Monday, March 10, 2014

विश्वविद्यालय र पश्चिमेली सपना


 'सुन्दरपश्चिम सेरोफेरो’  
                                                                                                                                                  
                                                                                                         –कृष्ण महरा            
राणाशासनमा शिक्षालाई दरबारभित्र मात्रै सीमित राखेको तितो यथार्थपछि जनताको लागी विश्वमै अतिउत्तम मानिने प्रजातन्त्र आएको झण्डै एकदशक लामो  पर्खाईपछि  नेपालकै सबैभन्दा पहिलो त्रिभुवन विश्वविद्यालय वि.स. २०१६ सालमा काठमाण्डौमा खुल्दा काठमाण्डौबाशी मात्रै हर्षित नभई सिंगो नेपालभरि नै खुसियाली  छाएको हुनुपर्छ जसरी  नेपालमै सर्वप्रथम विश्वविद्यालय खुलेको  आधा शताब्दी(५१वर्ष) पछि नै भएपनि  राज्यले सितिमिति नहेर्ने सुन्दरपश्चिमलाई  विश्वविद्यालयको स्वीकृति दिदाँ देशको पश्चिमी शहर धनगढी र महेन्द्रनगरमात्रै प्रसन्न नभई सारा सुन्दरपश्चिमबाशीहरुले  हर्षोल्लासपुर्वक विजयउत्सव मनाएका थिए ।

साँथसाथै सरकारले सुन्दरपश्चिमलाई पाखा लगाउदै अन्य विकाश क्षेत्रहरुमा विश्वविद्यालय स्थापनाको घोषणा गर्दा आन्दोलित  विद्यार्थीहरुको समर्थनमा नागरिक समाज, पेशाकर्मी, पत्रकार,  बुद्धिजीवी, राजनैतिक दल लगायत सम्पुर्ण सुदुरपश्चिमेली जनताले गरेको सुदुरपश्चिम विश्वविद्यालय मागको आन्दोलन सु.प. विश्वविद्यालय स्वीकृतीको घोषणासंगै मत्थर भएको थियो ।

स्वभाविक रुपमा विकाश र समृद्धिको हिसाबले पाखा पारिएको सुन्दरपश्चिममा  उच्चशिक्षा र  ज्ञानको वास्तविक महाद्धिप विश्वविद्यालय खोलिनु गर्व र आत्मसम्मानको विषय हो । सुदुरपश्चिम विश्वविश्वविद्यालयको स्थापना सुन्दरपश्चिमेली आम जनताको तत्कालै  नभएपनि निकट भविष्यमै घरमै बसिबसि अनुसन्धान तहसम्मको उच्चशिक्षा हासिल गर्ने सुनौलो ढोका खुल्नु हो ।

देश विकाशको लागी विज्ञान तथा प्रविधीको प्रयोगमार्फत स्थानीय तथा विश्वव्यापी अवसरहरु चुम्न अनुसन्धान र ज्ञानको सिर्जना गरि विद्यार्थीको सर्वांगिण विकाश गर्ने लक्ष्य र प्राज्ञिक उत्कृष्ट तथा सिर्जनात्मक क्षमतासहित अनुसन्धानमा आधारित शिक्षा प्रदान गर्ने विश्वको क वर्गको शैक्षिक संस्था बनाउने  दुरदृष्टि भएको यस विश्वविद्यालयमा शिक्षाशास्त्र संकाय, मानविकी तथा समाजशास्त्र संकाय, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधी संकाय गरि चारवटा संकाय रहेका छन । अन्तराष्ट्रिय मापदण्डअनुसार व्यवस्थापन संकाय बाहेक स्नातक तहका सबै संकायहरुमा सेमेष्टर प्रणाली अन्तर्गत चार बर्षे अवधी निर्धारण गरिएको छ भने यसै शैक्षिक सत्रबाट ८ वटा बिषयमा स्नातकोत्तर कार्यक्रमसमेत सुरु भईसकेको छ ।

देशकै पुरानो र सर्वसाधारणको सहज पहुँच भएको भनिएको त्रिभुवन विश्वविद्यालयले स्थापनाको धेरै वर्षपछि सेमेष्टर प्रणाली अवलम्बन गरिरहदा सुदुरपश्चिम विश्वविद्यालयले स्थापनाको पहिलो शैक्षिक सत्रमा नै सम्पुर्ण संकायहरुमा समेष्टर प्रणाली लागु गर्नु आफैमा विश्वविद्यालयको अर्जुनदृष्टि हो । गरिबी र कमजोर आर्थिक स्थितिका कारण उच्चशिक्षा हाशिल गर्नबाट बन्चित विद्यार्र्थीहरुलाई मध्यनजर गर्दै दलित, मुक्तकमैया, जनजाती, अपांग, छात्रा लगायत वञ्चितिकरणमा परेका विद्यार्थी र योग्यताक्रमअनुसार उच्च स्कोरप्राप्त विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिनु विश्वविद्यालयले सर्वसाधारणको सजिलो पँहुच सुनिश्चित गर्नु हो ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. जयराज अवस्थीका अनुसार कैलाली बहुमुखी क्याम्पस धनगढी र जयपृथ्वी बहुमखी क्याम्पस बझांग लाई आंगिक क्याम्पस बनाउने प्रस्ताव पारित भएको र प्रत्येक वर्ष दुईवटाका दरले यस क्षेत्रका अन्य क्याम्पसहरुलाई पनि आंगिक क्याम्पसको मान्यतादिने योजना रहेको छ । शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार र पर्यटन विकाशको क्षेत्रमा राष्ट्रिय मुलधारमा ल्याउन नखोजिएको सुन्दर पश्चिममा ढिलै भएपनि सरकारी स्तरबाट विश्वविद्यालय स्थापना हुनु सम्पुर्ण सुन्दरपश्चिमेली जनताको अथक प्रयासपछिको अपार सफलता हो । विश्वविद्यालयको दुरदृष्टि र पाँच वर्षे रणनैतिक योजना हेर्दा आउदा दिनहरुमा यसले नेपालका अरु विश्वविद्यालयहरुमध्ये मुलुककै उत्कृष्ट उत्पादन दिने कुरामा कुनै शंका छैन ।

नेपालजस्तो गरिब मुलुकमा काठमाण्डौंमा मात्र सीमित ईन्जीनियरिङ कलेजहरुले ईन्जीनियरिङ  अध्ययनका लागी कम्तिमा १० लाख शुल्क लिईरहेको बेला सुदुरपश्चिम विश्वविद्यालयले रु. दुई लाख पचहत्तर हजारमै ईन्जीनियरिङ अध्ययनको बन्दोबस्त गर्नु परिस्थिति र मनस्थितिले काठमाण्डौंसम्म पहुँच नभएका  बझाङको काँडा र बाजुराको बिछ्या गाविससंगै सम्पुर्ण सुन्दर पश्चिमका उत्कृष्ट मेधावी विद्यार्थीहरुको लागीसमेत  ईन्जीनियरिङ अध्ययनपश्चात भविष्यमा यो देशको नक्शा कोर्ने सुनौलो मार्गचित्र खोल्नु हो । आशा गरौ आँउदा शैक्षिक सत्रहरुमा सुदुरपश्चिमाञ्चल विश्वविद्यालयले प्राविधिक शिक्षा अन्र्तगत पोलिटेक्निक, नर्सिङ, एम.वि.वी.एस. र अप्राविधिकतर्फ विद्यावारिधिको सीमित शुल्कमा भर्ना खोलेको खबर सारा नेपालभरी र विश्वभरीकाले सुन्न पाउनेछन ।

विश्वविद्यालय सुन्दरपश्चिमको महेन्द्रनगरमा खुलेपनि गुणस्तर र प्रसिद्धिका हिसाबले  संसारको जुनसुकै विश्वविद्यालय  अझ भन्नुपर्दा राजधानीको छेवैमा रहेको काठमाण्डौ विश्वविद्यालय देखि नेपालको प्रमुख पर्यटकिय शहर पोखरामा अवस्थित पोखरा विश्वविद्यालयभन्दा कम हुनुहुदैन  तबमात्र यो ज्ञानको वास्तविक महाद्धिप शैक्षिक संस्था अन्तराष्ट्रिय स्तरको विश्वविद्यालयमा दरिन सक्दछ । सुदुरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरुले पनि परिस्थितिले भ्याएसम्म नेपालकै वहुचर्चित प्राध्यापक तथा अन्तराष्टिय जगतमा नाम कमाउन सफल भिजिटिङ प्रोफेसरहरुको थोरै भएपनि  कक्षा लिन पाउने व्यवस्था विश्वविद्यालयको आन्तरिक व्यवस्थापनले गर्नसके  विद्यार्थीको सन्तुष्टिसंगै  विश्वविद्यालयको नाम सजिलै अन्तराष्ट्रिय जगतमा फैलिन सक्दथ्यो ।

जुनसुकै व्यक्ति, समाज वा संस्था नै किन नहोस, आफ्नो नाम र छवि उच्च राख्न धेरै ठुलो काम गरिरहनु पर्दैन । सुचना प्रविधिले विश्व अति नै साँगुरिएको बेला देशकै पहिलो विश्वविद्यालयले स्थापनाको आधा शताब्दि वित्दासमेत गतिलो वेबसाईट मार्फत सुचना सम्प्रेषण गर्न नसकिरहेको अवस्थामा सुदुरपश्चिम विश्वविद्यालयले आफ्नो गतिलो वेबसाईटमार्फत गरेको सुचना सम्प्रेषण यसैको  प्रशंसनीय उदाहरण हो  ।
यतिधेरै सम्भावना र रहरलाग्दा सपना बोकेको विश्वविद्यालयमा केहि दिनदेखिको अशुभ खबरले आज यो स्तम्भ लेख्न खोजिएको हो ।

 सुन्दरपश्चिमेली आम जनताका अनगिन्ती सपनाहरुले सजिएको विश्वविद्यालय फक्रिन नपाउदै सम्पुर्ण पदाधिकारीहरुले सामुहिक राजिनामा दिने परिस्थिति आउनु विश्वविद्यालयमा भविष्य देख्ने जोसुकैका लागी तितो र ननिको खबर हो । यो परिस्थिति राजनैतिक कारणले आएको हो वा अन्य कुनै कारणले, त्यो छुट्टै वहसको विषय हुनसक्छ , म त्यसमा जान चाहन्न । तर वास्तविक यथार्थ के चाँहि हो भने सुदुरपश्चिम विश्वविद्यालय हामिलाई सम्मान गरेर राज्यद्धारा त्यसै दिईएको होईन, यो त सुन्दरपश्चिमेली सम्पुर्ण जनता र बोद्धिक जमात तथा  विद्यार्थीहरुको आन्दोलन र अनसनमार्फत पाईएको उपलब्धी हो ।


यो उपलब्धीलाई सरल, सबल र सहज ढंगले संस्थागत गर्नुपर्ने हामी सबै सुन्दरपश्चिमेलीहरुको दायित्व अन्तर्गत पर्दछ ।  विश्वविद्यालयका  सम्पुर्ण पदाधिकारीहरुलाई राजिनामा गराएर भोली आउने नयाँ पदाधिकारीहरुसंग विश्वविद्यालयको कायापलट गराउने कुनै त्यस्तो छडि वा मन्त्र होला भन्ने किमार्थ लाग्दैन । सुधार गर्नुपर्ने पक्षहरु सबैका आ–आफ्ना ठाँउमा होलान जुन सुधार गरिनुपनि पर्दछ । यहाँनेर पंक्तिकारले वर्तमान पदाधिकारीहरुको बचाउ गर्न खोजेको कदापी हाईन अर्थ त्यसो नलागोस, मेरो मतलब त सुदुरपश्चिमलाई एउटा विश्वविद्यालय त दिएको थियो त्यो पनि चलाउन नसक्ने भए भनेर काठमाण्डौंको गल्लीगल्लीमा कुरा सुन्नुपर्दाको पिडामात्रै हो । के हामीहरु साँचिक्कै उनीहरुले भनेजस्तै एउटा विश्वविद्यालय पनि राम्ररी चलाउन नसक्ने नै हौ त ?

कुसल व्यवस्थापन र विश्वविद्यालयको स्थापनालाई संस्थागत गर्न नसकेर स्थापनाको लामो समयसम्मपनि नेपालका कतिपय अन्य विश्वविद्यालयको प्रगति सुचकांक जहाँको त्यही अर्थात झन खस्कदै  गएको इतिहाँस र वर्तमान हामीसंग जगजाहेर छ । पुर्वाञ्चल विश्वविद्यालयको काम गराई सन्तोषजनक नहुनु, नेपालसंस्कृत विश्वविद्यालयले स्थापनाको बर्षौसम्मपनि अपेक्षित परिणाम ल्याउन नसक्नु र प्रा.डा. गोविन्द केसीले पटक–पटक अनसन बस्नुपर्ने वाध्यकारी परिस्थिती सिर्जना हुनु विश्वविद्यालयहरु चरम राजनितीको वेथितिले धराशायी भएका हुन्छन भन्ने कुराका गतिला दृष्टान्त हुन ।

 विश्वविद्यालय खोल्न सक्षम हुनु ठुलो कुरा होइन, महत्वपुर्ण र गौरवपुर्ण कुरा त विश्वविद्यालयलाई देशी–विदेशी दक्ष जनशक्ती उत्पादन गर्ने आकर्षणको  केन्द्र बनाउन सक्षम हुनु हो । हुन त हामीलाई राज्यले जहिलेपनि पाखा पार्न खोज्यो, विकाश निर्माण र बजेट विनियोजनमा काखापाखा र भेदभाव ग¥यो भनेर केन्द्रलाई दोषारोपण गर्न पछि पर्दैनौ तर हामि आफैपनि आफ्नो कर्तव्य र जवाफदेहितामा कंहिकतै चुकेका त छैनौ भन्ने प्रश्न जताततै उठिरहेको छ ।

देशले स्थायी सरकार नपाएको बर्षौ भईसकेको छ । देश छिट्टै एकात्मक राज्यव्यवस्थाबाट संघात्मक व्यवस्थामा प्रवेश गरिरहेको यो अवस्थामा भोली सुन्दरपश्चिममा पनि त्यो व्यवस्था लागु हुने निश्चित छ । तत्पश्चात सुदुरपश्चिम विश्वविद्यालय एउटा स्टेट युनिभर्सिटीको रुपमा अगाडि आउने छ साथै त्यतिबेला अझ विश्वविद्यालयलाई थप जिम्मेबारी थपिनेछ र सम्पुर्ण राज्यका स्टेट युनिभर्सिटीहरुलाई उछिन्दै आफ्नो छुट्टै नाम र पहिचान बनाउनु प्रमुख कर्तव्य हुनेछ । सम्पुर्ण सुन्दरपश्चिमेलीहरुले विश्वविद्यालयलाई यहि दिव्य अर्जुनदृष्टिका साथ अगाडि बढाउन सहयोग र सहकार्य गर्नु नै सम्पुर्ण सुन्दरपश्चिमेलीहरुको हितमा हुनेछ । अन्यथा केन्द्रले जहिलेपनि सुन्दरपश्चिमलाई पछाडि पार्न खोज्यो भनिरहनुको मात्रै त्यति धेरै  औचित्य रहनेछैन ।

 त्यसो त सुन्दरपश्चिमकै अग्रणी शैक्षिक संस्था सिद्धनाथ विज्ञान क्याम्पसका मेधावी छात्र राजेन्द्र भट्ट संयुक्त राज्य अमेरिकाको राष्ट्रिय हवाई–यातायात तथा अन्तरीक्ष  प्रशासर्न  नाशा’को छनौटमा पर्नुले सुन्दरपश्चिमेली शैक्षिक संस्थाहरुको गुणस्तर, लगनशिलता र क्षमता प्रष्ट भईसकेको छ ।
भनिन्छ, सफलता सबैलाई प्यारो हुन्छ तर सफलताको मार्ग जोसुकैलाई पनि अत्यन्त कठिन हुन्छ । त्यस्तै विश्वविद्यालयलाई सफल शैक्षिक संस्था बनाउनुमा नेतृत्व पंक्ति एक्लैलेमात्र सबैथोक गर्नसक्छ भन्ने सोचाई संकुचित हुनजान्छ । यसमा व्यवस्थापकिय पक्ष, प्राध्यापक, विद्यार्थी, अभिभावक,स्थानीय निकाय, नागरिक समाज र राजनैतिकदलहरुको अति महत्वपुर्ण भुमिका हुने गर्दछ ।

अझ यसै सन्दर्भमा पत्रकारिता जगतका महारथी रवीन्द्र मिश्रका शब्द सापट लिने हो भर्ने जहाँ सरकार र राजनैतिक परिवर्तनबाट धेरै आशा गर्न सकिदैन त्यहाँ नागरिक समाजको दायित्व प्रधान हुनजान्छ’ । जसरी सुदुरपश्चिम विश्वविद्यालयको मागसहितको विद्यार्थी आन्दोलनमा सुन्दरपश्चिमेली राजनैतिक दल, बौद्धिक जमात र नागरिक समाजले दिलोज्यानले ऐक्यवद्धता जनाउदै हातमा हातको साँथ दिएका थिए त्यसरी नै अहिलेको परिस्थितिबाट उन्मुक्ती दिलाउन एकबद्ध हुन सक्नुपर्दछ । यो पंक्तिकारले यसो भनिरहदा उक्त परिस्थिति हाम्रो कारणले सिर्जना भएको होईन पनि भन्न सक्नुहोला तर सुन्दरपश्चिमेलीहरुका विश्वविद्यालयमा सुसज्जित सपनाहरु अलमल्याउने त्यस्तो परिस्थिति जुनसुकै कारणले आएपनि त्यो तपाईहाम्रै दायित्व अन्तर्गत पर्ने गर्दछ ।


किर्तीपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागले विश्वविद्यालय क्याम्पसमा स्नातकोत्तर तहमा सेमेष्टर प्रणाली अन्तर्गत एउटा विषयमा तीनसय जना भन्दा बढि विद्यार्थीहरुलाई भर्ना लिन नसकिने बताईरहेको बेला कतिपय विद्यार्थीहरुका केन्दीय विभागमा स्नातकोत्तर पढ्ने अभिलाषा अधुरो रहने लगभग निश्चित नै देखिन्छ । यस्तो अवस्थामा सुदुरपश्चिम विश्वविद्यालयले पुर्वी नेपालको झापा, ताप्लेजुङदेखि लिएर राजधानीमा रौनकमा  रुमल्लिएका कयौ विद्यार्थीहरुको ध्यान खिच्न सक्नुपर्दछ । त्यसैगरि विश्वविद्यालयले प्राध्यापन तथा अन्य प्रशासकिय कार्यहरु गर्दा परम्परागत ढंगभन्दा माथि उठ्दै आधुनिक सुचनाप्रविधीको प्रयोग गर्न  सक्नुपर्दछ ।

अन्तमा, सुदुरपश्चिम विश्वविद्यालय सबैको साँझा ज्ञानको थलो हो । यसलाई संयमित रुपमा संस्थागत गर्दै मुलुककै उत्कृष्ट विश्वविद्यालयको रुपमा उभ्याउन सक्नु सम्पुर्ण विद्यार्थी, सुन्दरपश्चिमेली नागरिक समाज, राजनैतिक दल, विद्यार्थी संगठन, बुद्धिजीवि तथा सरोकारवाला सबैको कर्तव्य हो । यसो गर्न सकियो भने मात्रै विश्वविद्यालय स्थापना हुँदा सजाईएका हामी सबैका सपनाहरु पुरा हुनेछन ।


फागुन २६, २०७० को नागरिक दैनिकमा प्रकाशित          
See more at :
http://nagarikplus.nagariknews.com/component/flippingbook/book/1712-nagarik-10-march-2014/2-nagarik.html                                                                 

Saturday, March 8, 2014

स्रष्टा सम्मान, जलसाको जयहोस

शब्द–साहित्य                  
                                                                   
                                                                                                      –कृष्ण महरा              
आफ्नो अध्ययनको विषय अंग्रेजी भएपनि नेपाली साहित्य र साहित्यिक जमघट भनेपछि खुसीले भुईछोड्ने यो पंक्तिकारका आँखा साहित्यिक स्रष्टा एवं गजलकार आदरणीय अग्रज  आनन्द श्रेष्ठको फेसबुके भित्तामा बाडिएको साहित्यिक सुपारी निम्तोमा परे । यसअघि दुईवटा श्रृंखला वाचन गरिसकेको जलसा नेपालले तेस्रो श्रृंखलामा प्रा. डा. सनत कुमार वस्तीको सम्मान र वहाँकै एकल गजल वाचन हुने कुरा सुपारी निम्तोले बोलेको थियो । मैले गजल वाचन कार्यक्रममा सहभागी हुने जिज्ञासा राखिनसक्दै गजलकार स्रष्टा श्रेष्ठले वाचनस्थल कोटेश्वर तीनकुनेको होटल नेसनल भिजन सम्मकै बाटो देखाउनुभयो ।

 शहरले रहरपनि जन्माउने गर्छ भनेझै मेरो रहर पुराहुने देखेर दंग पर्दै यो म शनिबार विहान भोजन सकेसंगै हानिए तीनकुनेको होटल नेशनल भिजनतर्फ । चाहना र इच्छा हुँदाहुदैपनि परिस्थिति र परिवेशले साहित्यिक जमघटहरुमा उपस्थिति जनाउन नसकेको मेरालागी जलसा नेपालको गजल वाचन पहिलो साहित्यिक भेट थियो ।
निम्तो स्वीकार्दै आउने साहित्यिक स्रष्टा र गजलपारखीहरुलाई जलसा नेपालका संस्थापक सदस्य एवं गजलस्रष्टा विपुल सिजापतिद्धारा  वाचनहलको मुल ढोकाबाटै गरिएको हँसिलो साहित्यिक स्वागत मजस्ता नवआगन्तुक गजलपे्रमीहरुलाईमात्रै नभई सम्पुर्ण स्रष्टा, सर्जक र पारखीहरुसमेतलाई रसिलो सातुसामल बनेको हुनुपर्छ । सोहि शुभकार्यमा जलसाकै सदस्य एवं स्रष्टा निता के.सी.ले रहरलाग्दो साथ दिईरहनुभएको थियो । अझ चलचित्र निर्देशक एवं चर्चित लेखक प्रकाश सायमीले  सम्पुर्ण स्रष्टा र नवआगन्तुक गजलपे्रमीहरुबीच एक आपसमा गराईदिनुभएको परिचय कार्यक्रम कै मिठासपुर्ण  सत्कारझै लाग्दथ्यो  ।

गजल वाचन श्रृंखला सुरु हुनुभन्दा केहि समय अगाडि मलाई होटल भिजनको हलसम्म पु¥याउन सहयोग गर्ने अग्रज स्रष्टा आनन्द श्रेष्ठले  वरिष्ठ मुक्तककार, कवि तथा रेडियोकर्मी  रमेश पौडेलसंग मेरो परिचयात्मक भेट गराईदिनुभयो । हरेक सोमबार राति १० बजेको हिन्दी समाचारपछि सुमधुर आवाजमा सुनिने सुपरहिट कवि, साहित्यकारलाई प्रत्यक्ष भेट्दाको मज्जा बयान गरिनसक्नु हुदोरहेछ । यो अवसर जुराईदिने आदरणीय अग्रज स्रष्टा  श्रेष्ठ र जलसा नेपालप्रति एकपटक शीर झुकाएर  सम्मान गर्न चाहन्छु ।

आदरणीय साहित्यकार एवं गजलकार ज्ञानुवाकर पौडेलको प्रमुख आथित्य र स्रष्टा प्रा.डा. सनत कुमार वस्तीको विशेष आथित्यमा   वरिष्ठ साहित्यकार डा. कृष्णजंग राणा, साहित्यकार डा.रामदयाल राकेश, चलचित्रकर्मी तथा चर्चित लेखक प्रकाश सायमी, वरिष्ठ मुक्तककार, कवि तथा रेडियोकर्मी रमेश पौडेल, गीतकार सुभाषचन्द्र ढुंगेल, गायक शैलेश सिंह,कवि मोमिला जोशी, गजलको उत्थान र विकाशमा दिलोज्यानले लागी पर्नुभएका गजलकार प्रभाती किरण जस्ता हस्तीहरुको गरिमामय उपस्थितिले वाचनहल अति शुसोभित भएको थियो । त्यसैगरी स्रष्टा दुर्गा बहादुर  शार्ह बाबा’, जीवन कायस्थ, संगितकारद्धय बालान्द राई र केशब पौडेल नेपाली, गायक गोपाल अधिकारी, युवास्रष्टा नवराज पराजुली तथा कयौ युवा गजलअनुरागीहरुको उपस्थितिलेपनि कार्यक्रममा त्यति नै रौनकता थपेको थियो ।
त्यो चिसो–चिसो अनि झरिलो–झरिलो दिनमा जलसाकै सक्रिय सदस्य एवं गलजकार स्रष्टा  विपुल सिजापतिसंग छोटो अनि मिठो भलाकुसारी गर्ने मौकापनि मिलेको थियो । त्यसै आधारमा मैले जलसाबारे थोरै भएपनि कलम अघि बढाउने जर्मेको गरेको हँु ।

जलसाको जन्म ः
छिमेकि देश भारतमा गजल गायनले शिखर चुमिसकेको र नेपालमा पनि गजल वाचन÷गायनले पुरै सांगितिक क्षेत्रमा कब्जा जमाईरहेको बेला नेपाली गजलको उत्थान, संरक्षण र विकासप्रति सबै साहित्यिक स्रष्टाहरुले चासो देखाईरहेका थिए । यसै क्रममा नेपाली गजल उत्थान र  विकाशसंगै   गजल सिर्जना, विकास र उत्थानमै योगदान पु¥याउने साहित्यिक स्रष्टा सम्मानबारे नयाँ सोच आएको र सोहि अठोट र उद्देश्यका साँथ साहित्यिक स्रष्टा एवं गजलकार  क्रमशः आनन्द श्रेष्ठ, विपुल सिंजापति,कृष्ण वस्नेर्त भाग्य’, निता केसी, रमेश विमान र ईन्दिरा जोशी लगायतका स्रष्टाहरुको सक्रियतामा वि.स. २०७० साल मंशिर महिनामा विशुद्ध साहित्यिक संस्था जलसा नेपालको जन्म भएको हो  ।

जलसाको श्रृंखलावद्ध यात्रा ः 
मंशिरमा साहित्यिक संस्था जलसाको जन्म भएसंगै स्थापनाको मुख्य उद्देश्य गजल उत्थान, विकाश र स्रष्टा सम्मानलाई निरन्तरता दिनु थियो  । जलसाको स्थापना भएको पहिलो महिना अर्थात पहिलो श्रृंखलामा (यहि पौष पहिलो शनिबार) साहित्यकार प्राज्ञ ललिजन रावलको एकल गजलवाचन र वहाँकै सम्मान भएको थियो । त्यसैगरी कार्यक्रमको दास्रो श्रृंखलामा आदरणीय साहित्यिककार  एवं गजलकार बँुद रानाको एकल वाचन संगसंगै वहाँकै सम्मानले निरन्तरता पाएको  थियो । यसपटकको श्रृंखलाभने  पहिला दुई श्रृंखलाहरुभन्दा विल्कुलै फरक र अत्यन्तै रोमाञ्चक मात्रै भएन, सिर्जना र कलाका धनि प्राज्ञ डा. सनत कुमार वस्तीले स्रष्टा र पारखीहरुसंगै होटल नेशनल भिजनको हल नै गजलवाचनले धुनमय बनाउनुभयो ।
कार्यक्रमको सुभारम्भ  जलसाकै संस्थापक सदस्य तथा गजलकार कृष्ण बस्नेर्त भाग्य’ले गजलकार धनराज गिरीद्धारा चितवनबाट प्रेसित  र्
भन्न थाले जुनतारा वाहवाह गजल ।
सुन्न आए फुल सारा वाह वाह गजल ।।

दुई मोती वस्ती ज्ञानु कति आनन्द रे ।
अचम्म छ यिनको पारा वाह वाह गजल’ ,.......।।
गजल वाचनबाट गर्नुभयो ।

 स्वागत मन्तव्यकै क्रममा घरभित्र(जलसा नेपाल)कै सदस्य एवं गजलकार विपुल सिजापतिले पनि स्वागत मन्तव्यसंगै आफ्नो गजल वाचन गरेर माहौललाई अझ सौहार्दपुर्ण बनाउनुभयो ।
स्वागत मन्तव्य सकिएलगतै वाचन श्रृंखलाका विशिष्ठ अथिति प्राज्ञ डा. सनत कुमार वस्तीलाई सम्झनास्वरुप मायाको चिनो र सम्मानपत्रले सम्मान गरियो । प्रमुख अथिति एवं नेपाली गजलका अग्रणी हस्ती गजलकार ज्ञानुवाकर पौडेल जलसाका सदस्यहरुबाट यसरी सम्मानित भईरहदा हलभरी आसिन साहित्यकार, विभिन्न पेशाकर्मी, सर्जक, गजलकार तथा गजलपारखीहरुले एकैसाँथ तालीको गड्गडाहटले स्वागत गरिरहे ।

त्यसपछि सुरुभयो श्रृंखलाका विशेप अथिति एवं प्राज्ञ डा. सनत कुमार वस्तीको वाचन । मान्छे त्यसै डा. नहुँदो रहेछ भन्नेकुरा मैले जलसाको गजलवाचनमा उपस्थित हुँदा प्रत्यक्ष बुझ्ने मौका पाए । त्यस दिनका विशेष अथिति स्रष्टा डा. वस्तीले नेपाली मात्रै नभएर हिन्दी गजलसमेत उत्तिकै सहजताका सांथ वाचन गर्नुभयो । वाचनको सुरुमा र्
सुनसान लाग्छ जीन्दगी, लागेर के गरु ।
मायालुको यो चाहपनि त्यागेर के गरु ।।

चाहेर पाईदैन यहाँ चारपल खुसी ।
हे दैव लामो जीन्दगी मागेर के गरु ।

छोडेर उदास यो शहर टाढारहु जति ।
पछ्याईरहन्छ याद अनि भागेर के गरु’.............. ।।
गजल पस्केका उनले पुरै हल नै भावशुन्य र स्तभ्ध बनाईदिए । हलभित्रका साहित्यकार, कवि,  गजलस्रष्टा, लेखक, तथा गजलपारखी÷अनुरागीहरुलाई उनको प्रस्तुतीले  मन्त्रमुग्ध बनाईदियो ।

विशेष अथिति  को वाचन संगसंगै अन्य गजलस्रष्टाहरुलाई समेत स्थान दिने उक्त श्रृंखलामा त्यसपछि भने गजलकार एवं संगीतकार केशब पौडेलले घरभित्रकै सदस्य  विपुल सिजापतिद्धारा रचित गजल आफ्नै संगीतमा वाचन गर्नुभयो । त्यसैगरी  अर्का गायक गोपाल अधिकारीलाई  गजलकार  प्राज्ञ चेतन कार्की र प्राज्ञ डा. सनत कुमार वस्तीको  गजल वहाँकै स्वर तथा संगीतमा वाचनको सुवर्ण अवसर प्रदान गरिनुले स्रष्टासम्मानमा जलसाको कार्य अति सोभनीय र प्रशंसनीय रहेको सजिलै बुझ्न सकिन्थ्यो । वाचन कार्यक्रमकै मध्यतिर विशेप अथिति एवं प्राज्ञ डा. सनत कुमार वस्ती कै विद्यार्थी  एवं युवा गजलमन  नवराज पराजुलीद्धारा र्
सफर जीन्दगी मुस्कुराएर बाँच ।
गजल जीन्दगी गुनगुनाएर बाँच’ ........।।
गजल वाचनले हलभित्रका स्रष्टा, सर्जक र गजलपारखीहरुलाई गजलमा युवा मनको आकर्षण र लगाब कत्तिको छ भन्नेकुरा छरपष्ट पारिदियो ।

कार्यक्रममा गजल वाचनको रौनक त छदैथियो पटक–पटकको जलसाको चियापानले पक्कैपनि स्रष्टा र गजलअनुरागीहरुलाई त्यो चिसो दिनमा पनि जाडोको आभाष हुन दिएनहोला । यसरी कार्यक्रम अवधीभर गजल स्रष्टा प्राज्ञ डा. वस्तीले दजनौ गजल वाचन गरेर वाचनको तेस्रो श्रृंखलालाई अविस्मरणीय वनाउनुभयो । कार्यक्रमकै अन्त्यतिर विशेष अथिति प्राज्ञ डा. वस्तीले हिन्दी गजल र्
लग्ता नही हे दिल मेरा उजडे दयार मे ।
किसकि बनि हे आलम ये नपयदार मे ।।

उमर ए दराज माग के लाएथे चार दिन,
दो आरजु मे कट गये दो इन्तजार मे ।

केहदो इन हसरतो से कहिं और जा बसे ।
इतनी जगेह कहाँ है  दिल ए दागदार मे’ ........... ।।

गाईरहदा शुप्रसिद्ध हिन्दी गजल गायक मोहम्मद रफी, जगजीत सिंह र गुलाम अलिको झल्को दिन्थ्यो । डा. वस्तीले गजल वाचन गरिरहदा हलभित्र पछाडि बसिरहेका स्रष्टा, सर्जक र गजलपारखीहरु भने सायद स्टेजको पर्दा पछाडि गजल गायक सिंह, अलि र डा. वस्ती लाई राखेर कथमकदाचित गाउन लगाईन्थ्यो भने स्रोताहरुलाई स्वर छुट्याउन हम्मेहम्मे पथ्र्योहोला भनेर कानेखुसी गरिहेका थिए ।

 जलसाको आगामी श्रृंखला यहि चैत्र १ गते साहित्यिक स्रष्टा एवं नेपाली गजलका अग्रणी हस्ती गजलकार ज्ञानुवाकर पौडेलको एकल वाचन र वहाँकै सम्मान हुने जलसाकै संस्थापक सदस्य एवं गजलकार आनन्द श्रेष्ठले जानकारी गराउनु भयो ।  श्रृंखलाको अन्त्यमा बोल्दै कार्यक्रमका प्रमुख अथिति गजलकार ज्ञानुवाकर पौडेलले सर्जक र स्रष्टाको जतिसुकै कर्णप्रिय स्वर भएपनि गाउनको लागी भने गायकलाई नै दिनुपर्ने र गायकलाई गाउनका लागि नदिए उसको पेशा धरापमा पर्नसक्छ भन्ने धारणा राखे । यसले गजलस्रष्टाहरुको भावनात्मक साईनो गायकहरुसंग पनि रहेको सजिलै बुझ्न सकिन्छ ।

जलसाको भावी योजना ः
गजल गायनले बजार र पुरै सांगितीक क्षेत्र ओगटिरहेको बेला नेपाली गजलको उत्थान र विकाश त जलसाको समष्टिगत योजना त हुने नै भयो, गजल सिर्जना र गायनमा दत्तचित्त स्रष्टाहरुलाई हौशला र कदरस्वरुप सम्मान गर्ने यस संस्थाको सबैसामु  प्रशंसनीय योजना हो । जलसाकै संस्थापक सदस्य एवं गजलकार विपुल सिजापतिका अनुसार स्रष्टा सम्मानमा वरिष्ठ साहित्यिक स्रष्टाहरुलाई मात्रै नभई नेपाली गजलमा कलम र मन दुवै चलाउने युवा गजलकारहरुलाई समेत क्रमशः उत्तिकै कदर र सम्मान गरिनेछ । त्यसैगरी प्रत्येक महिना एक–एक जना गजलस्रष्टाको गजल वाचनसंगै वहाँकै सम्मान गरिने र हरेक छ महिनामा सम्मानित सबै छ जना स्रष्टाका वाचित गजलहरुको संग्रह निकालिने जलसाको अर्को उत्कृष्ट योजना हो ।

यसरी स्थापनाको यति छोटो अवधिमा पनि गजलविधामा छरिएर रहेका स्रष्टा र सिर्जनाहरुलाई एकै मंचबाट वाचन र तिनको कदरस्वरुप  सम्मान गर्दै लैजाने जलसा नेपालको योजना साहित्यिक विर्धा गजल’ उत्थान र स्रष्टासम्मानमा अंगेजी साहित्यले विश्वभरी कब्जा जमाईरहेको बेला नेपाली साहित्य विस्तारको क्षेत्रमा एउटा अविश्मरणीय कोशेढुंगा सावित हुनेछ । यी र यस्तै अन्य साहित्यिक  विधाहरुमा  प्रतिभाको खोजी, उत्थान र सम्मान गर्ने विशुद्ध साहित्यिक सञ्जाल र संस्थाहरु  नेपालको पुर्वी तथा पश्चिमी क्षेत्रमा पनि यसैगरी स्थापना गरि साहित्यिक विकाश र स्रष्टा सम्मान गर्नसके निश्चय नै विभिन्न साहित्यिक विधाहरुको संरक्षण मात्रै नभई स्रष्टालेपनि उचित आत्मसम्मान पाउने थिए ।

अन्तमा, मलाई जलसा नेपालको गजलवाचन श्रृंखलामा सुपारी निम्तो दिई वाचनस्थल तिनकुनेस्थित होटल नेशनल भिजनसम्मकै बाटो देखाईदिने अग्रज स्रष्टा आनन्द श्रेष्ठप्रति हार्दिक आभार आभारप्रकट गर्दै जलसाबारे मेरो जिज्ञासा सहजै मेटाईदिएर मलाई तिरिनसक्नु गुन लगाउनुहुने  जलसाकै सदस्य एवं गजलकार विपुल सिजापतिलाई हार्दिक धन्यवाद दिन चाहन्छु । यहाँहरुको गजल उत्थान र स्रष्टासम्मान अभियानले सफलताको चुली चुमोस ।


 फागुन २३,२०७० को नागरिक दैनिकमा प्रकाशित
See more at :
http://nagarikplus.nagariknews.com/component/flippingbook/book/1709-nagarik-07-march-2014/2-nagarik.html