Saturday, February 1, 2014

वी.पी. गणेशमान र कांगे्स


                           
                                                                                                            –कृष्ण महरा              
साहित्यमा वीश्वेश्वर प्रसाद र राजनितीमा वी.पी. का हैसियतले वहुचर्चीत शुभनाम सुन्दा जोकोही नेपालीले पनि शिर झुकाएर सम्मान गर्दछन चाहे ती कट्टर कम्युनिष्ट, राष्ट्रवादी वा नेपाली कांग्रेसका घोर विरोधी नै किन नहुन । त्योे अपार सम्मान उनको साहित्यिक सफलता वा पुर्वप्रधानमन्त्रीका हैसियतले हो भन्ने  तपाईमध्ये कसैको पनि त्यस्तो बुझाई छ भने त्यो भुलसिवाय अरु केहि हुनसक्दैन यद्दपि साहित्यमा उनको नाम सगरमाथाझै उचो नभएको भने होईन । यसरी वि.पी. भन्नेवितिकैै उनको सम्मानार्थ शिर झुक्नुमा उनमा पदलोलुपता र सत्तामोह पटक्कै नहुनु हो । वि.पी. को व्यक्तित्वका सन्दर्भमा इतिहाँसका पानाहरु पल्टाएर हेर्ने हो भने  वि.स. २००३ मा जेलमा आजीवन कारावासको सजाय भोगिरहेका टंकप्रसाद आचार्यलाई पार्टी अध्यक्ष (प्रसिडेन्ट)बनाई  आफु कार्यवाहक अध्यक्ष मै बस्नु, सात  सालको क्रान्ती सफल भएपछिपनि प्रधानमन्त्री पदका लागी राजासमक्ष ज्यू हजुरी गर्न नतम्सिनु, वि.स. २०३३ सालमा राजा र प्रजाविच राष्ट्रिय मेलमिलापको नितीसहित देश र जनताकै लागी स्वदेश फर्कनु र वि.स.२०३७ सालको जनमतसङ्ग्रहमा बहुदलपक्षको अप्रत्यासित हारमापनि नतिजा सहर्स स्वीकारेर जनमतको सम्मान गर्नु उनलाई सम्मान गर्नुपर्ने कयौ कारणमध्ये केहि कारणमात्रै हुन ।

हुन त नेपाली कांग्रेसभित्रै पटक–पटक देशको प्रधानमन्त्री भईसक्दासमेत सम्पतिको नाममा बस्ने एउटा राम्रो घरसमेत नबनाएका सन्तनेता  कृष्णप्रसाद भट्टराई, दशवर्षसम्मको सशस्त्र दन्द्धले देश भस्म भईरहदा युद्धरत नेकपा माओवादीलाई शान्ती र लोकतन्त्रको बाटोमा ल्याउन सफल, देशमा सम्पुर्ण राजनैतिक दलहरुसंगको सहमति र सहकार्यबाट २४०वर्षे राजतन्त्रलाई फाली गणतन्त्र स्थापनार्थ दास्रो जनआन्दोलनको सफल नेतृत्वकर्ता तथा देशकै अभिभावक गिरीजाप्रसाद काईराला र बारम्बार मन्त्री बन्ने सुवर्ण अवसरहरु आउदापनि पदप्राप्ति नै सर्वस्व नठान्ने त्यागी नेता  शुसिल कोईराला जस्ता इतिहाँस र वर्तमानमा समेत उतिकैै सम्मानित व्यक्तित्वहरु नजन्मेका होइनन तर वि.पी. कोईरालाका सामु वहाँहरुको उचाई त्यति छैन जति वि. पी. कोईरालाको छ ।

सारदा पत्रिकार्मा चन्द्रवदन’ लघुकथाबाट आफ्नो लेखन यात्रा सुरु गरेका विश्वेश्वर प्रसाद कोईरालाले एउटा राजनैतिक बन्दीको समयमा पनि हिटलर र यहुदी, तीन घुम्ती, नरेन्द्र दाई, बावु आमा र म, सुम्निमा, मोदी आईन र स्वेत भैरवीजस्ता बहुचर्चित कृतीहरुलाई साहित्याकार दिएर नेपाली साहित्यको क्षेत्रमा दरिलो ईट्टा थप्न सफल भए । नेपाली साहित्यमा पहिलोपटक फ्राईडको मनोविश्लेषणलाई भित््य्राई आफ्नो छुट्टै नाम र पहिचान बनाउन सफल कोईरालाका तिनै कृतिहरुले आज  नेपाली साहित्यअनुरागीहरुका मन मस्तिष्कमा रहन सफल भएका छन । यी सबै सुमार्गी देनहरु वि.स. २०१७ सालको शाही कु मार्फत सुन्दरीजलको काडेतारको चंगुलभित्र आठ वर्षसम्म फसार्ईदापनि नेपालमा प्रजातान्त्रीक समाजवादका प्रणेता जनप्रिय  वि.पी. जनता र राजनितीमा कत्तिपनि विचलित थिएनन भन्नेकुराका शाश्वत प्रमाणहरु हुन ।
कोईरालाको पहिलो साहित्यिक सहयात्री सारदा पत्रिका भएपनि राजनितीक यात्राभने वनारस हिन्दु विश्वविद्यालयको रमणिय राजनैतिक वातावरणमा नै भएको देखिन्छ ।

भारतमा व्रिटिस साम्राज्य विरुद्ध चलिरहेको राष्ट्रवादी आन्दोलन र भारत छोड आन्दोलनका बेला जेलसमेत परेका कोरालाको अन्तराष्ट्रिय राजनितीमा समेत राम्रो दखल थियो भन्ने कुरा आन्दोलनका सहकर्मी एवं भारतीय स्वतन्त्रता संग्रामका अग्रणी धरोहर महान्मा गान्धी, जवाहरलाल नेहरु, सुभाषचन्द्र बोस, राजेन्द्र प्रसाद र ईन्दिरा गान्धीसंगको  सहकार्यले समेत प्रष्टपार्दछ । कोईरालाले आफ्नो आत्मवृत्तान्तमा के भनेका छन भर्ने करिब आठ वर्षको हुदा अस्सीघाटको एउटा बगैचामा महात्मा गान्धीको ठुलो सभा भएको थियो, गान्धी जी ले भनेको सम्झन्छु–सरकारी स्कुल छोड, राष्ट्रिय स्कुल पढ ; मलाई मञ्चमा लिएर गए र फुलमाला लगाई दिए, ठुल्दाई भन्नुहुन्थ्यो जवाहरलाल जी ले मलाई त्यसो गरेका थिए ।’ यो सम्वादले के चित्रण गर्छ भने कोईरालाको राष्ट्रियता, प्रजातन्त्र र मुक्तिका लागी संघर्ष गर्नुपर्छ भन्ने भावना सानै उमेरदेखि विजारोपण भएको थियो । उनमा धैर्यता, सहनशिलता र जीतको सकारात्मक सोच हुनुमा  त्यस्ता विश्व राजनितीक हस्तिहरुको प्रभाव खुलेरै हो भन्न सकिन्छ ।

भारतमा इष्टइन्डिया कम्पनी(व्रिटिस साम्राज्य) का विरुद्ध आन्दोलनले सफलता पाईरहेकै बेला नेपालमा पनि जहाँनिय राणाशासनविरुद्ध संघर्ष सुरु भईसकेको थियो । १०४ वर्षे राणा राज्यसत्ताको खिलापमा एकजुट भई जहाँनिय शासनविरुद्ध धावा बोलेकैले चारजना नेपाली आमाका वीर सपुतहरु प्रजातन्त्रप्राप्त नहुदै त्यतिबेलाका शासकको तारो बनिसक्दापनि प्रजातन्त्र ल्याईछाड्ने श्रदेय वी. पी. कोईराला निश्चयपनि त्यागी र सर्मपित राजनेता हुन भन्दा जोकोही नेपालीको छाति गर्वले फुलेर आउछ ।
जसरी भारतमा विश्वभरी नै कब्जा जमाएको इष्टइन्डिया कम्पनी(व्रिटिस साम्राज्य) लाई भारत छोड्न वाध्य बनाई आफुहरुको राज्य स्थापना भईसक्दापनि राष्ट्रपति वा प्रधानमन् त्रीको पदको सीमित कुर्सीमा नबसि राष्ट्रकै राजनेताको सिंहासनमा बसे सायद वी. पी. कोईरालाले पनि त्यही गान्धीवादी पाठबाट सिकेर हुनुपर्छ प्रजातन्त्र प्राप्त भएको झण्डै आठ वर्षसम्मपनि प्रधानमन्त्री पदका लागी राजालाई खुसामत नगर्नु वा कुनै त्यस्तो लविङ नगर्नु ।

नेपालको प्रजातान्त्रीक आन्दोलन र बहुदल पुनस्र्थापना भन्नेवितिकै जोकोहिले चाहेरपनि भुल्न नसक्ने नामा हो राजाद्धारा प्रधानमन्त्री बन्न अनुरोध गर्दापनि प्रधानमन्त्रीको कुर्सीलाई अस्वीकार्दै  बहुदल पुनस्र्थापनामा आफ्नो ज्यानको आहुति दिने प्रजातन्त्रका पिता गणेशमान सिंह । पदलोलुपताको बारेमा नेपाली कांग्रेसको धरातल कति स्वच्छ र संलो  थियो भन्नेकुरा राजा विरेन्दले वि.स. २०४६ सालमा नेता गणेशमान सिंहलाई प्रधानमन्त्री बन्न आग्रह गर्दापनि उहाँले आफुभन्दापनि सन्तनेता कृष्णप्रसाद भट्टराईलाई अगाडि सार्नुले प्रष्ट्याउछ । सच्चा इतिहासँको पनि उल्टो व्याख्या गर्नेहरुले त आफुले देश चलाउन नसकेर अर्कालाई सारेका हुन भन्नपनि पछि नपर्लान तर शताब्दिदेखिको राणा शासन र राजाको एकलौटी शासनलाई घुडा टेकाउन सक्नेहरु के प्रधानमन्त्रीको घुम्ने कुर्सीमा बस्न सक्दैनथे त ? भन्ने प्रतिप्रश्न सजिलै र स्वतः उठ्ने गर्दछ । मानव अधिकारको क्षेत्रमा प्रशंसनीय योगदान पु¥याई आफुलाई सयुक्त राष्ट्रसंघको अन्तराष्ट्रिय मानव अधिकार पुरुष्कार सन १९९३ पाई विभुषित हुनेहरुमा दक्षिण एसियाकै पहिलो व्यक्तिको रुपमा इतिहाँस रच्न सफल ऐतिहाँसिक लौहपुरुप प्रधानमन्त्री जस्तो सीमित पदमा बस्न लालायीत नहुनु उहाँलार्ई वर्षौ वर्षसम्मपनि जीवित राख्ने सवोत्कृष्ट कार्य हो । पदकै लागी मरिहत्ते नगर्ने त्यति राम्रो  इतिहाँस बोकेको नेपाली कांग्रेसको आज पदमाथीको हानथाप र रस्साकस्सिले कांगेसले कतै  वी. पी. को बाटो र गणेशमानको गोरटो त भुलेन भन्ने प्रश्न जताततै उठ्नु स्वभाविक हो ।

पहिलो संविधानसभामा आफु नै देशको सर्वेसर्वा ठानेको एकिकृत नेकपा माओवादीलाई तीन कोश  र चुनावपछि देशकै सबैभन्दा ठुलो पार्टी बन्छ भन्दै शंखघोष गर्ने  नेकपा एमालेलाई जनताले दुई कोष पछाडि धकेल्दै संविधान निर्माण गर्ने जनादेश पाएको यो अवस्थामा त कांगेसले लाभ, स्वार्थ, दम्भ, घमण्ड, उन्माद, पद र कुर्सीको झगडा सबै त्यागेर गिरीजाबाबुले देखाएको सहमति, सहकार्य र एकताको मुल धर्मलाई शिरोपर गरी दोस्रो संविधानसभा २०७० मा जनताले कांगेसलाई चाहेर जिताएको नभई माओवादीले संविधान निर्माण र दिगो शान्ती स्थापनाप्रति देखाएको उदासिनले हो भन्नेहरुलाई देखाउनुपर्ने हैन र ?  लोकतन्त्रमा विश्वास गर्ने दल र लोकतान्त्रिक गणतन्त्र स्वीकार गरीसकेको मुलुक भएकोले सबै ईच्छा र आकांक्षाका दावेदार हुनु त स्वभाविकै होला तर पद र सत्ताप्राप्तिकै लागी त्यसरी आफैभित्र वाकयुद्ध गरिरहदा भरोसा र विश्वासले भरिपुर्ण जनमतको अपमान हुनसक्दछ भन्नेकुरा तर्फपनि विवेकपुर्ण ध्यान दिन सक्नुपर्दछ ।

खासमा भन्ने हो भने नेपाली कांग्रेसले अहिले संसदिय दलको नेता को बन्ने, प्रधानमन्त्रीको उमेद्वार को हुने, र आउदो महाधिवेसनमा  पार्टी सभापति र उपसभापतिको कसको पोल्टामा पार्ने भनेर अलमलमा पर्ने बेला होईन, यसले आमजनमानसलाई भविष्यमा विरोधका बाछिटाहरुबीच संविधान निर्माणजस्तो चुनौतीपुर्ण काम गर्न सक्छ वा सक्दैन भन्ने आभाास हुन सक्दछ । अहिले जसरी बहुपहिचान र सामथ्र्य सहितको संघियता तथा लोकतान्त्रिक शक्तिहरुलाई जनताले भविष्यको रेखाकोर्ने सुनौलो अवसर जुराईदिएका छन त्यो भविष्यका लागी समेत अमिट छाप बसाउन सक्ने मौका हुनसक्दछ भन्ने कुरा सबैले बुज्नुु जरुरी छ ।
हारलाई हिनताको रुपमा होईन हारभित्रै जीतको सुनौलो सपना  देख्नेपनि हुदारैछन भन्नेकुराको पेरणादायी उदाहरण  नेपाली कांगेसका केन्द्रिय सदस्य एवं गुल्मी जिल्ला क्षेत्र नं. २ का  वर्तमान सभासद चन्द्र भण्डारी बनेका छन जसले पहिलो संविधानसभाको चुनावमा नेकपा एमाले प्रचार विभाग प्रमुख प्रदिप ज्ञवालीसंग नराम्ररी निर्वाचन हारेका थिए र आज उनै नेकपा एमालेका विज्ञ एवं संविधान निर्माणका प्रमुख हिस्सेदार ज्ञवालीलाई उछिन्दै गुल्मीवासीको आशा र विश्वास जित्न सफल भएका छन । गुल्मीबाट आफ्ना प्रतिद्धन्द्धीलाई हराउनु मात्रै उनले आफ्नो कर्तव्य ठानेनन, संविधानसभाको पहिलो वैठक नबस्दै आफुले सभासदको हैसियतले पाउने सम्पुर्ण तलब र भत्तासमेत गुल्मीका अति गरिब र विपन्न बालबालिकाको शिक्षामा खर्चगर्ने गरी समिती समेत बनाईसक्नुले उनको उचाई छ सय एक माननीयहरुमध्ये सबैभन्दा माथी पुगिसकेको छ ।

सुन्दै सुनौलो लाग्ने यतिराम्रो कार्यले अति गरिब तथा विपन्न बालबालिकाहरुको भविष्य उज्यालो हुने त छदैछ, माननीयकोसमेत ठुलो छाति र भविष्य फराकिलो बनाईदिएको छ । यसले माननीयको आउदो राजनैतिक भविष्यमात्रै दुरदर्शी बनाएन, संविधानसभाको पहिलो वैठकका लागी अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरभित्र पस्नुभन्दा अगाडि सम्पुर्ण छ सय माननीयहरुले एकपटक गुल्मीका सभासद चन्द्र भण्डारीलाई सम्झिन बाध्य तुल्यायो । सायद उहाँले पहिलो संविधानसभाको निर्वाचनको हारलाई हिनतामा परिणत गरेको भए निश्चय नै आज यो सफलता पाउनुहुनेथिएन । सभासदहरुका कुरा चल्दा आज चोक चोकमा चन्द्र भण्डारीको चमत्कारको चर्चापरिचर्चा चल्छ ।  यसले चुनाव हारलेपनि चन्द्र भण्डारीजस्ता निष्कलंक समाजसेवी जन्मिदारहेछन , हार मात्रै सर्वस्व स्वाहाहुनु होईन रहेछ भन्ने कुरा प्रमाणीत गरिदिएको छ । हामिले सोच मात्रै सकारात्मक गर्न सकेपनि धेरै हो, अवसरलाई चिन्न सक्नुपर्दछ ।  के थाहा अहिले थारै मत अन्तरले पराजयको नमिठो अनुभव भोलीको चन्द्र भण्डारी बन्ने सुनौलो अवसर पो हो कि ?


 अन्तमा, जननेता वी. पी. कोईराला लौहपुरुष गणेशमानको प्रजातान्त्रीक समाजवादको सारांशलाई हृदयंगम गर्दै एकपटक नेपाली कांगे्रसले पदलोलुपताबाट माथी उठ्ने बेला आईसकेको छ । नेपालको राष्ट्रिय राजनितीमा वी. पी र गणेशको दार्शनिक आदर्श छोडेको आभास कसैले पनि गर्न नपरोस । अवसरको ढोका पटक–पटक खुल्दैन भनिन्छ फलस्वरुप सिंगो देशको नेतृत्व गरी नयाँ संविधान जारी गर्ने यति सम्मानित जिम्मेवारी फेरी –फेरी दोहोरिएर नआउने निश्चित छ । कुर्सीमोह र आन्तरिक अन्र्तदन्द्धबाट माथि उठि नेपाली कांगे्रसले नेपाल र नेपालीको अभिष्ट पुरा गर्नसके कांगे्रसको आगामी राजनैतिक भविष्य सदा उज्वल हुनेकुरामा कुनै दुईमत छैन । त्यसैले आफ्नो अन्र्तकलहको अन्त्य गर्दै वाचागरेअनुरुप एक वर्षभित्रमा संविधान जारी गर्नु नै जनादेशको मुल मर्म हो ।
                                                         


२०७० माघ ७ को नागरिक दैनिकमा प्रकाशित

No comments:

Post a Comment