Saturday, September 5, 2015

मलाया एक्सप्रेस: कायापलट उपन्यास

कुरा लगभग एक वर्ष अगाडि जत्तिको हो । 'पढेर क्वै काम छैन दाई, म त जान्छु विदेशतिर,  गतिलो म्यानपावर भेट्टिए हेरिदिनुगाँउबाट फोन आएको जम्माजम्मी तीन दिन भएको थियो; फेरी फोन आयोर्, दाई म त कलंकी आईपुगे, लिन आउनुस  म झसंग भए ।  गाँउकै पल्लाघरे भाई रामबहादुरको कलंकी आगमन निश्चय नै शिक्षा शास्त्र लिई स्नातक पढ्दै गर्दा आयोगको परिक्षाको लाईनमा बस्नुको सट्टा विदेश भौतारिन परराष्ट्र मन्त्रालय अन्तर्गत राहदानी विभागको लाईन बस्न काठमाण्डौ छिर्नु  निःसन्देह स्वदेशी पढाई तथा देशप्र्रति नै वितृष्णा हो भन्दा फरक नपर्ला ।  सोँचे, यो परिस्थिती र मनस्थिती नेपालको शिक्षा प्रणालीले ल्यायो वा देशको लामो संक्रमणकालले वा अस्थिर राजनितीले वा अदुरदर्शी नीति निर्माता वा नेतृत्वले ? प्रश्न गम्भीर र विचारणीय छन ।

- कृष्ण महरा 
रामबहादुरले शिक्षा शास्त्रमा स्नातक तेस्रो वर्ष पढ्दै गरेपनि  केहि गरिखाने सीप र जाँगर भने त्यति सारो थिएन, भएपनि देखिन्थेन । छँदाखाँदाको पढाई र घरछोडि सदरमुकामको बसाईले भाईको पढाई निरन्तर चलेकै थियो । वाबुआमाले जेनतेन आधि पेट खाएरै भएपनि उसलाई पैसाको कमिको महशुस समेत हुन दिएका थिएनन । मैले सम्झाउने कोशिस गर्दै भनेर्,   राम्रो देश र गतिलो कमाई हुने देश जान्छौ भने कुनै न कुनै सीप अनिवार्य र अंग्रेजीमा दमदार दखल हुनुपर्छ, त्यस्तो देश गए अहिलेसम्म पढेको पनि साध्य हुन्छ, अर्थापार्जन पनि सबैले देख्नेगरि हुन्छ, । 

सोधेर्भाई, कुन देश जान्छौ त ? उ मन छोएसरी घोत्लियो र भन्योर्, यत्रो पढेर मलेशिया, कतार, साउदी जान्न अरु चाही हेर्दिनु, त्यही गए त कुरा काट्छन वरपरकाले । राम्रो देश जान नि उसको ल्याकतले भ्याएन र अन्ततः गाँउमा सिंगापुर जान्छु भन्दै मलेसियाको गारमेन्ट कम्पनीमा कपडाको काममा पासपोर्ट छोड्न तयार भयो । 

नेपाली दाजुभाईहरु विदेश जानुपर्ने थुप्रै कारण र वाध्यताहरु छन । थोरबहुत रमाईलो गर्न, विदा मनाउन र व्यापार व्यवसायको शिलशिलामा विदेश हानिएपनि झण्डै पञ्चानब्बे प्रतिशत नेपाली दुईछाक टार्न नै नेपाली माटो छोड्छन । नेपाली भुमी छोड्छन, पराई भुमी टेक्छन । जाँदा सपनाका रहर बुनेर जान्छन आउदा चकनाचुर पारेर फर्कन्छन । विगत केही वर्षदेखि नेपालमा यो परम्परा फस्टाउदो छ । रेमिट्यान्स भनिने पैसाको थैलीले धेरथोर घरधन्दा त चल्ला तर उर्वर युवाका पाखुरा देश विकाशमा कहिले प्रयोग हुने ? युवा नै नभएपछि देश विकाश कसले गर्ने ? अहिल्यै भन्न सकिने अवस्था छैन ।रामबहादुरको राहदानी बनाउने दिन आयो ।

परराष्ट्र मन्त्रालयको राहदानी विभागमा राती जाग्राम बसिबसि विदेश हुँईकिने लाईसेन्स लिनुपर्ने तितो यथार्थ मैले राम्ररी बुझेको थिए । भोलीपल्ट राती लाईन बस्ने ठाँउ आजै देखाईदिन भन्दै दिउसो तिन बजेतिर राहदानी विभागको बाटो लाग्दै गर्दा न्युरोडको आकासे पुलनिरको पुस्तक पसलमा भेटिर्यो  मलाया एक्प्रेस । मलेसिया जान ठिक्क परेको पल्लाघरे भाईलाई काठमाण्डौर्मै  मलाया एक्सप्रेस भेट्टिएपछि अहिले नै उक्त एक्सपे्रस चढ्न पाए हुन्थ्योजस्तो लागिरहेको अनुभव मैले भित्रै देखि गरिसकेको थिए । नयाँ पुस्तक किन्न ज्यान बन्धकीमा परेपनि पछि नहट्ने मलाई पुस्तक किनुकिनु लाग्यो । पुस्तक ओल्टाईपल्टाई हेरे, हेरेर अहँ, चित्त केहि गरि बुझेन । पुस्तक किनेर आफ्नो बाटोतिर लागियो ।

'मलाया एक्सप्रेस उपन्यास पढिसकेपछि केहि नभनि वा नलेखि बस्न सकिएन । नेपाली साहित्यसंसारमा कथा, कविता, निबन्ध, नाटक, उपन्यास, जीवनी तथा समसामयीक पुस्तकहरु थुप्रै लेखिए । नेपालको जल्दोबल्दो र समसामयीक विषयमा लेखिएका थोरै पुस्तकहरुमध्येको एक हो उपन्यार्स मलाया एक्सपे्रस

विशेषगरि वैदेशिक रोजगारी र आवाजविहिनहरुको तर्फबाट कलम चलाउने युवा लेखक अखण्ड भण्डारीद्धारा लिखित उक्त उपन्यास याम्बुरी वुक प्वाइन्टले प्रकाशन र दिदीबहिनी अफसेट प्रेसले मुद्रण गरेको हो र्। समाचारको भाषा पछि उनको यो दास्रो कृति  हो ।  युद्धले अलमल्याएका र विदेशले विरक्त्याएकाहरुलाई समपर्ण गरिएर्को मलाया एक्सप्रेसले दशवर्षे शसस्त्र दन्द्ध, त्यसको पीडा  र त्यसपछि देशमा निम्तिएको  भयावह अवस्थालाई जस्ताको त्यस्तै उपन्यासमा उतारेको छ । उपन्यासले नेपाली सामाजिक परिवेशलाई आफ्नो विषयवस्तु बनाएको त छ नै संगसंगै देशको जल्दोबल्दो समस्यालाई समेत उठान गरेको छ ।


पुस्तक : मलाया एक्सप्रेस
विधा : उपन्यास
लेखक : अखण्ड भण्डारी
प्रकाशक : याम्बुरी बुक प्वाईन्ट
मुल्य रु : ३५०

जीतबहादुर, उपन्यासका नायक जो नेपालमा दश वर्षसम्म चलेको जनयुद्धका भुक्तभोगी हुन । दशवर्ष ताका चलेको  युद्धपश्चात सरकारमा गईसकेपछि अभिवादन र लालसलाममा बाट नमस्तेमा झरेका कतिपय माओवादी नेताहरुको वास्तविकता र वैदेशिक रोजगारीमा नेपालीद्धारा नेपालीलाई नै ठग्ने परम्परालाई कंहिपनि नविराई शब्दमा उतार्नु लेखकको अथाह लेखकीय ज्ञानले मात्रै सम्भव भएको हुनुपर्छ । उपन्यासका हरेक पानाहरु हाँसोका फोहरा र आँशुका रोदनले भरिएका छन । 

लमिको बोली र प्रयोग गर्ने थेगोले हाँसाको उठान गरेको छ भने उमेर छँदा स्वदेशमा जनयुद्धले भविष्य अन्धकार बनाउदा पनि परदेश गएरसमेत ठगिनु र घरमा त्यतिधेरै माया गर्ने प्रियालाईपनि  गुमाउनुपर्दाको दृश्यले आँशु र दर्दको पैरवी गरेको छ ।  उपन्यासको कथावस्तुले  पढ्दापढ्दै हँसाउछ  र हाँस्दाहाँस्दै रुवाउछ । सुख र दुखको संयोजन हुनु उपन्यासको अभियोजन हो र्र मलाया एक्सप्रेस निसन्देह संयोगान्त उपन्यास हो यसले  नै यसको प्रशंसनिय पक्षको उजागर गरेको छ । उपन्यासमा खाट्टि नेपाली परिवेश, भाषाशैली र संस्कृतिको वेजोड मिलन भेट्न सकिन्छ ।   

मधेशी कथावस्तुमा मधेशी भाषाशैली र पहाडी परिवेशमा पहाडी भाषाशैलीको प्रयोग गरिएको छ । लेखक अखण्ड भण्डारी भन्छनर्, उपन्यासमा पात्रको भाषा सकेसम्म खोसिएको छैन । तसर्थ उपन्यासले सबै भाषाको उत्तिकै सम्मान गरेको छ भन्दा अत्युक्ति नहोला । क्रान्ती, युद्ध र आन्दोलनहरु संसारमा नभएका होईनन तर त्यसको प्रतिफललाई संस्थागत गर्न नसक्नाले देशको उर्वरिलो युवाशन्ति दैनिक सत्र सयको दरले विदेशिन वाध्य छ । 

संगसंगै मासिक उनान्सय वटा लास बाकसमा प्याक गरिएको अवस्थामा देश भित्रिन्छन भने विरत्तिलो परदेशमा ठगिने, अलपत्र पर्ने, जेलजीवन विताउन वाध्यहुने अझ मृत्युदण्डको सजायसमेत पाउने निमुखा नेपालीहरु अनगिन्ती छन । रोजगारीको शिलशिलामा विदेशिने कतिपय पुरुष तथा महिलाहरुको दाम्पथ्य जीवनमा दरार देखिएका छन भने कतिपयले परदेशबाट विप्रेषणको पठाएको रमक कुम्ल्याउदै फर्किआउदा अर्कैसंग घरजम गरिसकेका हुन्छन ।

यस्तो दयनीय दुरावस्थामा यी र यस्तै समस्यामा केन्द्रित गर्र्दै मलाया एक्सपेस लेखिनु वैदेशिक रोजगारीको क्षेत्रमा अत्यन्तै उचो धरहरा हो । सर्वप्रथम उपन्यास देशलाई लामो राजनैतिक संक्रमण अन्त्य गर्न नचाहने ठुला दलका सबैभन्दा ठुला नेताहरुले पढ्नुपर्दछ । त्यसपछि युवापुस्ताका नेता, वैदेशिक रोजगार विभागका उच्च पदस्थ अधिकारी, वैदेशिक रोजगार व्यवसायी, विदेश जान आँतुर कामदार, निजहरुका घरपरिवार तथा स्वदेशमा सुको नदेख्ने विदेशमै पैसाको खेति देख्ने सबैर्ले मलाया एक्सप्रेस भुलेरपनि पढ्न छुटाउनुहुन्न । 

अझ म त भन्छु चलचित्रका चर्चित निर्देशकहरुको हातमा यो पुस्तक पुग्नैपर्छ । वहाँहरुले आँट गर्न हुन्छभने मलाया एक्सपे्रस माथी चलचित्र बन्नुपर्छ र सरकारले सो चलचित्र परराष्ट्र मन्त्रालयको राहदानी विभाग, श्रम मन्त्रालयको वैदेशिक रोजगार विभाग र त्रिभुवन विमानस्थल अगाडि ठुलो पर्दामा देखाइनु पर्दछ । उक्त चलचित्रले वैदेशिक रोजगारमा सिंचित समस्याहरुलाई निमिट्यान्न पार्ला त भन्न नसकिएला  तर त्यसो गर्न सकियो भने ढिलोचाँडो सकारात्मक प्रभाव भने अवस्य पार्नेछ ।

'मलाया एक्सप्रेस दशवर्षे जनयुद्ध भिडेकाहरुका लागी र विदेशको भुमरीमा विरक्तिएकाहरुका लागी दैनिकी हो, जनयुद्ध नदेखेकाहरुका लागी इतिहाँस, अध्येताहरुको लागी उपन्यास, युवापुस्ताको लागी प्रेमकहानी, र चलचित्र पारखीहरुका लागी सफल चलचित्र हो । राजनैतिक अस्थिरता, संविधानविहिनता, तरल संघियता वहस, भ्रष्ट्राचारको जगजगी, दण्डहिनता, विधिको शासनको अभाव, स्वेच्छाचारिता, अप्रत्यक्ष अन्तराष्ट्रिय हस्तक्षेप र गिर्दो अन्तराष्ट्रिय छवीजस्ता अनेकन समस्याले थलिएको देशमा वैदेशिक रोजगारीपनि अनुगमन र नियमनको अभावमा समस्याको रुपमा अगाडि आईरहेको छ । 

यस्तो बेलामा देश बनाउन ईन्जिनियरले स्केल, डाक्टरले सिरिन्ज, पेन्टरले मसि र  लेखकले कलम प्रयोग गर्नुपर्दछ । संवैधानिक कानुनका विज्ञ तथा असोसिएट प्रोफेसर गणेशदत्त भट्ट भन्छनर्, वैदेशिक रोजगारीको  भविष्य भयावह हुनबाट बचाउन बलियो कानुन बनाई नियमन गरिनुपर्दछ उपन्यासको विषयवस्तु  मध्य भागबाट सुरु हुनु, मध्यभागमा  उपन्यास एउटा प्रसंगमा सलल बगिरहदा एक्कासी अर्को प्रसंग आउनु र केहि नयाँ शब्दहरुको प्रयोगले उपन्यासको शक्तिशाली धरातललाई कमजोर तुल्याएको छ  । 

त्यसैगरि भाषाविद् तथा नेपाली भाषाको वकालत गर्नेहरुले उपन्यासले नेपाली मानक भाषा विगारेको तर्क गर्न सक्दछन । मैले यो पुस्तक विदेशमा रहनुहुने आफन्त तथा साथीभाईहरुलाई पढ्नु भनिरहदा विदेशमा पुस्तकको पहुँच सहज नभएको जवाफ पाएको छु । पहँुच असहज पनि अब उप्रान्त सुधार गरिनुपर्ने पक्ष नै हो । 'मलाया एक्प्रेस पढेर भ्याईयो । पढ्नेबेला पल्लाघरे रामबहादुर पनि संगै थियो । अहिले भने उ मलेशिया पुगिसकेको छ ।  मलेशियाको गारमेन्ट कम्पनीमा काम गर्न भिषा लगाएको रामबहादुरले मलेशिया पुगेको पाँचौ दिन फोन गरेर भन्दैथियो, दाई मलाई त म्यानपावरले फसाएछ, कपडाको काम भनेको, वेल्चाले नहर बनाउने काम पो रहेछ । 


उपन्या 'मलाया एक्सप्रेसले यस्तै तन र मन स्वदेशमै छोडि आफु विदेशिएको जीतबहादुरको कथा समेटेको छ । दश वर्षे शसस्त्र दन्द्ध र त्यसपछि वैदेशिक रोजगारीले निम्त्याएको पीडालाई जस्ताको त्यस्तै उतार्ने उपन्यासकार अखण्ड भण्डारी बधाई तथा धन्यवादका पात्र छन । जन्मभुमी नेपाल भई कर्मभुमी परदेशलाई बनाउन बाध्य नेपालीहरुको वास्तविक कथामा आधारित उपन्यास साच्चै नै मार्मिक छ /

लेखक अखण्ड भण्डारीको उपन्यास 'मलाया एक्सप्रेस' पढेपछि   

No comments:

Post a Comment