Wednesday, April 30, 2014

निराश जनता र निस्सासिंदो अस्पताल



                                                                                                         
                                                                                                                       कृष्ण महरा

एकाविहानै एकजना भोजपुर जरायोटारका मित्रले हात मिलाउर्दै आहो तराईका मित्र’ भनि सम्बोेधनसहित नयाँनौलो खबर सोध्न समेत  भ्याए ।  उनले अड्कल गरेछन त्यत्रो १५६ घरसहित सदरमुकाम सखाप पार्ने गरि बाढी आएको दार्चुला जिल्ला पक्कैपनि समथर तराई वा भित्री मदेशको हुनुपर्छ भन्ने । 

त्यसरी अड्कल काटिनुपनि अस्वभाविक मान्न सकिन्न किनभने सयौको सडकबाश त कयौको उठिबाश लगाई सदरमुकामलाई तीन टुक्रा बनाउदै हिमाली जिल्लाको सदरमुकाम भरि त्यसरी बाढी उर्लिएला भन्ने कल्पना र अनुुमान कसले पो गथ्र्यो र ? मैले दार्चुला तराई वा भित्री मदेश नभई, एक  हिमाली जिल्ला भएको भनिरहदा उहाँ अक्मकिनु भयो । 

गत असारको बाढीले जन्मथलो रस्तिबस्ती दार्चुलाभई सपनाको शहर काठमाण्डौ भित्रिएका कयौ दार्चुलाबाशीहरुलाई बाढीको बहावले छिचोलेका व्यक्तिका रुपमा धेरैले सहजै बुझ्ने गर्दछन । विगतमा २०२८ सालमा पनि त्यसैगरि बाढी आएपनि यसरी सयौका घरवार र सम्पती वगरमा विलय गराउने गरि महाकाली उर्लिएको थिएन । गत असारमा त महाकाली यसरी उर्लियो कि न कसैको व्यक्तिगत सम्पतीको हरहिसाब ग¥यो न ठुल्ठुला होटल, रेष्टुरेन्ट तथा सरकारी भवनको नै । ग¥यो त केवल पाँच–छ तले घरहरुलाई गल्र्यामगुर्लुम महाकालीको पानीमा परिणत, कयौको सडकवाश त सयौको उठिवाश ।

 त्यसैगरि छापरी गाविसस्थित श्रीवगडका कृषकहरुको रोपाई लगाउन विउ ठिक्क पारेको खेत महाकालीले बगाएसंगै रोपाई गरेर भात खाने सपनासमेत बाढीको बलौटे माटोसंगै अनकन्टार नदि किनारमा पछारिए । दार्चुलालाई नेपाल नै हो भनेर बोध गराउने एकमात्र धरोहर, दार्चुला–तिंकर सडकखण्ड ठाँउ ठाँउमा विभत्स ढंगले भत्किएपछि त्यहाँ कसैको राज्य थिएन, थियो त केवल त्यही महाकाली नदी र त्यसैको निर्दयी वहाबको थियो । 

बाढीको सन्त्रास फैलिने मौसम सुरुहुने बेला आउन थोरैसमय हुँदासमेत उक्त सडकखण्डमा अहिले जेनतेन गाडी चलाउन कामचलाउ पुननिर्माणबाहेक दीर्घकालीन समाधानको उपाय सोचिएको छैन । उक्त बाढीले संगसंगै निम्त्यायो हाहाकार, अभाव, रुवाबाशी, निराशा र दुर्दशा । थोरै सम्पती र जायजेथा भएकाहरुलाई त पीरचिन्ताले सतायो भने आफ्नै परिश्रम र मेहनतले अलि सम्पन्न भएकाहरुलाईपनि विपन्नताको चोटले  चुट्नसम्म चुट्यो । उक्त विध्वंसात्मक बाढीले मध्यम तथा निम्नमध्यम वर्गलाई मात्रै रुवाएन, विहान महाकालीको किनारमा बालुवा र गिटी जम्मा पार्दै बेलुका छाक टार्ने अति निम्न वर्गको समेत भोको पेट भर्ने पेशाको अस्तित्व धरापमा पा¥यो । 

खलंगाबाशी एवं बाढीपीडितहरु सम्पतीको सर्वनाशले थलिएका त छन नै संगसंगै आउदो वर्षातमा दार्चुला सदरमुकामको के हालत हुने भन्ने सकशपुर्ण सन्त्रासले चिन्ताको भुमरीमा रुमलिएका छन । पहिले र अहिलेको दार्चुला सदरमुकामको सौन्दर्यतामा आकाश जमिनको फरक छ । अझ भन्नुपर्दा बाढीले सदरमुकाम यतिधेरै कुरुप बनाई छोडेको छ कि बाढी आउनु अगाडि सदरमुकामबाहिर रहेका विद्यार्थी, रोजीरोटी कमाउन परदेश हानिएका दार्चुलाबाशीहरु तथा वर्षौ अगाडि दार्चुला छोडि तराई वा राजधानीतिर बसाई सरेकाहरुलाई सदरमुकामको क्षतविक्षत अनुहार हेर्दै अनौठो मान्ने गर्दछन । 

पहिलाको खुल्लामञ्च कता छ पछिल्लोपटक सदरमुकाम अवलोकन गर्नेले सोध्ने गर्दछन त्यसको जवाफ न दार्चुलाबाशीले दिनसक्छन न बाढीपीडित जनताले नै । दर्जनबढी सरकारी कार्यालय र डेढसय भन्दा बढि घरहरु कसरी त्यती सजिलै महाकालीको पानीमा विलिन भए कसैलाई थाहा छैन । थाहा छ त केवल त्यही महाकाली, त्यही बाढी र त्यही महाप्रलयलाई थाहा छ । सायद त्यही भएर होला सरकारले राहत वितरण र सदरमुकाम पुनर्निमाणमा आलटाल र उदासिनता देखाएको । 

गत असारको दार्चुला बाढीको अर्को निसानापुर्ण तारो बनेको क्षेत्र हो जिल्ला अस्पताल दार्चुला र यसको सम्पुर्ण परिसर । एउटा सिटामोलको लागी भारतको धारचुला जानु त छदैथियो तर बाढीपछि त झन अस्पतालको अनुहार कस्तो हुदो रहेछ भनेर हेर्नसमेत त्यही पुल तरेर विदेशी भुमीको अस्पताल रोड धारचुला चहार्नुपर्ने अत्यासपुर्ण परिस्थिति सिर्जना भयो । जसरी सिंगो अस्पतालका शैयाहरु महाकालीको वगरमा पछारिए त्यसरी नै  दार्चुलाका जनताको स्वदेशकै अस्पतालमा उपचार गराउने चाहनासमेत बाढीको बहावसंगै लछारपछार पारिए ।   

दार्चुलाको स्वास्थ्यसेवाको सन्दर्भमा जिल्ला जनस्वास्थ्य कार्यालय दार्चुलाका डा. नवीन तिवारीको भनाई जस्ताको त्यस्तै उदृत गर्ने हो भने बाढीले जिल्ला अस्पतालको सत्यानाश पश्चात भवनअभाव तथा अनगिन्ती अप्ठ्याराहरुसंग पौठेजोरी खेल्दै कतिपय अवस्थामा खुला आकाशमुनी सुत्केरी गराउनु परेको थियो । अस्पतालका सम्पुर्ण शैया महाकालीको बाढीले झम्टिएको दश महिना वितिसक्दासमेत अस्पतालको अवस्था ज्युँ का त्युँ छ । मैनवत्ती बालेरै भएपनि विरामीको सेवार्थ दिलोज्यानले लागिरहने सम्पुर्ण डाक्टर, अहेव, नर्स तथा सरोकारवाला सबै प्रशंसा र धन्यवादका पात्र छन । 

जिल्लाका ४१ गाविसका जनताको जनस्वास्थ्यको वागडोर सम्हालेको सो अस्पताल अहिले अत्यावश्यक पुर्वाधारविनै पुर्णरुपमा निर्माणसम्पन्न भई नसकेको लोकमणी ठगुन्ना र मनिराम पाण्डेको घरमा संचालन गरिएको छ । अस्पताल सञ्चालन गरिएको उक्त घर कच्ची सडकको छेवैमा भएकोले सडकभरिको धुलोमैलो सोझै अस्पतालभित्र पस्न गई सम्पुर्ण विरामी खासगरि दमका विरामी र नवजात शिशुहरुलाई त्यसको प्रत्यक्ष असर परेको छ । भवन अभावमा औषधीको उचित भण्डारणमा देखिएको समस्याले औषधीलाई लामो समयसम्म टिकाई वा जोगाईराख्न नसकिने अवस्था छ ।  मानवस्वास्थ्य जस्तो अति संवेदनशील कुरालाई पुर्नजीवन दिने अस्पताल भवन वरिपरीको वातावरण कस्तो हुनुपर्छ भन्ने कुरा हामी सबैले बुझेकै हुनुपर्दछ । विकसित देशहरुमा अस्पतालको वातावरणले नै विरामीलाई मानसिक रुपमा सञ्चो अनुभव गराईदिने गर्दछ । उक्त विरामीमैत्री वातावरणको ज्वलन्त दृष्टान्त थोरै भएपनि मैले काठमाण्डौका केहि अत्याधुनिक सुविधासम्पन्न निजी अस्पतालहरुमा अनुभुती गरेको छु । 

घरभाडाका लागी नेपाल सरकार स्वास्थ्य मन्त्रालयले आवश्यक रकम विनियोजन त गरेको छ र पनि उक्त कार्य नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयको दीर्घकालीन समाधानको बाटो होईन । एकातिर अस्पतालको पुर्नजीवनमा ढिलाई त अर्कोतिर जनताको प्रत्यक्ष स्वास्थ्यसंग सरोकार राख्ने जिल्लास्तरीय निकायमा एउटा सामान्य उपस्वास्थ्य चौकी वा स्वास्थ्यचौकीमा जतिको पनि  सेवासुविधा नहुनु, अस्पतालको वातावरण विरामीमैत्री नहुनु, सरकार तथा सम्बन्धित निकायहरु तथारुक्ताका साँथ लागि नपर्नु  निसन्देह जनताको निशुल्क आधारभुत स्वास्थ्यसेवा उपभोग गर्न पाउने र स्वस्थ वातावरणमा बाँच्न पाउने संवैधानिक हकको हनन हो भन्दा अत्युक्ति नहोला । 

जिल्ला अस्पतालको केही सेक्सनहरुमा दरवन्दी अनुसार कर्मचारीहरु भएतापनि ती कर्मचारी अपर्याप्त र कतिपय सेक्सनहरुमा प्राविधिक कर्मचारीहरुको अभाव देखिएको छ । यसरी दार्चुलाबाशीहरुको स्वास्थ्यस्थितिलाई नजिकबाट नियालिरहेको अस्पतालको दर्दनाक दुरावस्था देख्दा नेपाल सरकारको तेह्रौँ योजना २०७०÷७१–२०७२÷७३ मा वाचा गरिएबमोजिर्म स्वास्थ्य क्षेत्रका लागी आवश्यक जनशक्ति, भौतिक सुविधा र औषधी उपकरणको व्यवस्थापनलाई प्रभावकारी बनाईने’  कार्यनीति असफल भएको मान्न सकिन्छ । हुन त हाम्रो देशका योजना तथा नीतिहरु कहिले पो कार्यान्वयनमा आएका थिए रपनि जनताको जिउधन र जनस्वास्थ्यको विषयका कार्यान्वयन भएकै राम्रो । 

त्यसो त दार्चुला बाढीपीडितहरुको घाउमा मल्हमपट्टि लगाउन घरदेशदेखी परदेश तथा राष्ट्रिय देखी अन्तराष्ट्रिय संघसंस्थाहरुले सकेभ्याए जति सहयोग गरेकै हुन । अझ मातृभुमीका लागी युवा अभियान नेपाल र एनआरएन जर्मनले बाढीपीडित र अस्पताललाई गरेको सहयोग हामीजस्ता आर्थीक रुपमा सहयोग गर्न नसकेपनि बौद्धिक एवं रुपले दुखेको बेला केहि गर्नुपर्दछ भन्ने व्यक्तिहरुका लागी यो अत्यन्त खुसीको खबर हो । आफ्नालागी भ्याएर वा आफ्नो गासबाट अलिकति कम गरेरै भएपनि पीडामा रन्थनिएकाहरुको लागी सोचिदिने यहाँहरु सबैको परदेश बसाई र व्यवसाय लहरा र पहराझै निरन्तर फैलियोस हामी सबैको शब्दरुपी शुभकामना । 

जति बाढीपीडितहरुका लागी देशविदेशबाट आर्थीक रुपमा सहयोगी हातहरु फैलाईए, त्यसरी नै देशभित्रबाट बौद्धिक सहयोगी हातपनि त्यतिकै फैलाईए । यसरी बौद्धिक हातहरुको साँथ बढाउने सबै सञ्चार माध्यमहरु विशेषगरि न्यूज २४, कान्तीपुर दैनिक, नागरिक दैनिक, राष्ट्रिय मुक्तक प्रतिष्ठान र यो पंक्तिकारले नाम छुटाएका सम्पुर्ण अन्य संचारमाध्यमहरु र ती संचारमाध्यममा कार्यरत परोपकारी पत्रकार,लेखक, समाजसेवी तथा स्रष्टा व्यक्तित्वहरुमा सम्पुर्ण दार्चुलाबाशी र बाढीपीडित आहालबेहाल मनहरु शीर झुकाएर सम्मान र आदर गर्दछन ।  

विशेषगरी खलंगाबाशी, सदरमुकाममा आवागमन गरिरहने व्यक्क्तिहरु, स्थानीय निकाय,राजनैतिक दल, विभिन्न पेशाकर्मी, आम बुद्धिजीवी तथा सरोकारवालाहरुले बुझ्नैपर्ने एउटा दुःखद त नभनौ तर ज्यादै कमजोर पक्ष देखिएकोले मैले यहाँ प्रस्तुत गर्न उपयुक्त ठानेर जोड्न खोजेको छु । जिल्ला अस्पताल दार्चुलाका जनस्वास्थ्य निरीक्षक वीरहरी राईर्ले न्युज २४’ टेलिभिजनका पत्रकार प्रेम वानियाँलाई  दिएको संक्षिप्त अन्तर्वातामा अस्पतालपरिसरमा कच्ची सडकका कारण तीब्रगतिमा गाडी चलाइदा अस्पतालमा विरामीहरुलाई प्रत्यक्ष असर परेको र अस्पताल परिसरभित्र गाडीको गति  नियन्त्रणका प्रशासन तथा जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरिएको कुरा बताउनुभएको छ ।

 यदि सो अस्पताल अलिकति पनि सम्पन्न देशको हुन्थ्यो भने गाडीको धुलोको असरको त कुरै छोडौ त्यहा हर्नसमेत बजाउन पाइन्नथ्यो । यस विषयमा यो पंतिकारलाई के लाग्दछ भने यदि हामी सबैले आ–आफ्नो तह र तप्काबाट गहिरिएर सोचविचार गर्ने हो भने उक्त समस्याको समाधानको लागी प्रशासन र प्रहरीसमक्ष गुहार माग्नुपर्ने स्थिती आउनुपर्दैनथ्यो । बाईक वा गाडी चलाउने हामीहरुले धुलो र अत्यधिक ध्वनीको असर विरामीहरुलाई पर्छ भन्नेकुरा बुझेरपनि बुझ पचाईदिन्छौ । के यसका लागी पनि हामीले सरकार वा कुनै संघसंस्थाको सहयोग पर्खिने त ? त्यसो होईन, यो नितान्त व्यक्तिगत हिसाबले स्थानीय तहमा नै सबैको सहयोगबाट समाधान हुने हेर्दा सानोजस्तै लाग्ने तर गम्भिर विषय हो । स्थानीयहरुले हाम्रो बौद्धिक आग्रह बेलैमा सोचुन र मनन गरुन ।    

समय हुदै नेपाल सरकारको ध्यान जानसकेको भए आज दार्चुलाले यो महाविपत्ती भोग्नु पर्दैनथ्यो । बाढी आउनुभन्दा झण्डै एकवर्ष अघि बीबीसी नेपाली सेवाका सुदुरपश्चिम हेर्ने पत्रकार हुमिद वागचन्दले दार्चुला सदरमुकाम नजिकै करिब ८ किमी उत्तरमा भारतको धौलिगंगा जलविद्युत आयोजना हुनु र भारतीय पक्षले आफ्ना सम्पुर्ण सीमा क्षेत्रमा एकतर्फी बाँध बाँधिरहेको कारणले दार्चुला सदरमुकाम खतराको उच्च जोखिममा छ भनेर बीबीसी नेपाली सेवामा उठान गरिसकेको विषय होे । त्यस्ता गहन विषयबस्तुमा सरकारको ध्यानै नजानुको परिणाम आज सिंगो दार्चुलाले भोगिरहेको छ । 

अझैपनि उक्त बाँध सदरमुकामको त्यति नजिक त्यति ठुलो बाँध बाधिनु वैज्ञानिक हिसाबले ठिक थियो वा थिएन, कुटनैतिक ढंगले यसको अध्ययन र अनुसन्धान गरि तार्किक निष्कर्षमा पुग्नु जरुरी छ । यदि त्यसो गरिएन भने आउँदा दिनहरुमा बाकिरहेको सदरमुकासमेत निमिट्यान्न पार्न के बेर ? यसै सन्दर्भमा कानुनमा दिग्गज दखल राख्ने नेपाल ल क्याम्पस, विधिशास्त्रका प्रोफेसर डा. सुस्मिता सिंह कार्कीको भनाई जोड्नु सान्दर्भिक ठान्दछु । उहाँ भन्नुहुन्छर्, प्रकोप, महामारी वा वाह्य हस्तक्षेपले जनता आजित भएको बेला सरकारले आफ्नो बलियो उपस्थिति जनाउन सकेन भने कानुनमा उसले जतिसुकै दायित्वको कुरा गरेपनि त्यस्तो सरकार जनताप्रति साच्चिकै उत्तरदायी भएको मान्न सकिदैन’ ।




बैशाख १७, २०७१ को नागरिक दैनिकमा प्रकाशित
See more at :
http://nagarikplus.nagariknews.com/component/flippingbook/book/1771-nagarik-30-april-2014/2-nagarik.html

No comments:

Post a Comment