Wednesday, August 26, 2015

कैलाली कन्चनपुरको राजनीतिक समाधान जनमतसंग्रह

टीकापुर घटनाको दुःखद् उठान :
जनताले संविधानसभाबाटै संविधान निर्माण गर्ने सदियौदेखिको सपना साकार हुनै लाग्दा कैलालीको टीकापुरमा भएको अनपेक्षित घटनाले स्तब्ध पारेको छ । नेपाल प्रहरीका वरिष्ठ उपरिक्षक, दुई जना प्रहरी निरीक्षक र एकजना नाबालक सहित आठ जनाको बर्बरतापुर्ण तरीकाले ज्यान लिएको उक्त घटनाले सारा नेपालीलाई मर्माहत बनाएको छ । 

सयौं जना प्रहरीको टोलीलाई नेतृत्व गरीरहेका सेती अञ्चल प्रहरी प्रमुखले आन्दोलनकारीलाई सम्झाउने क्रममा कब्जामा लिई घरेलु हातहतियारले निर्ममतापुर्वक हत्या गरीदा समेत नेपाल÷शसस्त्र  प्रहरीले अपनाएको संयमता र धैर्यता प्रशंसनीय छ, आफ्नो कमाण्डरमाथी आफ्नै अगाडी भाला रोपिदा  यस्तो संयमता सायदै अपनाइन्छ, मृतकप्रति श्रदासुमन ।

सुदुरपश्चिमको वास्तविकता :

नेपालको सरदर गरीबी २१ प्रतिशत भईरहँदा सुदुरपश्चिममा भने ४६ प्रतिशत जनता गरिबीको चपेटामा छन । मानव विकास सुचकाङ्कको हिसाबले सुदुरपश्चिम नेपालकै पुछारमा रहेको छ । अस्पत्तालमा जाँदा सुदुरपश्चिमका जनताले न सिटामोल पाउँछन न पखाला लाग्दा जीवनजल । अत्याधुनिक इमर्जेन्सी सेवासहितको अस्पतालमा उपचार गर्न पाउनु त सुदुरपश्चिमबासीको कल्पनाबाहिरको कुरा हो । सरकारी कार्यालयमा कर्मचारी वर्षको एकचोटी हाजिर गरी तलबमात्रै बुझ्न आउँछन अरुबेला त्यहाँबाट हराउछन । 

राजनैतिक दलहरु त पाँच वा छ वर्षमा एकचोटी चुनावको बेलामात्रै हुन हाम्रो सुदुरपश्चिम पुग्ने, अरुबेला काठमाडौं वरीपरी घुम्नमै व्यस्त हुन्छन । कहाँ सुदुरपश्चिमको रोग, भोक कहाँ राजधानीको आलिसान जीवन । राजनैतिक स्वार्थ र हित जोडिएको बेलामा मात्रै सुदुरपश्चिमलाई प्रयोग गरिदैछ ।

कैलाली कञ्चनपुरले नभुलेको पीडा :

हिजो कैलाली र कञ्चनपुर लगायत सारा सुदुरपश्चिममा बाढी आउँदा पीडित जनतालाई राहत दिनुको सट्टा राहत दिने पुर्व राजा ज्ञानेन्द्रलाई समेत रोक लगाउदा कहाँ थिए कैलाली कञ्चनपुरमा हिंसा भड्काउने नेताहरु ? साधारण नागरीकसरह पुर्वराजाले बाढीको चपेटामा परेका कैलाली कञ्चनपुरका रानाथारुहरुलाई एकमुठी चामल र एक पोको नुन दिँदा निर्वाचन आचारसंहिता उलंघनका नाममा बन्देज लगाउने र अहिले आएर कैलाली÷कञ्चनपुरका थारु समुदायलाई अन्याय भयो भन्ने अधिकार कम्तिमा बाबुरामलाई छैन । त्यतिबेला निर्वाचन आचारसंहिता उलंघन गरी राज्यकोषबाट करोडौ खर्चेर हेलिकप्टर चढ्न मिल्ने तर विपद्मा परेका जनतालाई एक साधारण नागरीकले सहयोग गर्दा रोक्ने दुष्टहरुको कुटील चाल जनताले विर्सेका छैनन ।

आफु सरकारमा हुँदा थारु समुदायको पीडा सम्बोधन किन गरिएन ?

जब जेठको टन्टलापुर धुपमा खेतमा काम गर्दा एउटा किसानलाई सर्पले टोक्छ तब एन्टी स्नेक भ्याक्सिनसहित कुनचाँही नेता पुगेको छ कैलाली कञ्चनपुरका अस्पतालमा ? थारुहरुका गर्भवती÷सुत्केरी आमाहरुले साउनको भेलमा रातभरी ट्वारट्वार कराउने भ्यागुताहरुसंगै आफ्ना नवजात शिशुहरु सुताएको यथार्थ जगजाहेर छ, भाग्यले बाँच्ने बाँचे नत्र मर्नुसिवाय ती नवोदित शिशुसंग अर्को विकल्प हुँदैन । कैलाली कञ्चनपुरमा थारु समुदाय शिक्षामा एकदमै पछाडि परेको छ, विगत तीनचार बर्षको लगातार बाढीले कैलाली कञ्चनपुरका कयौ विद्यालयहरु बाढीको निसानामा परे ।
अब भन्नुहोस, ती थारु समुदायको शिशु मृत्युदर घटाउन, वाढीले नामेट पारेका विद्यालयहरु पुननिर्माण गर्न कुन चाँही नेता वा सरकारले पहल गरेको छ ? आफ्ना काठमाण्डौंको सुविधासम्पन्न शहरमा राख्ने, आफ्ना छोराछोरी विदेशका महंगा विद्यालयमा पढाउने अनि सदियौँदेखी मिलेर बसेका गरीब थारु÷पहाडी  समुदायमा हिंसा भड्काउने ? अचम्म र उदेगलाग्दो कुरा त के छ भने जबजब गौरीफन्टामा कुनै थारु युवा लुटिन्छ, गड्डाचौकीमा कुनै चौधरीलाई आफ्नै भुमीमा मृतकको लाश सद्गद गर्न नदिई लखेटिन्छ, त्यतिबेला न कोही बाबुराम बोल्छन न अमरेश, राजेन्द्र र उपेन्द्रहरु । सरकारमा छँदा थारु समुदायका लागी माखो नमार्नेहरुलाई लाज लाग्नुपथ्र्यो । 

कैलाली कञ्चनपुर सुदुरपश्चिमकै विकास केन्द्र :

विगत देखि अहिलेसम्मको अवस्था हेर्दा सुदुरपश्चिमको क्षेत्रीय सदरमुकाम डोटीको दिपायलमा रहेपनि मुख्यमुख्य कार्यालयहरु धनगढी र महेन्द्रनगरमा नै अवस्थित छन । वर्षौदेखि विश्वविद्यालय, मेडिकल तथा प्राविधिक शिक्षालय, पहाडी जिल्लामा सञ्चालित बैतडीको पञ्चेश्वर जलविद्युत परियोजना र दार्चुलाको चमेलिया जलविद्युत आयोजना तथा महाकाली नदि नियन्त्रण आयोजनाजस्ता थुप्रै  विकाससंग सम्बन्धित सबै कामहरु नियमन गर्ने निकाय तराईका कैलाली र कञ्चनपुरमा नै अवस्थित भएकोले कैलाली कञ्चनपुर माथी अन्याय भएको छैन बरु हिमाली जिल्ला दार्चुला, बझांग र बाजुरामाथी अन्याय भएको छ ।

पुर्वको एउटै धनुषा जिल्लामा ४० वटा पुल बन्न लाग्दा कैलाली कञ्चनपुरमा कतिवटा बाँध बाँधिन लागेका छन ? छ यसको उत्तर कसैसंग ? आर्थीक वर्ष २०७२÷७३ मा पुर्वी तराईमा करोडौ बजेट खन्याइ पश्चिम तराईमा बजेट वक्त्यव्यमा कुनै गतिलो कार्यक्रम र बजेट नछुट्याइदा किन कसैले यहाँका समुदायमा अन्याय भएको देखेनन ? सुदुरपश्चिममा कैलाली कञ्चनपुरको भन्दा बढी दयनीय अवस्था र वर्षेनी भोकमरीमा छट्पटिनुपर्ने ठाँउहरु छन ।

सुदुरपश्चिममा एक केजी ढिके नुन किन्न तीन दिन र तीन हजार खर्च गर्नुपर्ने अत्यन्तै मार्मीक अन्य कयौं क्षेत्रमा कसैको ध्यान जान सकेको छैन । हवाई तथा सडक यातायातको सजिलो बाटोबाट कैलाली र कञ्चनपुरमा आई सामाजिक सद्भाव एवं जातिय÷क्षेत्रीय हिंसा भड्काउनेहरुले एकचोटी बाजुराको विच्छ्या, बझांगको काँडा र दार्चुलाको गुल्जर गाविसमा गएर हेर्दा हुन्छ कि यहाँका जनताले कति उत्पिडनमा  छन । यहाँका जनताको उत्पिडनको उपचार कहाँ पाइन्छ, कि यहाँका जनताको पीडा उत्पिडनको परिभाषाभित्र पर्दैन ?

यसरी ढाल बनाइदैँछ थारु समुदायलाई :

कैलालीका थारु समुदाय पक्कैपति पछाडि परेको वर्ग हो तर त्यसका लागी हिमाल र पहाडबाट आएका जनताभन्दा राज्य बढी जिम्मेवार छ । अहिले सुदुरपश्चिममा आर्थीक, शैक्षिक हिसाबले पछाडि परेको थारु समुदायका नाममा जसरी अहिले सम्पुर्ण सुदुरपश्चिमेलीहरुमा एकता, सद्भाव एवं भाईचाराको भावनामा टकराव ल्याइदैछ त्यो सबै नेपालीका लागी अत्यन्तै प्रतित्पादक हुने निश्चित छ । 

अहिले कसैलाई पनि पहिचान वा राज्य होइन विकास, समृद्धी दिइनुपथ्र्यो तर यो वा त्यो वाहनामा नेपाललाई असफल राष्ट्र बनाउने खेल रचिदैछ । त्यसैले पंक्तिकार सम्पुर्ण सुदुरपश्चिमबासी आम दाजुभाई, दिदीबहिनी, प्रबुद्ध नागरीक समाज तथा सचेत युवा वर्गलाई संयमित भई धर्यधारण गर्न यसै आलेख मार्फत अपिल गर्न चाहन्छु ।

आज हामी भाइभाइलाई भिडाएर आफ्नो निहित स्वार्थ पुर्ती गर्नेहरु सडक र सदनमा छन । दोस्रो संविधानसभाबाट जमानत जफत हुनेगरी नेपाली जनताबाट बहिष्कृतहरुले जनताले विश्वास गर्न छाडेपछि ५० लाखको उधारो भ्रम छरेका छन । यो हर्कत भाइ मारेर रगतको होली खेल्ने सुनियोजित चालबाट सबैले संयमता अपनाउनु जरुरी छ । थारु समुदायलाई ढाल बनाएर धमिलो पानीमा माछा मार्न बल्छी समातेर चोकचोकमा छन दुष्ट माझीहरु । 

सबैभन्दा घिनलाग्दो कुरा त के छ भने तराईलाई एउटा छुट्टै प्रदेश दिइँदा भनियो, जानकी मन्दीरको भेटीले यो प्रदेश चल्दैन, चीनसंग जोड, अब चीनसंगै जोडेर प्रदेश बनाइदा भनियो, यो थारु समुदायको भुमी हो किन पहाडसंग जोडेको ? कथित नेताहरुको यहि नालायक हर्कतबाट यीनीहरुले के चाहेका हुन भन्ने कुरा जगजाहेर छ । यो तथ्य नै काफी छ की कसरी थारु समुदायलाई ढाल बनाई देशलाई सोमालिया र रुवाण्डाको बाटोतर्फ धकेलिँदै छ भन्ने कुरा ।    

शेरबहादुर, भीम रावल र लेखराजले कसरी अखण्डको नारा ?

अहिले अखण्डको नारा शेरबहादुर देउवा, भीम रावल र लेखराज भट्टहरुको ल्याइएको हो भनिदैछ । मानिलिउ अखण्डको नारा यी तीन नेताले ल्याए तर नेपाल खण्डखण्ड पार्ने संघियताको नारा कसले र कुन नेपालीलाई सोधेर ल्याइएको हो ? यो भ्रमबारे सबैले प्रष्ट हुन जरुरी छ । अखण्डको नारा कुनै शेरबहादुर,भीम रावल, लेखराज भट्ट वा रमेश लेखकले जन्माएको नभई जनतालाई दुई बर्षमा संबिधान दिन्छौ भन्दै गरिब, किसान, मजदुर, भरियाको भर्याङ बनाई चारचार बर्षसम्म सत्ता र भत्ताको आलीशान महलमा निदाउनेहरुले जन्माएको हो । पहिलो संबिधानसभाको चुनाव २०६४ चैत्र २८ गते सम्पन्न भई पहिलो बैठक बसेको मिति २०६५ जेष्ठ १५ बसेको थियो । नेपालको अन्तरिम संबिधानको धारा ६४ बमोजिम नया संबिधान जारी गरिसक्नुपर्ने म्याद २ बर्ष ।

संविधानसभाको वैठक बसेको मितिले २०६७ जेष्ठ १५ नेपाली जनताले नेपालको संविधान पाइसक्नुपथ्र्यो । सत्तास्वादको उन्मादमा रमाएपछि संविधान बनाउने वाचा सबैले विर्सिए । सबैलाई जातअनुसार राज्य दिन खोजियो जसको कारण आज संघियता नै धरापमा परामा परेको छ । अखण्ड सुदुरपश्चिको आन्दोलन नेताहरुले संविधान जारी गरीसक्नुपर्ने मितिको २ वर्ष पछि अर्थात २०६९ बैसाख १३ बाट हो । २०६७ जेष्ठ १५ मै संबिधान जारी गरिदिएको भए जनताले विशुद्ध जातीय राज्य बाहेक जस्तोसुकै सिमांकनपनि स्वीकार्न तयार थिए । अनि कहाँ बाट जन्मिन्थ्यो अखण्ड र खण्डको नारा ?

निर्वाचन नै लोकतन्त्रको जननी हो । लोकतान्त्रिक मुलुकमा जुनसुकै निर्णयपनि जनताको मतद्धारा नै निक्र्यौल गरीन्छ । हिजो सुदुरपश्चिमको मौजुदा संरचना कायम राखिनुपर्छ भन्ने दलहरुलाई जनताले दुईतिहाई बहुमत दिएपछि मौजुदा संरचना खण्डित पारीनुपर्छ भन्नेहरु त्यतिबेलै अत्तालिएका थिए । निर्वाचनमा वहिष्कृत भएकै कारण उनीहरु उत्तेजक भाषण तथा पैसाको सहारा लिन बाध्य भएका हुन ।
सुदुरपश्चिमको अन्तिम राजनैतिक निकास :

त्यसैले   प्रदेश नं. ७ को पहिलो मुख्यमन्त्री थारु समुदायबाट बनाइनुपर्छ र यो समुदायलाई यस प्रदेशमा  राजनैतिक तथा अन्य क्षेत्रमा विषेश आरक्षणको व्यवस्था गरीनुपर्छ । यसमा  चित्त नबुझे जनमतसंग्रहको विकल्पपनि खुला राखिनुपर्दछ । काठमाण्डौको वातानुकुलित भव्य कोठामा बसेर सिंगो सुदुरपश्चिम तथा कैलाली कञ्चनपुरको निर्णय गर्ने अधिकार अब कसैलाई छैन । दोस्रो संविधानसभाको जनादेश (मौजुदा संरचना कायम राखिनुपर्छ भन्ने पक्षधर ८५ प्रतिशत), सदियौ देखिको दोहोरो बसाई, गरीबी, विकास विहिनता तथा झण्डै आधा जनसंख्याको दैनिक आम्दानी १.२५प्रतिशतपनि नभएको सुदुरपश्चिमलाई एउटा छुट्टै प्रदेश बनाउदा उपयुक्त हुन्छ भन्ने सुदुरपश्चिममा ठुलो जनमत छ ।

दोस्रो संविधानसभाको निर्वाचन मत परिणामलाई आधार मान्दा थारु समुदायको चित्त दुख्छ भने कैलाली र कञ्चनपुरमा मौजुदा ९ जिल्लाकै संरचना कायम राख्ने वा तराईका दुई जिल्ला बाहेकको प्रदेश बनाउने भन्ने विषयमा जनमतसंग्रह गरेर टुंगो लगाइनुपर्छ । फेरी चार दलका चार नेताले कैलाली कञ्चनपुरबारे कुनै निर्णय गरेभने त्यो अर्को पक्षलाई मान्य नहुने संकेत सोमबारको घटनाले देखाईसकेको छ किनकी कैलाली कञ्चनपुरको फैसला गर्ने व्यक्ति न चार दल हुन न सद्भाव विथोल्ने बहिष्कृतहरु नै ।

अन्तमा,

सभासद अमरेश कुमार सिंह, संघिय सद्भावनाका अध्यक्ष उपेन्द्र यादव र सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले वर्षौदेखि मिलेर बसेका थारु पहाडी समुदायको सामाजिक सद्भाव भड्काउन टीकापुरमै भाला, तरवार लिएर भिड्न निर्देशन गरको १० औ दिनमा एसएसपी लक्ष्मण न्यौपानेको छातीमाथी त्यहि ठाउ भाला प्रहार गरीएको छ, स्मरणीय रहोस् सो भाषणपश्चात कैलालीका जनताले यी तीन नेतालाई लखेट्ने भएपछि उनै लक्ष्मण न्यौपानेले सुरक्षित रुपमा टीकापुरबाट पास गराएका थिए ।  


भाद्र ९, २०७२ को अनलाइनखबर.कममा प्रकाशित 
See more at :

Friday, August 7, 2015

सीमापारीको काव्यिक साहस

               कृष्ण महरा


पुस्तक समिक्षा
                  
सन्तान विदेशतिर हुने गाँउघरका आम जनताले मात्रै होईन सरकारले समेत नेपालीले परदेशमा काम गरेर धेरै रेमिट्यान्स पठाए र देशको अर्थतन्त्र धानियो भन्नेकुरा बारम्बार भन्ने गरेको छ । नेपालीहरुले विदेशमा रहेर रेमिट्यान्समात्रै ल्याउदैनन भन्ने पछिल्लो उदाहरण बनेकी छन कवि समाश्री र उनको कवितासंग्रर्ह वंशलोचन’ । 

इजरायलमा बसेर नेपाली साहित्यको सर्वोच्च विधा कवितालाई आफ्नो साथी बनाएर प्रकाशन गर्ने कवि समाश्रीको प्रयासले समग्र प्रवासमा बस्ने नेपालीको शीर अवस्य ठाडिएको हुनुपर्छ ।

कविताको  माध्यमबाट नेपाली साहित्यमा प्रवेश गरेकी कवि समाश्रीको जोशजाँगरमेहनत र साहित्यिक विधाप्रतिको अटुट छरपष्ट मायाको प्रतिविम्ब र्हो वंशलोचन’  कवितासंग्रह।

काठमाण्डौंको बालाजुमा जन्मिएर कर्मक्षेत्र इजरायल बनाएकी कवि समाश्रीले इजरायलबाटै नेपाली कवितालाई अथाह माया गर्रि  वंशलोचन’ को जन्म दिनुले नेपाली कविताजगत हर्षले गद्गद् भएको हुनुपर्छ । अझ भन्नुपर्दा नेपालमा नेपाली साहित्यिक विधा कविताको बजार छैननेपाली बजारमा कविता विक्दैनन भनि हल्ला फिजाउनेहरुलाई ठाडो चुनौती हो कवि समाश्रीको काव्यिक यात्राको सुरुवात । वर्षेनी जन्मभुमी नेपाल भएपनि कर्मभुमी प्रवासलाई बनाएका लाखौ नेपाली साहित्यिक स्रष्टाहरु हरेक वर्ष केही न केही लिएरै आएका हुन्छन । 

रामेछाप घरभई कतारलाई आफ्नो कर्मभुमी बनाउनुभएका कवि भानू सुनुवारको गजलसंग्रर्ह रहरको विस्कुन’ यसैको अर्को दृष्टान्त हो । पति समाश्रीका जीवनसाँथी सञ्जय रावत प्रकाशक रहेको उक्त कविता संग्रह ट्रिनिटी प्रकाशन प्रा.लि.ले संग्रह वितरणको चाँजापाँजो मिलाउनुभएको छ भने कविमुक्तककार रमेश पौडेलले आवरणमा सुन्दर रहरका बुट्टा भर्नुभएको हो ।    

कवितासंग्रहमा देशप्रेमनारी वेदना त भेट्न सकिन्छ नै  संघर्षआक्रोस र विद्रोहलाई छोप्न सकिन्छ । यो शसक्त प्रस्तुतीमा सफल भएकी छन कवि समाश्री । संग्रहमा आमाछोरी र धर्काहरुतिमीविना म उस्तै रहिरहेआज चुनाव छसहिदकी आमासिपाहीकी स्वास्नी लगायत अन्य गरि ४६ वटा कविताको वेजोड प्रस्तुती छ । कोही भन्दा कोही कम चोटिला र जोसिला छैनन ।

विदेशी भुमीमा बसेर नेपाल र नेपाली साहित्यप्रति यतिधेरै माया र स्नेहको परिणाम हो कवि समाश्रीर्को वंशलोचन’ । कवितासंग्रहले परिस्थिति र मनिस्थितिले नेपाल बाहिर बस्ने नेपालीहरुको र विशेषगरि नेपाली नारीहरुको स्वदेशप्रतिको मायापरिवारसंग संगै बस्न नपाउनुको पीडा नेपालीहरुले वर्षौ देशबाहिर बस्नुपर्दाको अमिलो आभाष बोकेको छ । नेपाली साहित्यलाई माया गरि पराई भुमिमा नेपाली साहित्यको बोट उमारी नेपाली साहित्यको सर्वदा सम्मान र नमन गर्ने कवि समाश्री वडो हिम्मत र आँटका सार्थ  वंशलोचन’ मार्फत परदेशबाट घरदेशमा एक हिस्सा बन्दै आएकी छन ।

पुस्तक : वंशलोचन
विधा : कवितासंग्रह
कवि : समाश्री
मुल्य : २००
पृष्ठ : १४४

सातसीमा पारी बसेर कवि समाश्रीले नेपाली साहित्यलाई दिएको समय र बौद्धिकता आफैमा अपार छ । यतिठुलो हृदय भएकी कविमन समाश्री परदेशमा भएको बेला यो कृतिको विमोचन भने स्वदेशमै भएको हो । कवितासंग्रर्ह वंशलोचनको विमोचन कविवर तुलसी दिवसको प्रमुख आथित्यमा भएको थियो । उक्त समारोहमा वरिष्ठ साहित्यकार रामविक्रम सिजापतिवरिष्ठ गजलकार तथा समिक्षक ललिजन रावलचर्चित कवि श्रमण मुकारुङसमालोचक÷कवि गीता त्रिपाठीकवि रमेश पौडेलजस्ता मुर्धन्य साहित्यिक श्रष्टाहरुको गरिमामय उपस्थितिले सभालाई सभ्य र भव्य बनाएको थियो ।

त्यसैगरि वालान्द राईगणेश पराजुलीकेशव पौडेल लगायत थुप्रै साहित्यिक स्रष्टाहरुको उपस्थितिले निम्त्याएको समारोहको रौनकता वर्णन गरिनसक्नु थियो । नेपालमा कविताहरु खासै पढिन्नन्  भनि एकथरीले भनिरँहर्दा वंशलोचन’ कवितासंग्रह पढ्न पाउदा मनमा उत्पन्न हुने कौतुहलताजोश र तीव्रईच्छा थामीनसक्नु हँदोरहेछ र आम पाठकलाईसमेत त्यस्तै हुनेछ भन्ने मलाई लागेको छ । त्यसैगरि कविको प्रस्तुतीको गहनतासरलता र मौलिकताले सारा पाठकहरु हर्षले पुलंकित हुनेछन भन्ने म ठान्दछु ।

कवि समाश्रीको कवितासंग्रहमाथी टिप्पणी गर्दै चर्चित कवि तुलसी दिवसले भन्नुभएको छर्,   पहिलो कृतिमा नै यति शसक्त कविताहरु लिएर कवि समाश्री आएको देख्दा म त खुसीले गदगद अचम्भित भएको छुयति हिम्मत र आँटका साँथ जोखिम लिएर लेख्न सक्ने कविहरुमा मैले समाश्रीलाई भेटेको छु’ । 
  
जसरी सयमा सय प्रतिशत त्रुटिरहित यो संसारमा कुनैपनि चिज भेटिन्नत्यसैगरि समाश्रीको कवितासंग्रह पनि निष्कलंक छैन । केहि शब्दहरु सामान्य नेपाली जान्नेले त केकविहरुकै लागी पनि बुझ्न नसकिने खालका छन । कविताको आफ्नै भाषा हुने भएपनि सबैले बुझ्न सकिने भाषाको प्रयोग भएको भए सुनमा सगन्ध हुनेथियो ।

सन १९०१ देखि प्रदान गरिदै आएको अति सम्मानित नोबेल पुरुस्कार सन २०१४ सम्म आईपुग्दासम्म साहित्यतर्फ मात्रै १११ जनालाई प्रदान गरि सकिएको छ । त्यसमा पनि २१ जनालाई त उक्त पुरुस्कारले विशुद्ध कविताका लागिमात्रै सम्मानित गरेको छ । यसैबाट थाहा हुन्छ विश्व बजारमा कविताको शक्ति कति छ भनेर । नेपाली कविताकै नाममा कोहि महाकविकोहि आँसु कवि त कोही युगकवि भए । 

कविताले नै यीनलाई संसारभर चिनायो भने भौतिक संसारबाट विदा भएर गएपनि यी कवि सदा अमर रहिरहे । माथीका तथ्यहरुले देखाउँछ कविताको शक्तिबजार र विश्व साहित्य जगतमा साहित्यिक हिस्सा ।कविताको संसारमा कवि समाश्रीको यो लगावहिम्मत र आँट स्वदेशविदेश जहाँभएपनि निरन्तर उर्जामय रहोससाहित्यिक र काव्यात्मक सुखद यात्राको लागी हार्दीक शुभकामना ।

साउन २२ को नागरिक दैनिकमा प्रकाशित 
See more at :

Tuesday, August 4, 2015

सरकार, सुदूरपश्चिममा बजेट फ्रिजको दोषी को हो?


कृष्ण महरा 
आर्थीक वर्ष २०७१/७२ मा सुदूरपश्चिमबाट मात्रै ३ अर्ब भन्दा बढि रकम फ्रिज भएर फिर्ता आउनु आर्थीक विकास र समृद्धिको हिसाबले पछाडि परेको सुदूरपश्चिमका लागी एउटा डरलाग्दो संकेत हो।  कुल जनसंख्याको झण्डै आधा हिस्सा चरम गरिबीको रेखामुनी रहेको सुदूरपश्चिममा यसरी बजेट फ्रिज गराउनुमा दोष कसको ? सरकार, कर्मचारी, राजनैतिक दल, निर्माण व्यवसायी÷ठेकेदार वा स्थानीय जनता ? अर्थशास्त्री, योजना निर्माता, विकास प्रशासक तथा नेपाल समृद्ध भएको हेर्न चाहने सबैका लागी यो विचारणीय प्रश्न हो।

केन्द्रीय तथ्यांक विभागद्धारा प्रकाशित नेपाल जीवनस्तर सर्वेक्षणतेस्रो २०६६।६७ मा आधारित प्रतिवेदनले सुदूरपश्चिममा ४६ प्रतिशत गरिबी रहेको डरलाग्दो तथ्यांक बाहिर ल्याएको थियो। सन् २०१४ को मानव विकास सुचकाङ्क अनुसार नेपाल दक्षिण एशियामा छैठौं र विश्वमा १४५ औं स्थानमा छ। नेपालको सन्दर्भमा सुदूरपश्चिम मानव विकास सुचकाङ्क(०.४३५)को पुछारमा रहेको छ।

विश्व वैंकको सहयोगमा नेपाल सरकारले सन् २०१३ मा गरको एक अर्को अनुसन्धान अनुसार नेपालका सबैभन्दा बढी गरिबीको चपेटामा परेका पाँच जिल्ला(बाजुरा, कालिकोट, बझाङ्ग, हुम्ला र दार्चुला) मध्ये तीन जिल्ला (बाजुरा,बझाङ्ग र दार्चुला) सुदूरपश्चिमकै रहेका छन जहाँ ५३ प्रतिशत भन्दा बढी (अझ बाजुराको हकमा ६४.१) मानिसहरुको दैनिक आम्दानी १.२५ डलर सम्म पनि छैन। मानवीय, आर्थीक, सामाजिक, शैक्षिक तथा राजनैतिक चेतना विकासका लागी यो आँकाडा एकदमै डरलाग्दो र दयनीय हो।अर्को कुरा, हालै अन्तराष्ट्रिय मुद्रा कोषले आगामी ५ वर्ष भित्र नेपाल दक्षिण एशियाको सबैभन्दा पहिलो गरिब मुलुक बन्ने पक्षेपण गरिएको छ। कल्पना गर्नुहोस् त्यतिबेला सुदूर पश्चिमको हालत के होला।

हरेक वर्ष सरकारले नीति तथा कार्यक्रम, योजना र बजेट निर्माण गर्ने गर्छ तर त्यसमा सुदूर पश्चिमको सम्बोधन प्राय गरिदैन, गरिहालियो भनेपनि पुछारतिर होला सुरुमा होइन। त्यहि दिउ कि नदिउ गरेर विनियोजित बजेट अभाब, गरिबी, बेरोजगारी, भोकमरी तथा हाहाकारको बीचमा पुगेर समेत खर्च नभई÷नगराई फिर्ता गयो÷लगियो भन्दा  पंक्तिकार आश्चर्यमा परेको छ। यो सुदूरपश्चिमको मात्रै सवाल र समस्या होइन, सरकारको भन्दा ढिके नुन र फाँपरको बढी भर पर्नुपर्ने कर्णाली र मनाङ्गको प्रतिनिधी समस्या हो।

सरकारले बैसाख १२ गत्तेको भुकम्पपश्चात देश आर्थीक शंकटमा फसेको भन्दै यहि असार १२ गते नेपालको पुननिर्माणका लागी अन्तराष्ट्रिय सम्मेलनसम्पन्न गरी झण्डै ४ खर्बको हाराहारी रकम प्राप्त गरेको छ, तर वास्तविकता के देखिदैछ भने नेपाललाई पैसा होइन, भएको रकम खर्च गर्न सक्ने सक्षम संयन्त्रको टट्कारो आवश्यकता छ। सुदूरपश्चिमको यथार्थबारे माथी प्रस्तुत तथ्यांक केहि नमुना मात्रै हुन। अस्पतालमा जाँदा सिटामोल र जीवनजल नपाइने, खाद्य संस्थानमा चामलको दाना नपाइने, विद्यालयमा लाइबे्ररी÷वाचनालय छोडौ; पाठ्यपुस्तक नपाइने, विजुलीको झिलिमिली राजधानीमै होस; टुकी बाल्न मट्टितेल, नपाइने अनगिन्ती समस्या यो छोटो आलेखमा व्यक्त गर्न सकिएन, पंक्तिकार मुटु छामेर माफी चाहन्छ।

अब लागौ सुदूरपश्चिममा गत आर्थिक वर्षमा भएको बजेट फ्रिज प्रसंगतिर। गत आर्थीक वर्षमा दार्चुलामा ३६ करोड, बैतडीमा ४२ करोड, डडेलधुरामा २० अर्ब, अछाममा कुल बजेटको ४६ प्रतिशत, डोटीमा ३९ करोड, कैलालीमा सवा अर्ब, कञ्चनपुरमा ३० करोड बजेट फ्रिज भएको छ। (कान्तीपुर श्रावण ९) बाँकी बझाङ्ग र बाजुराको हालत पनि यो भन्दा फरक हुने कुरै भएन। आज सुदूरपश्चिमका मानव विकासको हिसाबले सबैभन्दा पछाडि रहेको क्षेत्र अझ सोझो अर्थमा भन्दा नेपालको सबैभन्दा गरीब इलाकामा बजेट पुगेर फर्काइएको छ तर त्यसको जिम्मा लिन यहाँ कोही तयार छैन। 

सुदूरपश्चिमलाई जहिलेपनि बजेटको दोस्रो प्राथमिकतामा पारिन्छ। यस आ.व.२०७२÷७३ को बजेट वक्तव्यमा टनकपुर लिङ्क सडक, पाटनपञ्चेश्वर सडक र दार्चुलातिङ्कर सडक गरी तीनवटा अत्यन्तै महत्वपुर्ण सडक निर्माणको लागी जम्मा रु.२९ करोड तथा बारा, पर्सा रौतहट, सिराह, सप्तरी, सर्लाही, महोत्तरी, धनुषा जिल्लाका सिमावर्ती गाविस र नगरपालिकामा आयआर्जन र सचेतना अभिवृद्धिका लागी मात्रै रु. १६ करोड विनियोजन हुनु यसैको उदाहरण हो।

सरकारी ढुकुटी र वैदेशिक अनुदान÷ऋणबाटै वितरण हुने बजेटमा त यसरी पहुँचको आधारमा वितरण हुन्छ भने हामीले कसरी समानुपातिक विकासको कल्पना गर्ने ? बजेट जहाँ गरिबी, अशिक्षा, भोकमरी  छ त्यहाँ बढाउनुको साँटो ठुला नेता, उच्च पदस्थ कर्मचारी वा पदाधिकारीका गाविसमा बजेट थुपारेर कस्तो नयाँ नेपाल बनाउन खोजेका हुन ? दार्चुलातिङ्कर सडक सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङ्ग नाका भन्दा त्रिदेशीय सीमा पर्ने भएकोले भन्सार, राजस्व, पर्यटन, सीमा सुरक्षा तथा व्यापार व्यवसायका हिसाबले सबैभन्दा महत्वपुर्ण नाका हो। 

देशको पर्यटकीय क्षेत्र गत बैसाखको भुकम्पपश्चात नराम्ररी धरासयी भएको छ। काठमाण्डौ, पोखरा, चितवन लगायत देशका थुप्रै पर्यटन व्यवसायी तारे होटर र रिसोर्ट बन्द गर्न बाध्य भएका छन। भुकम्पले मध्य तथा पुर्वी नेपालमा असर पुर्‍याएपनि सुदूर पश्चिममा भुकम्पको कुनै असर परेको छैन। यस्तो अवस्थामा सुदूर तथा मध्यपश्चिमको पर्यटन व्यवसायमा सरकारले यथेष्ट ध्यान दिइ पर्यटकहरुलाई नेपालमै राख्ने उचित बन्दोबस्त गर्नुको सट्टा काठमाण्डौ वरीपरिका एकाध ठाउँमा पर्यटकहरुलाई घुमाएर नेपाल सुरक्षित रहेको तस्विर खिचाउनमै सरकार लागिपरेको छ। यसले सरकार  अझैपनि नेपाल भनेको काठमाण्डौं र आसपासको क्षेत्रमात्रै हो भन्ने भ्रममा रहेको प्रष्ट पार्दछ।  

नेपाल सरकारले ध्यान दिन सके भुकम्पपश्चात ठप्प रहेको चितवन सौराहको विकल्प कैलालीको टिकापुर हुन सक्थ्यो, लाङटाङ, वारपाकको विकल्प खप्तड हुन सक्थ्यो। घलेगाउँको  विकल्प बैतडीको पाटन र अछामको रामारोशन हुन सक्थ्यो। अपि हिमाल, सैपाल हिमाल लगायत शैलेश्वरी, उग्रतारा, अमरगडी, खप्तड, एशियाकै लामो झोलुङ्गे पुल तथा  बाह्रसिंगाको राजधानी शुक्लाफाँटा यहाँका आकर्षक पर्यटकीय गन्तव्य हुन्। सरकार तथा सरोकारवालाहरुको ध्यान अब यी क्षेत्रको विकास, व्यवस्थापन र प्रवर्धन गर्न तिर केन्द्रीत हुनुपर्दछ 

तत्तत् जिल्लाका सम्बन्धित अधिकारीहरुका अनुसार त्यति ठुलो परिणाममा बजेट फ्रिज हुनुमा खर्चका लागी अख्तियारी ढिला आउने, बाँडफाड गर्न ढिला हुने, ठुल्ठुला भवन तथा परियोजनाको नक्साङ्कन तथा डिजाइन समयमै नगरीदिने, ठेकेदारहरु कामको ठेक्का हातमा परेपछि सम्पर्क विहिन हुने र समयमै बजेट निकासा नहुनु बताएका छन। अझ यस्तो विकास निर्माण सम्बन्धी ठेक्कापट्टामा हालीमुहाली गर्नमा दल निकटस्थहरुको साँटघाँट नहोला भन्न सकिदैन।

जनताको रोजीरोटी र देशको विकास संग प्रत्यक्ष गाँसिएको विषयमा यसरी खेलाँची गर्ने कर्मचारी, ठेकेदार, स्थानीय वा राजनैतिक दल जोसुकै भएपनि कानूनी काह्रबाही गर्नु सरकारको परम दायित्व हो। जबसम्म बजेट निकासा नदिने मन्त्रीलाई बर्खास्त, उच्च पदस्थ अधिकारी र समयमा आफ्नो काम सम्पन्न नगर्ने कमचारीलाई दण्ड, ठेक्कापट्टाको लाइसेन्स लिएर हराउने ठेकेदारको लाइसेन्स खारेज गरी अर्कोलाई दिने आँट सरकारमा गर्दैन, तबसम्म नेपालमा बजेट कार्यान्वयन सोच्नु दिवास्वप्न मात्रै हुनेछ। त्यसैले सदियौ देखि विकास निर्माणमा पाखा पारिएको सुदूरपश्चिममा यति धेरै बजेट फ्रिज गर्नमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न जोसुकै भएपनि काह्रबाही गरीयोस् होइन भने भुकम्पपश्चात देश आर्थीक शंकटमा फसेको भन्दै विदेशी समक्ष माग्न हात पसार्ने नैतिक अधिकार आजैका मितिदेखि समाप्त हुनेछ 


साउन १७, २०७२ को सेतोपाटी.काममा प्रकाशित 
See more at :