Saturday, September 5, 2015

बाबुरामको इमान्दारिता परिक्षण


नेपाली राजनीतिमा फागुन १६ गते सबैको पर्खाईको दिन थियो । विपक्षीहरुले भनेजसरी नै हजारौ जनता खुलामन्चमा आए र सबैका कुरा चुपचाप सुने । त्यतिकैमा जनताको आंधीवेहरी खुलामन्चमै छोडेर एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराई भारत हानिए । देशभर बाट विशाल शक्ति प्रदर्शन सफल पार्न कुनै कसुर बाकी नराखी काठमाडौँ आएका जनताले डा. बाबुराम भट्टराई  भारत गएर केहि राम्रै गर्नुहुन्छ सोचेथे  तर जनताको सोचाई र भट्टराईको क्रियाकलाप सोचेजस्तो भएन ।
                                 

                                                                                    - कृष्ण महरा 

जनताले यहाहरु(विपक्षी दल)ले भनेकै भरमा खुलामञ्चमा नअट्ने गरी भोकभोकै उपस्थित भएर अझै हामी तपाइकै पक्षमा छौ भन्ने एक हिसाबको संदेश नै दिएका थिए तर त्यसको ठिक बिपरित भट्टराईले भारत भ्रमणमा जाँदा भारतले नेपालको वर्तमान राजनैतिक गत्यावरोध अन्त्यको लार्गि सकारात्मक भूमिका खेलिदिन अनुनयविनय गरेछन जुन गर्नुहुन्थेन । के फागुन सोह्रको खुलामंचको विशाल जनसमर्थन नेपाली जनताले खेलेको   सकारात्मक भूमिका होईन र ?  लोकतन्त्रमा सबैभन्दा ठुलो जनता कि विदेशी राष्ट ?  भारत भ्रमणपश्चात भट्टराईले भारतीय पत्रिकाहरुमा दिएको अन्तर्वाता हेर्दा लाग्छ, नेपाली जनताको उक्त समर्थन  पैतालाको धुलो, भारतीय नेताहरुको समर्थन  शीरको टोपीसरह हो ।

केहि दिन अगाडी भट्टराईले नै कांग्रेश एमालेले  २०४७ सालको संबिधानमा नया गाता राख्न खोजेकोले जनतामा आएको भनेर सुदुरमध्य पश्चिम र कर्णालीको भ्रमणमा भन्नु भएकै हो ।देशीविदेशी शक्ति मिलेर आफुहरुको पार्टीलाई चुनावमा हराईयो भन्ने घुमाउरो आरोप एकातिर र अर्कातिर सार्वभौमसत्ता सम्पन्न देशको आन्तरिक मामिलामा ुभुमिकाको आव्हानले भट्टराईकै दक्षिणपन्थी झुकाव वलशाली देखिन्छ । भट्टराईले हेक्का राख्नुपर्थ्यो, नेपाली जनताको बिश्वास नगर्दा र भारतको चाही त्यति ठुलो भरोशा गर्दा आफ्नो अहिलेसम्मकै राजनीतिक इमेज जनताको मानसपटलबाट सजिलै हराउन सक्छ ।

भारत भ्रमण गर्ने हुँदैन वा भारतीय नेताहरु संग कुनै सम्बन्ध नै बनाउनु हुँदैन भन्ने मेरो आशय किमार्थ हुँदै होइन । सम्बन्ध विस्तारले दुई देशविच उच्चस्तरको कुटनीतिक सम्बन्ध बढ्नु त छदै छ, हामीजस्ता भारतीय सिमा नजिकका बासिन्दालाई समेत आवागमन सहज र सरल हुन्छ, तर यसरी देशको अति सम्बेदनशील र गम्भीर बिषयमा भट्टराईजस्तो कहलिएको बौद्दिक नेताले भारतीय मिडियामा देशभित्रको आन्तरिक मामिलालाई यति हल्का ढंगले बोलिदिंदा डा.बाबुराम भट्टराई त जनताको नजरबाट गिर्नु भयो नै तर नेपाललाई समेत सार्वभौमसत्ता सम्पन्न राष्ट होईन कि भन्ने आभाषसमेत गराउनु भयो ।

हामीमध्ये प्राथमिक शिक्षा भारतमा हाँसिल गर्ने कतिपयले बुद्ध भारतमा जन्मेका हुन्,भन्ने पढेकै  हुन् जुन  कुराको  भारतले संसारभरी नै भ्रमको खेती गरेको थियो सो कुरा  भारतीय वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले २०७१ साल श्रावण १९ गते नेपालको संसदमा आएर वुद्ध नेपालमा जन्मेका हुन् भन्दै उक्त तथ्यलाई गलत साबित गरिदिएका थिए । कि आज फेरी मोदी नै आएर्र नेपाल एक सार्वभौमसत्ता सम्पन्न राष्ट हे भनिदिनुपर्छ ?

डा.बाबुराम भट्टराई, तपाई कांग्रेश र एमाले देखि किन डराई रहनु भएको छ ? जनताले कांग्रेस एमालेलाई मन पराएर जिताएका होईनन नयाँ र जनताको सर्वोपरी हितमा काम गर्ने असल पार्टीको बिकल्प नभएर बाध्य भएका हुन् ।  महान क्रान्तीबाट शान्ती प्रक्रियामा आएको जिम्मेवार पार्टीको वरिष्ठ नेता तथा देशकै प्रधानमन्त्री भैसकेको व्यक्तिले किन एमाओवादीको रहेबचेको जनमतलाई धुलिसात गर्न त खोज्दै हुनुहुन्छ ?

जनताले कांग्रेश एमालेलाई राम्ररी चिनेका छन् (र कालान्तरमा सुधारिदै जानेछन भन्ने विश्वास छ, सुधारिएनन भने यिनीहरुको पनि भविष्य छैन) तर भट्टराईजस्तो जनता जनार्दनलाई उच्च स्थान दिने र जनताकै लागि क्रान्ती र बलिदान गरेको  देशकै मुर्धन्य ब्यक्तिपनि यसरी प्रस्तुत गर्दा जनताको आशाभरोशा नै समाप्त हुँदैछ । सबै भन्दा ठुलो कुरा निष्ठाको राजनीति र इमान्दारिता हो र एमाओबादीलाई विश्वास गरी आफ्नो अमुल्य मत दिने जनता,पार्टीका इमान्दार कार्यकर्ता, शहिद बेपत्ता तथा घाईते परिवार यतिखेर आफ्नो अभिमतलाई पुरै वाइपास गरि बिदेशीको भूमिकाको खोजि गरिदा के  सोच्दै हुनुहोला ?

तपाईले त अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्न मैले यसो गरेको हु समेत भन्न भ्याउनु भयो, तर यो अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्ने तरिका हो जस्तो लाग्दैन र अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्दा कुनै विदेशी राष्टमा गएर मेरो देशमा आएर भूमिका खेलिदिनुपर्यो भनेर सायदै भनिन्छ र राज्यकोषबाट पारिश्रमिक पाउने मन्त्रीस्तरीय संसद्को महत्वपूर्ण समितिको सभापतिले उपरोक्त कुरा विदेशी भूमिमा बोल्नु कुटनीतिक आचारसंहिता २०६८ को अनुकुल पक्कै हुन्न होला ।

हिजो र आजका अनलाईन र छापा पत्रिकाहरु कसरी पढ्नुहुन्छ ? कि पत्रिका हेरिनसक्दै फ्यात्त डष्टविनमा  मिल्काईदिनुहुन्छ ? एमाओवादी लगायत पहिचान पक्षधर भनिएका दलहरुले गत माघ पहिलो साता गरेको नेपाल बन्दका क्रममा पुर्व मन्त्री तथा एमाओवादी नेत्री हिसिला यमीले पत्रकारहरुलाई तल्लो स्तरको व्यवहार गर्दा उहाको कद र हैसियत छर्लंग भएको थियो, आज तपाई सार्वभौमसत्ता र अखण्डताको सवालमा कतै त्यस्तै आफ्नो इमान जमान र इज्जत घटाउने पथमा त हुनुहुन्न ?  

कांग्रेश एमाले वा अन्य दलहरु जजसले जे भनेपनि माओवादीको जनमत गतेको छैन । डा. साप तपाई ढुक्क हुनुस अविचलित भई देश र जनताको हितमा लाग्नुुस माओवादी पार्टी नै छिन्नभिन्न भएकोले जनमत घटेको हो र अझ सक्नुहुन्छ भने सबै माओवादी एक ढिक्का भएर जनतामा आउनुस जनता एक ढिक्का भएर स्वत नै माओवादीमा आउनेछन तर माओवादीको जनमत घट्यो भन्दैमा जनविश्वाससमेत घटाउने पर्यत्न नगरियोस ।

कांग्रेसले यो देशमा सबै भन्दा बढी शासनमात्रै गरेन, देश पछाडी पर्नुमा पनि उसकै हात छ, यो मैले भनिरहनु पर्दैन, घामजस्तै छर्लंग भएको कुरा हो । एमालेको कुरा  छोड्दिनुस, उसले त संबिधानसभा हाम्रो एजेन्डा नै होईन भनेको होइन र ? तर आज तपाईको क्रियाकलापले कांग्रेसएमालेलाई जनताको प्रिय पार्टी बन्ने अवसर दिंदै हुनुहुन्छ र तपाईका पछिल्ला गतिविधिले यी दलहरु यथास्थितिवादी र प्रतिगामी नभएर देशभक्त र राष्टियतावादी पार्टी सावित हुँदैछन । 

जब माओवादी एक ढिक्का थियो जनताले एक ढिक्का भएर उसैलाई पहिलो पार्टी नबनाएको हो र ? तपाई आज किन नेपाली जनताभन्दा अरु कसैलाई भूमिका खेलिदिन अनुरोध गर्दै हुनुहुन्छ ? अरु भन्दा पनि माओवादी संग जनताको अझै आशा छ किनकी आफ्ना लागि आफैले आवाज वुलन्द गर्नुपर्छ भन्ने ज्ञान नेपाली कुनाकन्दरा र भीरपाखाका जनतालाई माओवादीले नै सिकाएको हो र तपाईहरु आफै एकढिक्का हुन् सक्नुभएन र पो जनता पुरानै भीर समात्न विवश भए । यो कुराको समिक्षा र वहस गर्नुको सट्टा त्यस्तो जनताको साथ र काँध हुँदाहुँदै छिमेकी गुहार्न जानु तपाई नै सोच्नुस कतिको जायज हो ?

यहाको शक्ति प्रदर्शनमा जनताले त्यत्रो सांथ दिंदादिंदै सभा नै छोडेर जानुले यहाको शक्तिको श्रोत जनता हुन् वा अरु नै भन्नेकुरा अब भनिरहनु परेन । हुन् त मैले लेखेका यी कुराहरुलाई तपाई शहरिया सम्भ्रान्त र हुनेखाने बर्गका प्रतिनिधि शब्द ठान्नुहोला तर यी सुदुर नेपालको सुदुर जिल्ला दार्चुलाको हुँदा खाने वर्गका  प्रतिनिधि शब्द  हुँन र तथापी मलाई उक्त आरोपको विल्ला भिराईए पनि एक सच्चा नागरिकको नाताले चुपचाप सहन तयार छु ।

जनतालाई सदा सर्वोच्च मान्नेहरु इतिहासमा कहिल्यै हरेका छैनन । खोलो त बाह्र बर्षमा फर्कन्छ भन्छन तर निष्ठाको राजनीति फर्किन कहि बर्ष धर्य गरे पुग्छ, त्यसपछि जनतामाथि गद्दारी गर्नेहरु आफै बढारिनेछन, सच्चरित्रवानहरु स्थापित हुनेछन र तर सचेत हुनुहोला, धैर्यता र इमान्दारिता देखाउन नसक्दा  आफै बढारिएका थुप्रै उदाहरण छन  । तपाई लगयात सिंगो एमाआवादीको अहिले धर्यता इमान्दारिताको परिक्षण भईरहेको छ, देश बनाउनेहरुको अभिक्षमता परिक्षण यहि हो । पास भई देश बनाउने वा फेल भई आफै हराउने यहाँकै मर्जी ।

  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको भारत भ्रमण पश्चात लेखिएको मेरो विचार   

No comments:

Post a Comment