Saturday, February 1, 2014

गणेशको उदय : प्रेमसिहको पुनरागमन

                                                                            -कृष्ण महरा
चुनावी मतगणनाको तीब्र प्रतिस्प्रधा हेर्द्दा लाग्थ्यो दार्चुलामा पुर्वविजेता कम्युनिष्ट अर्थात २०५१ सालको विजेता नेकपा एमालेको विजय हेर्न अझै  केहि बर्ष कुर्नैपर्छ , तर मतगणना सुरु भएको झण्डै ४५ घण्टापछिको नतिजाले भने उक्त धोको पुरा होला जस्तो संकेत गर्यो निरन्तरता समेत पायो तर एकचोटि झण्डै साढे तीनसय मतले पछाडी समेत थियो भने , घरि  घट्ने घरि बड्ने प्रक्रियाले  ढुकढुकीको नियात्रा छिचोलिरहेको थियो

हुनपनि  नेपाली कङ्ग्रेश पार्टिप्रवक्ता सङ्गको  चुनावी प्रतिस्प्रधा भएकोले कुनै सामान्य व्यक्तिसग चुनाब लडेजस्तो निर्धकता गर्ने आट कसैमा पनि थिएन बेलाबेलामा सरकार तथा नेपाली काँग्रेसको राष्टियराजनितीमा राम्रै स्थान बनाउन व्यक्तिसगको चुनावी स्पर्धामा भयानक  टक्कर भएकैले पनि हुनुपर्छ यसलाई राष्ट्रिय राजनितीले समेत निकै चासो एव व्यग्र प्रतीक्षाका साथ नियालिरहेको थियो यतिबेलासम्मको चुनावी परिणाम हेर्दा नेपाली कांग्रेसको कुनैपनि केन्द्रियस्तरको नेतासग कसैलेपनि त्यतिठुलो चुनौति दिईरहेका थिएनन जति . गणेश सिह ठगुन्नाले दार्चुलाबाट दिईरहेका थिए नेपाली  कांग्रेसका तल्लो स्तरका नेतासमेत सजिलै फ़राकिलो मत अन्तरले विजय भईरहदा यहा माथिल्लो स्तरको नेतासग . गणेशको कडा पर्तिस्पर्धा ध्यान आकर्षणको अर्को मुख्य कारण थियो

दार्चुलाको चुनावी नतिजाको उतार-चढाव थाहा पाउने एकमात्र सजिलो माध्यम फ़ेशबुक भएकोले पनि हुनसक्छ परीक्षाको बाबजुत पनि चौबिसै घण्टा फ़ेशबुक छोड्न मनै  लागेन स्थानिय सञ्चारकर्मी साथीहरुको फ़ेशबुक अपडेटको पर्खाई नै कता-कता जीवनकै लामो मीठो प्रतिक्षाको घडि जस्तै महशुस भएको अनूभव स्वयमले गरिरहेको थिए
दार्चुलामा आज १९ बर्षपछि नेकपा एमालेले आफ़्नो कब्जा जमाएको ।आफ़्ना प्रतिदन्दि पुर्व मन्त्री एव नेपाली काङ्ग्रेश पार्टी प्रवक्ता दिलेन्द्र प्रसाद बडूलाई १२३४ मतले पराजित गर्दै विजयी हुनुभएको यो ऐतिहासिक विजयप्रति सिङ्गो नेकपा एमाले पार्टीपंक्तिले समेत शिर उठाउने बलियो आधार हो, किनकि . प्रेमसिह धामीपछि नेकपा एमाले पार्टीलाई झण्डै १९ बर्ष कुर्नुपर्यो अथवा उहाको अभावमा एक जुझारु कर्मठ कम्युनिष्टको अनुपस्थितिको महसुश लामो समयसम्म महशुस गरिरह्यो यतिवेला जोसुकै दार्चुलाबाशी आदरणीय आमजनसमुदायले पनि बधाई तथा शुभकामनाका सुललित सुभेच्छाहरु व्यक्त गर्नु अस्वाभाविक नहोला

यो ऐतिहासिक  विजयले पार्टी उमेद्दवार दुवैलाई अवसर चुनौति दुवै सङ्ग  सहकार्य सङ्घर्श  को मध्यमार्गको बिचमा उभ्याएको देखिन्छ ।आशा यो अवसरको सदुपयोग चुनौतिको सहज ढगले सामना गर्नसक्ने अब्बल क्षमताको विजयी उमेद्द्वारले विवेकपुर्ण ढंगले प्रयोग गर्नेछन ।अवसरको ढोका खुलिसकेपछि चुनौतिलाई छिचोल्दै कतिसम्म अगाडि बड्नुहुञ्छ त्यो उहाको स्वविवेकको कुरा हो आजको दिनले फ़ेरि  पुरानो कम्युनिष्टको लालकिल्ला को झजल्को को पुनरागमन गराएको हाल निर्वाचित . गणेशसिह ठगुन्नाले पनि जनतालाई नै सर्वोपरि ठान्दै प्रेमसिह कै लाईन समाई अगाडि बड्ने दुरदर्शी योजना सो योजना मुताविक सम्पुर्ण पार्टिलाई अर्जुनद्रिष्टि दिन सके आफ़्नो अमिट छाप अविस्मरणीय रुमपा राख्न सक्ने कुरामा कुनि दुई मत छैन

तेत्तिस दलिय मोर्चाको ठुलो घटक निर्वाचन बाहिर रहनु तथापि निर्वाचनमा भाग लिएर समेत मतगणना मा असहमति जनाएको एकिक्रित नेकपा माओवादी, केहि मदेशबादी तथा अरु साना दरका  पछिल्ला नकारामक स्वरहरुको वाछिटा सम्बिधान निर्माणका क्रममा समेत नआउला भन्न सकिन्न त्यो भयो राष्टिय मुद्दाको कूरो ।बहुपहिचान सहितको संघीयता, आगामी पाच बर्षमा निरक्षरताको पुर्णत: अन्त, प्रतिवर्षको चार लाख श्रमशक्तिको उचित व्यवस्थापन पाच लाख घरवारबिहिन लाई आवासको व्यवस्था तथा प्रतिबर्ष तीन लाख रोजगारी स्रिजना गर्ने नेकपा एमालेका राष्ट्रिय प्रतिवद्दता छदैछनदार्चुलाबाट निर्वाचित जोसुकैलाई पनि गत असार गतेको भिषण बाडी त्यसको छेति नै पनि एक ठुलो चुनौतिको रुपमा खडा हुने मानवबस्ती वगरमा परिणत भएको दृष्यले छर्लंगै पारेको  

त्यसभन्दा बाहेकपनि नेकपा एमाले दार्चुलाले  जनतासामु भोटमाग्दा जनाईएका १० वटा प्रतिवद्दताहरु समेत कम महत्वाकाछि छैनन यद्दपि ति प्रतिवद्दताहरु भोलीनै पुरा गर्न सकिएलान   उक्त प्रतिवद्द्ताहरु एकैचोटि पुरा गर्न नसकेपनि कार्यान्वयनको प्रतिवद्द्तासहित स्पष्ट नीति योजना मात्रै बनाउन सकेपनि नेकपा एमालेको जीत लगभग चीरस्थायी हुनसक्छ भन्ने अड्कल गर्न सकिञ्छ उसो विगतका दिनहरुमा पनि बिजयी हुदै गाउ नफ़र्किदै गरेका थुप्रै अन्य उदाहरणहरु  अहिले जनताको नजरबाट खस्केको आभाश प्रमाणित  भैसकेको

अझै पनि दार्चुलालाई हालको अवस्थाभन्दा कतिपनि माथी उठाउन सकिएन भने नेकपा एमालेको जीत सार्थक भएको मान्न सक्ने आधारहरु नहुन सक्दछन यदि महाकाली बाढिले  बनाएका घाउहरुमा मल्हम, बहुचर्चित दार्चुला तिङ्कर सडकको  तीब्र विकाश, भारतिय सिमा क्षेत्रमा हुने समस्या, व्यापार,भन्सार ,जिल्लाको आर्थिक, शैक्षिक अग्रगति लगायत दार्चुला जिल्लालाई पिछडिएको छेत्रमा राख्न अथक प्रयास राख्न सफ़ल भएमा यो विजयलाई विजय नभई  महाबिजय भएको घोषणा गर्न आमदार्चुलाबाशी जनसमुदाय  आतुर हुनेछ यो विजयलाई अहिलेलाई मात्र नभई आउदा दिनहरुमा समेत निरन्तरताको मार्ग प्रशस्त हुनेछ यद्दपि यो निर्वाचको मुख्य धेय विकाश निर्माणभन्दा आउदो पुस्ताको भविष्य कोर्ने लोकप्रिय सम्बिधान लेख्ने हो तैपनि सम्बिधान निर्माण सँगसँगै बिकाश निर्माणका कामहरुलाई समेत निरन्तरता दिनसक्नु आम दार्चुलाबाशीको लागी खुसि गौरवको कुरा हुनेछ सम्बिधान निर्माणको यस सुखद सु-अवसरमा दार्चुलाबाशीको माग, इच्छा चाहनालाई पहिलो प्राथमिकता दिइनुपर्दछ भने विकाश निर्माणको कार्यलाई दोस्रो प्राथमिकता दिइनुपर्द्छ विकाश निर्माणको नाममा जनताको सम्बिधानसभा बाटै सम्बिधान निर्माण गर्ने चाहना अभिमतलाई गौण प्राथमिकता दिइयो भने त्यस्तो कदम कदापी सबल सपुष्ट हुनेछैन त्यसैले विजयी कमरेडले जनताको सम्मान कदरलाई शिरोधार्य गरोस भन्ने हामी सबैको दृढ ईच्छा चाहना हो

यी यस्तै जनपक्षीय कार्यहरुलाई उच्च प्राथमिकताका साथ निश्चित कार्यढाचा आकार दिनसक्यो भने प्रेमसिहको देहअवसान नहुदा एकछत्र राज रहेको कम्युनिष्ट किल्लामा फ़ेरि अर्को प्रेमसिहको उदय भईसकेको आभाश सम्पुर्ण दार्चुलाबाशीले खुलेरै महशुस गर्ने बलियो आधार हुने कुरामा कुनै दुबिधा सकोच हुनेछैन ।यो सम्बिधानसभाको दोस्रो निर्वाचन  विजयी उमेद्द्वारलाई पुरानो कम्युनिष्टकिल्लामा एकछत्र राज गर्ने अथवा त्यसको निरन्तरतामा अल्पविराम लगाउने भन्ने कुराको अग्निपरिक्षा हुनसक्ने कतिपय जारकारहरुको बिश्लेषण बुझाई ।निर्वाचित कमरेडद्वारा  आउदा दिनहरुमा दार्चुलाका दुहु,मार्मा, व्यास लेकम छेत्रलाई एउटै नजरले हेरिनुपर्छ कि अहिले आफ़्नो मत बढि कम भएको छेत्र सम्झि कुनै नैतिक वा अद्रिश्य झुकाव राख्न खोज्नु भविष्यका लागी नराम्रो नजिर बन्न सक्छ त्यसैले चारवटै छेत्रहरुलाई समान एउटै नजरले हेर्न बुज्न सक्नु भविष्यको लागि उमेद्द्वारको अति बुद्दिमानी हुनेछ जिल्लाको समानुपातिक विकास अग्रगामी पुनर्निर्माण पारस्परिक ढंगबाट गर्नसके उदयमान सुर्यको श्रीगणेश हुनेछ


हुन  बिगतमा कतिपय बिजयी उमेद्व्वारहरुले जिल्लाको चौतर्फ़ी विकाशको सन्दर्भमा आफ़्नो व्यक्तिगत समस्याभन्दा माथि उठेर जिल्लाबाशी आम जनताको लागी निणर्य लिन सकेनन भन्दा अतिउक्ति नहोला आशा अबको निर्वाचित उमेद्वारले जिल्ला जिल्लाबाशी आम जनताको लागी   व्यक्तिगत तथा पार्टीगत  स्वार्थभन्दा धेरै नै इञ्च माथि उठेर आफ़्नो छबिलाई सदा उचाईको शिखरमा पुर्याउनेछ्न, यो उनलाई एक ऐतिहासिक उदयमानको अवसर हो यसलाई चुकाउनु  भनेको जालभित्र परिसकेको माछालाई माझिले गुमाएझै हुनेछ

 अहिले जित्नु ठुलो कुरा हैन, खेलमा सहभागी भैसकेपछि एउटा परिणाम अवश्य नै भोग्नुपर्छ तर  त्यो जीतलाई स्थीर दुरगामी बनाउन सक्नु नै नेकपा एमाले दार्चुला का उदयमान उमेद्द्वारको महानता हुनेछ जित्नु अवसर हो भने चुनौति पनि उतिकै हो ।यो विजय .गणेशको विजय अहिलेको सफ़लता मात्र नभई सदावहार  भैसकेको   त्यसको निरन्तरताको श्रीगणेश यहि मसिर गते भएको कतिपय कम्युनिष्टका स्थानिय जानकारहरु बताउँछन ।अन्तत: यो जीत संगसंगै सम्पुर्ण दार्चुलाबाशीको इच्छा, चाहना, माग, समस्या समाधानको बाटोतिर लागोस, जनताको जनादेश अभिमतको उच्च कदर होस, जिल्लाको विकाश उन्नतिले अग्रगती लियोस ।विजयी कमरेडको आगामी यात्रा सफ़ल सुखमय रहोस, यहि नै हामि सबैको सुभेच्छा शुभकामना  
                                                     


                                                       
          २०७० मंसिर १३ को दार्चुला संदेश मा प्रकाशित 






No comments:

Post a Comment