछ भनेर सम्पुर्ण जनता जाग्नुपर्ने बेला आईसकेको छ । अब आफ्ना लागी आफैले तदारुक्ताका साथ अघि नसर्ने हो भने बालुवा लिन गएका सिमा क्षेत्रका वासिन्दा महाकालीको बिच वगरमा चिसो रात काट्न विवस भएको खबर आउदो वर्षातमासमेत दोहोरिने निश्चित छ ।

देशमा लामो राजनैतिक संकर्मणको अन्त्य वा नयाँ संविधान निर्माण हुनेवितिकै देशमा रातारात आफै कायापलट हुन्छ भन्ने होईन । स्थीर राजनितीसंगै संविधान निर्माण हुनु भनेको देश विकाश, समृद्धि तथा अग्रगतिको लागी ठोस रुपमा आधार तयार हुनु मात्रै हो, काम त हामी आफैले गर्नुपर्छ । जनताका जनजीविकासंग सम्बन्धित समस्या र पिडाहरुमा राहत तथा विकाशको मल्हम फुलाउने शुसोभित कार्य राजनैतिक  दल तथा स्थानीय निकायको  मात्रै जिम्मेवारी र कर्तव्यको विषय होईन यसमा सबै  सम्वद्ध सरोकारवालाहरुले आ–आफ्नो तह र तप्काबाट सक्दो सहयोग गर्नुपर्दछ,  तर प्रतिबद्धता जाहेर गर्दै निर्वाचित हुने राजनैतिक दल र स्थानीय निकाय अलि बढि सजग,चनाखो  र  जिम्मेवार हुन सकिएन भने योजनावद्ध स्थानिय विकाशको कल्पनासमेत गर्न सकिदैन ।

तसर्थ, सौन्दर्यको शहरभित्रका अलौकिक पर्यटकिय सम्भावनाहरुलाई प्रचार, प्रवर्धन र संवर्धन गर्दै सबैले आ–आफ्नो तह र क्षेत्रबाट आत्मविश्वास र दृढ संकल्पका साँथ सिमानामा सिंचित सम्भावनाहरुलाई माथि उठाउन सके निश्चय नै स्वदेशी तथा विदेशी पर्यटकहरुको ओइरो सुन्दर पश्चिममा ओइरिनेछ । संगसंगै वर्षेनी बाढीले थिलथिल पार्ने महाकाली सिमापारिका वासिन्दाका पीडा र वेदनालाई  विस्तारै न्युनीकरण र  समाधानको लागी पहल गर्न सके हामी सबैको मन प्रफल्ल हुन्थ्यो कि ?
                                                                                                           
फागुन १०, २०७०को नागरिक दैनिकमा प्रकाशित

Tuesday, February 18, 2014

मुक्तक/ गजल

मुक्तक 
रोउ भने आँखाछोपि आँशु पुछ्ने कोछ मेरो  
जाउँ भने रिसाएर बाटो छेक्ने कोछ मेरो 
 कहिलेकाहिँ  लेखु लाग्छ  राजिनामा जीन्दगीको,
लेखु भने राजिनामा कलम रोक्ने को  मेरो  ।।

मुक्तक
दिलको कुरा किन गर्छौ दिलमा तिम्रो दाग देखे / 
सुनचाँदी, हिरामोती मैले तिम्रो माग देखे /
यी आँखाले बाँचेसम्म के के देख्नुपर्दो रैछ,, 
बाहिर हेर्दा त्यति सज्जन मनमा तिम्रो आग देखे //


मुक्तक
प्रयण र स्पर्शको दिन आउछ जान्छ / 
संघर्ष र सफलताको दिन आउछ जान्छ / 
यादको त आउनेमात्रै एकोहोरो बाटो छरे ,, 
तिम्रो मेरो खुसि हुने दिन आउछ जान्छ //

मुक्तक
बन्द सफल भयो भन्दै हौसिएका देखे मैले /
बसपार्कमा बस जलाउदै दौडिएका देखे मैले / 
बन्द गर्दै चोक-चोकमा लाठी बोक्दै हिड्नेहरु,,
नेपालीको आँशुमाथि पौडिएको देखे मैले //

मुक्तक 
भोक भोकै छु सक्छौभने खाना लिएर आउ /
बसपार्कमा अलपत्र छु नाना लिएर आउ /
कुन पापीले बन्द गर्यो राजधानीको शहर आज,,
भोक मेटाउन अलिकति दाना लिएर आउ //

मुक्तक
मनका सबै रहरहरु खोलू खोलू लाग्यो / 
तिम्रा लागि भएपनि बोलु बोलु लाग्यो /
किन हुन्छ तिम्लाई देख्दा संसार जितेजस्तो,,
सजाएका सपनाहरु खोलूखोलू लाग्यो //

मुक्तक
दुई चार शब्द बोकेर म तिम्लाई भेट्न आएको छु /
होली आयो भन्छन सबै त्यहि रेट्न आएको छु // 
सुभकामना मनभरिको केवल मात्र तिम्रा लागि ,,
प्यासी बनि होली खेल्दै तिर्खा मेट्न आएको छु //


मुक्तक
महलबाट सडकमा झरेछ जिन्दगी /
मालिकबाट सालिकमा दरेछ जिन्दगी /
एकाबिहानै विनाअर्थ तिम्ले लोला हानेपछि,,
तिमि बस्ने शहरबाट अन्तै सरेछ जिन्दगी //

मुक्तक
हिजो राति सपनीमा आउन जानिनौ /
आएपछी मुटुभित्र छाउन जानिनौ /
खतरा छ चलाउनु अनायास यो दिलपनि,,
धरापमा थ्यो माया मेरो लाउन जानिनौ //

मुक्तक
दुख पर्दा सुभेक्षाको साथ प्यारो लाग्यो /
लाखौ लाख सम्झनाको साथ प्यारो लाग्यो /
दिन दाहाडै बिरामीले थला परेपछि,,
सम्झी दिने त्यै हातको साथ प्यारो लाग्यो //

मुक्तक
शून्यबाट उठ्नसके सय हुन्छ भन्छु म त /
बोल्न जाने दुश्मनको नि जय हुन्छ भन्छु म त /
आफ्नै सम्झी बोल्दापनि अर्थ उल्टै लागेपछि,,
सम्झी यो मन त्यै सिरानी धुन्छ भन्छु म त //

मुक्तक 
शहरमा त यतिधेरै जहर भेटियो / 
हत्याहिंसा आतंकको लहर भेटियो / 
लुटपाट, छलछाम, ठगि कति-कति,,
त्यसैले त जताततै कहर भेटियो //


मुक्तक
खुसि मन किन किन अफ भो छुटनेबेला / 
आदर्शका वचनपनि गफ भो छुट्नेबेला /
साथी सम्झी बोल्न मात्रै के खोजेथे मैले ,,
बोली सुन्दा मन सायद रफ भो छुट्नेबेला //

मुक्तक
झर्किएर मेरो मुटु थर्काएर गईन /
ऐले सम्म देको नासो फर्काएर गईन /
अब कहाँ भेट्ने होला त्यति माया गर्ने मान्छे,,
मर्छु भन्दै मेरो कम्मर मर्काएर गईन // 

मुक्तक
भेट्छु भन्ने प्रियम्वदा भेटेपछि भागेर गई /
भको एउटा मुटुपनि उदार भन्दै मागेर गई /
कति बाँच्ने भन्नेकुरा उसकै हातमा रह्यो अब,,
बस भन्दा झिसमिसेमै हुन्न भन्दै जागेर गई //


मुक्तक 
दुखेपछि   बाढिको घाउ जाचि राख्या छु
भित्र आशु लुकाएर हासिराख्या छु  
असारको त्यो बाडिसगै कयौ सपना बगेपनि,,
 तिम्रालागी एउटा चिनो साची राख्या छु ।। 

 मुक्तक 
काठमाण्डौको कोलाहल शहरमा जिन्दगी  
प्रियसंग भेट हुने रहरमा जिन्दगी  
यतिधेरै अपार माया गर्दापनि तिमिलाई ,, 
धोकादिन खोज्छौ भने जहरमा जिन्दगी ।।


मुक्तक 
कहिँ कतै देख्यौ कि बाटो मोडि  गा' को मान्छे |
देख्दा भने अति सुन्दर बुझ्दा भद्दा भा' को मान्छे ||
सुईको सम्म  पाए पनि खबर गर्न भुल्नु हुन्न,,
भित्रभित्रै खोक्रिएको ढुंगे मुटू भा' को मान्छे

मुक्तक
सधैंभरि यस्तै आशिष पाईरहु जिन्द्गीमा
त्यसैगरि मनमुटूमा छाईरहु जिन्दगीमा
स्वदेश विदेश गाउ शहर जहाभएपनि,,
घरिघरी यादहरु आईरहुन जिन्दगीमा ।।

 मुक्तक
भिरमा छ जीन्दगी शिरका कुरा नगर ।
सागरमा छ जीन्दगी तिरका कुरा नगर ।
संघर्ष र सफलताको दोसांधमा छ  माया,,
भातमै रम्छ जीन्दगी खिरका कुरा नगर ।।

 मुक्तक 
जन्म दिनको लाखौलाख कामना छ मेरो /
सयौ जुनि बाचिरहनु प्रार्थना छ मेरो /
हुन त क्या आनन्दै थ्यो जिन्दगि हजुरको  ,,
दुख-पिडा कैल्यै नहोस कामना छ मेरो //

मुक्तक 
आज एउटा मुक्तिदिवस सम्झिदैछु शहीदलाई /
हाम्रा  निम्ति मरेको दिन सम्झिदैछु शहीदलाई /
लखन थापा, शुक्रराज र उमेशचन्द्र थापाहरु,,
मुक्तिदिने महानयोद्धा सम्झादैछु शहीदलाई //

मुक्तक
सम्झेर मलाई बिर्स्यौ तिमीले /
बोलेर इशारामा झर्क्यौ तिमीले /
निरंकुशता चुपचाप सहदैन यो मन,,
बोलाउदा पछाडी फर्क्यौ तिमीले //


मुक्तक 

तिम्रो र मेरो जीत हुनेछ एकदिन /
धर्तीले .गगन छुनेछ एकदिन 
छुटाउन ........कुनै षडयन्त्र भए,,
आँशुले ... .नयन रुनेछएकदिन //


मुक्तक

सङ्घषको मैदान हो हार्नहुन्न जिन्दगिमा ।
मन मारेर कैल्यै आशु झार्नुहुन्न जिन्दगिमा ।
बाधक वनि आउन सक्छन सङ्घर्षका मोडहरु ,,
त्रास भई अन्तै डेरा सार्न हुन्न जिन्द्गिमा ।।


मुक्तक
मलाई भन्दा तिम्लाई माया गर्छु भन्थ्यौ विद्यानास । 

भेट्नपरे शहरतिरै झर्छु भन्थ्यौ विद्यानास ।

मैले जीवन दिदापनि दायावाया हेर्यौभने ,, 

तिम्रैसामु पासो लगाई मर्छु भन्थ्यौ विद्यानास ।।


मुक्तक

देस विकासको गति भने अति भयो मन्द अब । 
कहि कतै सब्दकोशमा हुनुहुन्न बन्द अब ।
सस्क्रिति नै भयो क्यार गरिखान नपाईने,,,
मजदुरको भाञ्छाकोठा हुनुहुन्न बन्द अब ।।



मुक्तक

नयाँ चूनाब हुञ्छ अरे, सुनिदैछ आजकल /
नेपाल नयाँ बन्ने सपना बुनिदैछ आजकल /
कहाँ जानु कोरिया जापान, साउदी मलेसिया ,,
पवनसरि यहि सहरमा भुलिदैछ आजकल //

मुक्तक
आफ़्नैले झुक्याए भन्यौ धादली भो ।
आफ़ुलाई जिताउदा बिर्स्यौ धादली त्यो । 
यस्तै हुञ्छ जनमतको सम्मान विर्सेपछि,,
जनता सचेत भएपछि भन्यौ धादली भो ।।


मुक्तक
जताततै खुसियाली ल्याओस नयाबर्ष । 
हर्ष, उल्लास, उमङ्गमै जाओस नयाबर्ष । 
सङ्घर्ष र सफ़लताको सहायात्रा सङ्गसङ्गै ,,
दीन दुखि गरिबलाई, छाओस नयाबर्ष ।।

मुक्तक
रुन्न भन्दा छुट्ने बेला आशु रोक्न सकिएन । 
सम्झे दु: परदेशीको हासो पोख्न सकिएन ।
विदाईका हातहरु हल्लाउदा हल्लाउदै,,
उड्यो जहाज आकाशतिर ढोग्न सकिएन ।।


---------हार्दिक बधाई----------

विजयमा उल्लासको हर्ष फ़ेरियो ।
वसन्तमा फ़ेरिएको वर्ष फ़ेरियो ।
अवसर मात्रै नसम्झिनु चुनौतिका चाङ भित्र ,,
जीन्दगीको चारैतिर सङघर्ष फ़ेरियो ।। 


मुक्तक

कहिलेकाहिँ त खुसिपनि हुनुपर्दो रैछ ।
दुईटा मुटु एउटै मनले छुनुपर्दो रैछ  ।
 बाध्यता र विवशताले कोल्टि फेरेपछि ,,
सम्झि सम्झि त्यै सिरानी धुनूपर्दो रैछँ ।।


मुक्तक

पिर व्यथा शब्दभावको शहर बोकी आए । 
दशैँ तिहार मनाउने रहर बोकी आए । 

गाँउ शहर स्वदेश विदेश जहाँभएपनि साथीँ ,, 
घरदेशबाट आरामैको खबर बोकी आए ।।


क्रिकेट गजल 

विश्वकपमा नेपालको नाम लेखि छाड्यौ /
चटगाउमा देशप्रेमको दाम लेखि छाड्यौ /

घरदेशतिर मुल्य बढी महंगीले छोको बेला,
परदेशमा बुद्ध जन्म्या ठाम लेखि छाड्यौ /

काम नपाई माननीय फुर्सदिला देखेपछी,
संघर्षको पाठ सिक्न आम लेखि छाड्यौ /

सुभाष, सरद, पारस,सोमपाल,शक्ति चलेपछि,
विपक्षीलाई अफगानतिरै जाम लेखि छाड्यौ /

देश झुकेको छ पारस तिम्रो कदरस्वरूप,
मुलुक बनाउ नेता हरे राम लेखि छाड्यौ /

गाउं, शहर, स्वदेश विदेश जहाँ भएपनि,
हेर्ने सबलाई हौसलाको आराम लेखि छाड्यौ /

सागरमाथा चम्किएको गौतम बुद्ध हाँसिरहेको,
विश्वले नै देख्ने क्या हराम लेखी छाड्यौ /



          गजल
सुन्दैछु विस्तारवादी धावा बोल्दैछ रे
सदरमुकाम बगाउनलाई बाध खोल्दैछ रे ।।

 कालापानी शुस्ताससँगै गड्डाचौकी पुगिसक्यो  
बङ्गाबगड गल्फ़ैअनि श्रीबगड नि खोज्दैछ रे ।।

सदियौको मानवबस्ति वगर बनेसंगै
पिडा मात्रै हैन  उठिबास खोज्दैछ रे ।।

देशभित्र शक्ति बाड्ने खेल चल्दै गर्दा
सिमा मिच्ने अर्को नयाँ ठाउ खोज्दैछ रे ।।

यता भने सिहदरवार छिमेकि नै असल देख्छ
 छिमेकि दरबारभित्र वाश खोज्दैछ रे ।।

सदरमुकाम बगाउनलाई बाध खोल्दैछ रे
सुन्दैछु विस्तारवादी धावा बोल्दैछ रे ।।


          गजल 
शङ्कटमा दार्चुलाले बाश मागेको छ । 
भोकमरिमा दार्चुलाले गास मागेको छ ।। 

विस्तारबादको झल्को दिने बाध खोलेपछि ।
निस्शासिदै दार्चुलाले सास मागेको छ ।। 

सुकुम्बाशी भ'एपछि चाउचाउले हुन्न अब ।
सरकारसङ्ग दार्चुलाले खास मागेको छ ।। 

सडकपेटि, बाटोघाटो पुल बगेपछि ।
आउन जान दार्चुलाले पास मागेको छ ।।

'कोजति भोटो चोली घरसङ्गै बगेपछि । 
लगाउन दार्चुलाले कपास मागेको छ ।। 

शङ्कटमा दार्चुलाले बाश मागेको छ । 
भोकमरिमा दार्चुलाले गास मागेको छ ।।



     गजल

पराई नै भए पनि कहिलेकाहीँ साथ दियौँ /
केही दिन लाइ भए पनि आफ्नै सम्झि हात //

भेट्न खोज्दा भेटिएनौ, बाध्यतामा रैछौ तिमी /
संजोगले भेटे तिम्लाई, नबिर्सने बात दियौं //

यात्री थिए एक्लै जहाँ औसीको त्यो रात अनि /
भैगो अब भन्दा भन्दै नबिर्सने बात दियौ //

साटा साट प्रेमलाप भयो हाम्रो माया जब /
जस्तोसूकै परिस्थिति सहने तिम्ले आत दियौ //

पराई नै भए पनि कहिलेकाहीँ साथ दियौँ /
केही दिन लाइ भए पनि आफ्नै सम्झि हात //
                                              


          गजल
कालापानी मुटू हाम्रो दुखेपछि रोएको छु ।
अपिनम्पा हिमालको शिर झुकेपछि रोएको छु ।।

राज्यले त दिएकै थ्यो दोस्रो दर्जा हामिलाई । 
बाडीले नि हाम्लाई सेक्न पुगेपछि रोएको छु ।।

यार्सागुम्बा फ़लाएर तिरेकै हो करपनि ।
उद्दारमा आनाकानी सुनेपछि रोएको छु ।।

सदियौको मानवबस्ति बगर बनेसङ्गै ।
महाकाली बस्तिलिन जुटेपछि रोएको छु ।।

सरोकार नि राख्या थे'न गिराउने र बनाउनेमा ।
बिपत्तिले घरभित्रै लुटेपाछि रोएको छु ।।

स्वाभिमानी आफ़्नै पेशा आफ़ैभित्र रम्छुभन्दा । 
बलेसीको बर्षाद्ले चुटेपछि रोएको छु ।।


            गजल

आज फेरि तिम्रो यादमा एउटा गजल लेखे सानू । 
शुद्द राति सपनिमा तिमीलाई देखे सानू ।। 

हेर्न खोजे देखिएनौ बोल्न खोजे सुनिएन । 
मानका सबै कौतुहलता आफैभित्र पोखे सानू ।। 

पौडिरहे कल्पनामा पर्खिबसे पिरतीमा । 
बास हाम्रो टाढा हुदा आफैसङ्ग हारे सानू ।। 

भावनाको युद्ध चल्यो भयावह भयो जब । 
निर्दोषि ती पिरतिका घाउहरु दुखे सानू ।। 

साङ्घर्ष्को यात्राजहा जिन्दगीको डर थियो । 
अतितलाई सम्झिहेर्दा आफ़्नै आखा रसाए सानू ।। 

आज फेरि तिम्रो यादमा एउटा गजल लेखे सानू । 
शुद्द राति सपनिमा तिमीलाई देखे सानू ।।