Sunday, April 20, 2014

गृहमन्त्री हुँकारको अर्थ

                                                                   
                                                                                                                                         
                                                                                                                कृष्ण महरा                                                                                                                                                                                              
प्रसिद्ध लेखक चेतन भगतले आफ्नो पुस्तक 'ह्वाट यंग ईन्डिया वान्टस्’ मा लेखेका छन 'यदि तपाई लोकतन्त्रमा कुनैपनि कुराको परिवर्तन चाहनुहुन्छ भने चाहेरपनि तपाई राजनितीभन्दा टाढा रहन सक्नुहुन्न’ । नेपाल पनि लोकतान्त्रीक गणतन्त्रको स्थायी चरणप्रवेश गर्दै गरेको  बेला सो भनाई अति सान्र्दभिक हुनसक्छ ।

केही दिन अघि उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले दिएको अभिव्यक्तिले नेपाली राजनैतिक नेतृत्व र मन्त्रीपदको मनोवैज्ञानिक अन्तईच्छाको धरातल एकचोटी फेरी छताछुल्ल भएको छ । गृहमन्त्रीको उक्त भनाई सामान्यभने पटक्कै होईन । गृह मन्त्रालय नदिए शक्तिसंचय नहुने भन्दै सरकारमा नजाने अड्डी कसेको एमालेमा अनेक पर्यत्नपश्चात प्रधानमन्त्री नियुक्त भएको १६ दिनपछि गृहमन्त्रीको रुपमा वामदेवले सपथ लिएका थिए ।

सपथपछि कार्यभार सम्हाल्दै नवनियुक्त गृहमन्त्रीले अब गुण्डाका दिन सकिएका, व्याभिचारी र अत्याचारीलाई नछाडिने, भष्ट्राचारमा शुन्य सहनशीलता  र प्रहरी अधिकृतहरुलाई चाकडिवाजमा नलाग्न निर्देशन दिईरहदा नेपाली जनताहरु अन्तर्हृदयले शान्ती सुव्यवस्था र अमनचयनको अनुभुति गरेका थिए । जनताको प्रतिनिधी गृहमन्त्रालयको प्रमुख भई तल्लो दर्जाका प्रहरी कर्मचारी तथा अन्य सुरक्षा निकायका तल्लो दर्जाका कर्मचारीहरुलाई समेत कम्तिमा तिमीसम्म भन्नपर्छ भनेर अत्यन्तै आदर्श वचन व्यक्त गरिरहदा मुलुकभर कार्यरत सुरक्षा निकायका तल्लो दर्जाका कर्मचारीहरुले सगौरव आत्मसम्मान महशुस गरेका थिए ।

शक्ति, सम्मान र सेवा सुविधाका हिसाबले प्रधानमन्त्रीभन्दा दोस्रो वरियतामा रहेका गृहमन्त्रीबाटै सम्मानपुर्ण व्यवहारको सन्देश प्रवाह भएपछी आत्मसम्मान नपाएका जनतालाई पनि अब केहि हुन्छ झै लागेको थियो । तराईमा विशेष सुरक्षा योजना ल्याएर तत्कालिन गृहमन्त्री भीम रावल चर्चित भएझै तेस्रो पटक गृहमन्त्री भईरहदा माननीय श्री वामदेव गौतमलेसमेत केहि नयाँ र फरक खालको योजना ल्याउलान भन्ने जनअपेक्षा विपरीत आफुभन्दा चार स्टेप तलको प्रहरी अधिकारीलाई भौतिक दुरी त्यति नजिक हुदाँपनि अहिलेसम्म भेट्न आएन भन्ने अभिव्यक्तिले मन्त्री पदको महिमा र गरिमा आझेलमा पारिदिएको छ ।कतिपयले उपप्रधानमन्त्रीपदको साँख घटाएको अनुमान गरेका छन भने कयौले आफु कुन हैशियतमा छु र कुन हैशियतको व्यक्तिबारे कस्तो अभिव्यक्ति दिदैछु भन्नेसमेत ख्यालै नगरि बोलेको भनेका छन ।

हुन त सरकार गठनकै समयमा नेपाली काँग्रेसभित्र वामदेवत्रासको संशय नफैलिएको हाईन तर आफु सो पदमा वहाली भएपछि मन्त्रीले बीबीसी नेपाली सेवालाई अन्र्तवार्ता दिदै त्यो संत्राश मत्थर पार्ने प्रयास गरेका थिए । २०५४ सालमा वामदेव गृहमन्त्री हुँदा शक्तिको दुरुपयोग गरि अधिकांश जिविस नेकपा एमालेको पोल्टामा पारेको नेपाली काँगे्रस तथा अन्य दलहरुको दर्विलो दलिल छ ।

 काँग्रेस एमालेको जनमतमा त्यति भारी अन्तर नभएकोले एमालेले प्रधानमन्त्रीपछिको शक्तिशाली मन्त्रालय खोज्नु र कांगे्रसले प्रधानमन्त्रीलाई बलियो बनाउन भन्दै मरिगए गृहमन्त्रालय नछाड्ने एकतर्फी अडान लिएको सिंगो पार्टीलाई सरकार सञ्चालनमा स्वयम प्रधानमन्त्री र उनको दल अप्ठ्यारो भीरको मोडमा पु¥याईदियो । नजिकै स्थानीय निकाय निर्वाचनको बेला आउनु र त्यसको परिणाम कसरी प्रभावित पार्न सकिन्छ भन्ने आ–आफ्नै धाउन्नले गृहमन्त्रालयमा त्यतिसम्मको रस्साकस्सी  र हानथाम भएको हुनुपर्छ ।

अहिलेको अवस्थामा चाहे जनमत वा चाहे सामाजिक हिसाबले नै किन नहोस, गृहमन्त्री वामदेव शक्तिशाली व्यक्ति नै हुन । उनको दुई ठाँउबाट पाएको अत्यधिक अभिमत र सरकारमा पार्टीको तर्फबाट नेतृत्व गर्ने अवसरले यहि कुराको पुष्टी गर्दछ । चुनावी प्रचार–प्रसार र सभा सम्बोधनका क्रममा समेत उनले अबको एमालेको नेतृत्व लिने र भावी प्रधानमन्त्री भनेकै म स्वयम हँु भन्न वाक्य सायद कँहिपनि छुटाएनन होला ।

राजनैतिक हिसाबले उनी सिनीयर, संविधानसभा–२ को  दास्रो ठुलो दल नेकपा एमालेको पार्टी उपाध्यक्ष र पदिय हिसाबले तीन पटकसम्म गृहमन्त्रालयको कार्यभार सम्हालिसकेका व्यक्ति हुन । गृह मन्त्रालयमा त्यति ठुलो हानथाप र खोसाखोस हुनुको रहस्य उक्त मन्त्रीको रुपमा पाईने आजीवन सेवासुविधा, हैसियत र सम्मानलाईपनि लिन सकिन्छ  तर वास्तविकता के पनि हो भने आज गृहमन्त्रालय चलाउन पाउनु भविष्यको प्रधानमन्त्री बन्न आफुलाई योग्य र सक्षम बनाउनु हो । कतिपय देशमा सक्षम गृहमन्त्रीलाई भावी प्रधानमन्त्रीको रुपमा लिएको पाईन्छ जुन नेपालको सन्दर्भमा समेत लागु हुन्छ ,यद्दपी अहिलेका प्रधानमन्त्री शुसील कोईराला राज्यमन्त्रीसमेत नभई प्रधानमन्त्री बन्न सफल हुनुभयो ।


आफ्नो सम्पुर्ण जीवनजगत नै राजनीतिका लागि सुम्पनेहरुले पार्टी नेतृत्व तथा सरकार प्रमुखको ईच्छा र आकांक्षा राख्नु स्वभाविक हो । अझ हाम्रो जस्तो चुनावका बेला झन चिल्ला आश्वासनका फोका बाडिने मुलुकका लागी त्यति धेरै महत्वकांक्षी उद्घोष सामान्य नै हो । यतिबेला गृहमन्त्रीको चर्चा वहाँको कामले भन्दापनि बोलीका कारण चुलिएको छ । हाम्रो देशका कतिपय उच्च पदस्थहरु कामले भन्दापनि कुराले नै चर्चित हुने पुरानै परम्परा हो । जबसम्म कुनै व्यक्तिको बखान उसको कुराले भन्दा कामले हुदैन तबसम्म देशको विकास त के समृद्धिको मार्ग प्रशस्तसमेत सम्भव हुदैन ।

एकजना युवासंघका जिम्मेवार व्यक्तिले एसएसपी रमेश खरेल गृहमन्त्रीलाई असफल बनाउन लागिपरेको र खरेलको कामले प्रहरीर्को चेन अफ कमाण्ड’ ध्वस्त भई प्रहरीभित्र अराजकता फैलिएको आरोप लगाएका छन । गृहमन्त्रीलाई असफल बनाउनु भनेको के रु के पद नै टसमस पारिदैछ भन्न खोजिएको हो रु यदि त्यसो हो भने हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने नेपालको अन्तरिम संविधान २०६३ को धारा ३८९८० बमोजिम कुनै मन्त्रीले प्रधानमन्त्रीसमक्ष लिखित राजीनमा नदिएमा, प्रधानमन्त्री आफ्नो पदबाट मुक्त नभएमा,सम्बन्धित दलको सिफारिस वा सल्लाहमा प्रधानमन्त्रीले निजलाई पदमुक्त नगरेमा वा निजको मृत्यु नभए सम्मका अवस्थाहरुमा मन्त्रीमाथी वा मन्त्रीलाई कसैले पनि असफल बनाउने हिम्मत र हेक्का राख्दैनन । मन्त्री पद चानचुने पद होईन, यो त जनताले आफुमाथी आफैले शासन गर्न निर्वाचनद्धारा पठाएको प्रतिनिधी हो । शैनिक शासन भएका मुलुकहरुमा बाहेक प्रतिनिधीमुलक शासन व्यवस्था भएका मुलुकहरुमा एउटा जिम्मेवार प्रहरी अधिकृतले गृहमन्त्रीलाई असफल पार्न खोज्नु भनेको जनतालाई असफल पार्न खोज्नु हो ।

 सैनिक अधिकृत, प्रहरी अधिकृत वा स्थायी सरकार भनिने निजामती कर्मचारी प्रशासनका जतिसुकै उच्च पदस्थ अधिकारी नै किन नहुन, उनीहरु सबै सम्बन्धित मन्त्रालय सम्हाल्ने जनप्रतिनिधी मन्त्री भन्दा जहिलेपनि तल नै हुन्छन । यो नै सच्चा लोकतन्त्रको दीर्घकालिन अभ्यास हो । यस्तो बेलामा एउटा प्रहरी अधिकृतले आफुभन्दा चार तहमाथीको जनताको वास्तविक प्रतिनिधीलाई असफल पार्न खोजेको देख्नु हामी सबैको भुलबाहेक अरु केहि हुन सक्दैन ।

अझ कतिपय अवस्थामा एसएसपी खरेललाई नै सेलीव्रेटी बन्न खोजेको आरोपसमेत लगाउन भ्याउनुभयो । जहाँसम्म सेलिवे्रटी बन्ने सन्दर्भ छ, सेलिब्रेटी बन्न चाहेर सम्भव हुने कुरा हाईन, यो त अरुद्धारा बनाइने कुरा हो । अक्सफोर्ड डिक्सनरीको सातौ संसकरणका अनुसार्र प्रसिद्ध हुने अवस्था’ नै सेलिवे्रटी हुनु हो । अब आफै सोच्नुहोसर्, म सेलिव्रेटी हुन्छु’ भनेर प्रसिद्धि कमाईन्छ वा आफ्नो काम गराईद्धारा रु जुनसुकै पेशा, व्यवसाय वा क्षेत्रमा लागेका व्यक्तिहरुलाई सेलिव्रेटी बन्ने रहर हुन्छ तर भरमग्दुर प्रयासका वाबजुतपनि सेलिबे्रटी बन्न नसकेका थुप्रै उदाहरण छन । भन्नुको तात्पर्य सेलिबे्रटी त्यस्तो पद हो जुन असल कार्यको कदरस्वरुप भावनात्मक रुपमा सबैद्धारा स्वस्फुर्त प्रदान गरिन्छ ।

एसएसपी रमेश खरेलले राम्रो काम गरेका छन वा नराम्रो त्यो त पंतिकारले भन्न नसक्ला तर नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले धनगढिको पत्रकार सम्मेलनमा बताएअनुसार खरेलले प्रहरीर्को  चेन अफ कमाण्ड’ नतोडेको भन्ने कुरामा भने विश्वस्त यो पंतिकार विश्वस्त छ । भलै एसएसपी रमेश खरेललाईसमेत गुण्डाका नाममा व्यक्ति प्रकाउ गर्दै र प्रमाण नपुगेको आधारमा छोड्दै गरेको तथा आफ्नो बढुवाको बेला असन्तुष्ट भई कार्यालय नै नगएकोजस्ता आरोपसमेत लाग्ने गरेका थिए ।


मुख्य कुरा के हो भने पदभार ग्रहण गर्दा प्रहरी कर्मचारी वा अधिकृतहरुलाई चाकडि नगर्न निर्देशन दिने गृहमन्त्री स्वयम्ले एउटा ऐन र नियमले बाँधिएको प्रहरी अधिकृतलाई मलाई भेट्न आएन भन्नेकुरालाई नेपाली जनताले कसरी बुझ्ने रु के जनताद्धारा छनौट गरिएको सच्चा जनप्रतिनिधीले यस्तो अभिव्यक्ति दिन मिल्छ रु कतै नजाँनिदो किसिमले नेतृत्व तहबाटै चाकडिवाज मौलाईरहेको त छैन रु शासर्न व्यक्तिले होईन विधिले चल्नुपर्छ’ भन्ने विधिशास्त्रीय सिद्धान्तलाई कतै वाईपास गर्न खोेजिएको त होईन रु यी र यस्तै प्रश्नहरु आज आम नेपाली जनमानसको मानसपटलमा उठिरहेका छन । सामान्य व्यक्तिले सामान्य व्यक्तिको बारेमा बोलेको भए यो राष्ट्रिय महत्वको विषय बन्दैन्थ्यो । जिम्मेवार व्यक्तिले जिम्मेवार व्यक्तिकै बारेमा यस्तो अमिल्दो अभिव्यक्ति दिँदा जनताको तर्फबाट वैरभावका बाछिटा आउनु त्यति अस्वभाविक हो जस्तो लाग्दैन ।

 कतिपय एमाले नेता, कार्यकर्ता र एमालेप्रति विश्वास गर्ने कयौ जनताले वामदेवलाई वर्तमान किंगमेकर र भावी प्रधानमन्त्रीको रुपमा व्याख्या गर्ने गरेका छन । तर त्यति ठुलो आधार भएको व्यक्तिको त्यति हलुका भनाईले अब नेपाली जनताले वहाँलाई कसरी बुझ्ने रु यदि गृहमन्त्रीको उक्त भनाई कार्यक्रममा उपस्थित आफ्ना कार्यकर्ता र समर्थकहरुलाई हौस्याउन र उत्तेजित पार्न बोलिएको हो भने  केहि भन्नु  छैन तर उक्त अभिव्यक्ति एउटा शक्ति सम्पन्न गृहमन्त्रीको आदेशात्मक हुँकार हो भने गृहमन्त्रीको भविष्यको बाटो त्यसैले नै पहिल्याउने छ ।
 


२०७१, बैशाख ४ गतेको नयाँपत्रिकामा प्रकाशित 

1 comment: