Friday, August 7, 2015

सीमापारीको काव्यिक साहस

               कृष्ण महरा


पुस्तक समिक्षा
                  
सन्तान विदेशतिर हुने गाँउघरका आम जनताले मात्रै होईन सरकारले समेत नेपालीले परदेशमा काम गरेर धेरै रेमिट्यान्स पठाए र देशको अर्थतन्त्र धानियो भन्नेकुरा बारम्बार भन्ने गरेको छ । नेपालीहरुले विदेशमा रहेर रेमिट्यान्समात्रै ल्याउदैनन भन्ने पछिल्लो उदाहरण बनेकी छन कवि समाश्री र उनको कवितासंग्रर्ह वंशलोचन’ । 

इजरायलमा बसेर नेपाली साहित्यको सर्वोच्च विधा कवितालाई आफ्नो साथी बनाएर प्रकाशन गर्ने कवि समाश्रीको प्रयासले समग्र प्रवासमा बस्ने नेपालीको शीर अवस्य ठाडिएको हुनुपर्छ ।

कविताको  माध्यमबाट नेपाली साहित्यमा प्रवेश गरेकी कवि समाश्रीको जोशजाँगरमेहनत र साहित्यिक विधाप्रतिको अटुट छरपष्ट मायाको प्रतिविम्ब र्हो वंशलोचन’  कवितासंग्रह।

काठमाण्डौंको बालाजुमा जन्मिएर कर्मक्षेत्र इजरायल बनाएकी कवि समाश्रीले इजरायलबाटै नेपाली कवितालाई अथाह माया गर्रि  वंशलोचन’ को जन्म दिनुले नेपाली कविताजगत हर्षले गद्गद् भएको हुनुपर्छ । अझ भन्नुपर्दा नेपालमा नेपाली साहित्यिक विधा कविताको बजार छैननेपाली बजारमा कविता विक्दैनन भनि हल्ला फिजाउनेहरुलाई ठाडो चुनौती हो कवि समाश्रीको काव्यिक यात्राको सुरुवात । वर्षेनी जन्मभुमी नेपाल भएपनि कर्मभुमी प्रवासलाई बनाएका लाखौ नेपाली साहित्यिक स्रष्टाहरु हरेक वर्ष केही न केही लिएरै आएका हुन्छन । 

रामेछाप घरभई कतारलाई आफ्नो कर्मभुमी बनाउनुभएका कवि भानू सुनुवारको गजलसंग्रर्ह रहरको विस्कुन’ यसैको अर्को दृष्टान्त हो । पति समाश्रीका जीवनसाँथी सञ्जय रावत प्रकाशक रहेको उक्त कविता संग्रह ट्रिनिटी प्रकाशन प्रा.लि.ले संग्रह वितरणको चाँजापाँजो मिलाउनुभएको छ भने कविमुक्तककार रमेश पौडेलले आवरणमा सुन्दर रहरका बुट्टा भर्नुभएको हो ।    

कवितासंग्रहमा देशप्रेमनारी वेदना त भेट्न सकिन्छ नै  संघर्षआक्रोस र विद्रोहलाई छोप्न सकिन्छ । यो शसक्त प्रस्तुतीमा सफल भएकी छन कवि समाश्री । संग्रहमा आमाछोरी र धर्काहरुतिमीविना म उस्तै रहिरहेआज चुनाव छसहिदकी आमासिपाहीकी स्वास्नी लगायत अन्य गरि ४६ वटा कविताको वेजोड प्रस्तुती छ । कोही भन्दा कोही कम चोटिला र जोसिला छैनन ।

विदेशी भुमीमा बसेर नेपाल र नेपाली साहित्यप्रति यतिधेरै माया र स्नेहको परिणाम हो कवि समाश्रीर्को वंशलोचन’ । कवितासंग्रहले परिस्थिति र मनिस्थितिले नेपाल बाहिर बस्ने नेपालीहरुको र विशेषगरि नेपाली नारीहरुको स्वदेशप्रतिको मायापरिवारसंग संगै बस्न नपाउनुको पीडा नेपालीहरुले वर्षौ देशबाहिर बस्नुपर्दाको अमिलो आभाष बोकेको छ । नेपाली साहित्यलाई माया गरि पराई भुमिमा नेपाली साहित्यको बोट उमारी नेपाली साहित्यको सर्वदा सम्मान र नमन गर्ने कवि समाश्री वडो हिम्मत र आँटका सार्थ  वंशलोचन’ मार्फत परदेशबाट घरदेशमा एक हिस्सा बन्दै आएकी छन ।

पुस्तक : वंशलोचन
विधा : कवितासंग्रह
कवि : समाश्री
मुल्य : २००
पृष्ठ : १४४

सातसीमा पारी बसेर कवि समाश्रीले नेपाली साहित्यलाई दिएको समय र बौद्धिकता आफैमा अपार छ । यतिठुलो हृदय भएकी कविमन समाश्री परदेशमा भएको बेला यो कृतिको विमोचन भने स्वदेशमै भएको हो । कवितासंग्रर्ह वंशलोचनको विमोचन कविवर तुलसी दिवसको प्रमुख आथित्यमा भएको थियो । उक्त समारोहमा वरिष्ठ साहित्यकार रामविक्रम सिजापतिवरिष्ठ गजलकार तथा समिक्षक ललिजन रावलचर्चित कवि श्रमण मुकारुङसमालोचक÷कवि गीता त्रिपाठीकवि रमेश पौडेलजस्ता मुर्धन्य साहित्यिक श्रष्टाहरुको गरिमामय उपस्थितिले सभालाई सभ्य र भव्य बनाएको थियो ।

त्यसैगरि वालान्द राईगणेश पराजुलीकेशव पौडेल लगायत थुप्रै साहित्यिक स्रष्टाहरुको उपस्थितिले निम्त्याएको समारोहको रौनकता वर्णन गरिनसक्नु थियो । नेपालमा कविताहरु खासै पढिन्नन्  भनि एकथरीले भनिरँहर्दा वंशलोचन’ कवितासंग्रह पढ्न पाउदा मनमा उत्पन्न हुने कौतुहलताजोश र तीव्रईच्छा थामीनसक्नु हँदोरहेछ र आम पाठकलाईसमेत त्यस्तै हुनेछ भन्ने मलाई लागेको छ । त्यसैगरि कविको प्रस्तुतीको गहनतासरलता र मौलिकताले सारा पाठकहरु हर्षले पुलंकित हुनेछन भन्ने म ठान्दछु ।

कवि समाश्रीको कवितासंग्रहमाथी टिप्पणी गर्दै चर्चित कवि तुलसी दिवसले भन्नुभएको छर्,   पहिलो कृतिमा नै यति शसक्त कविताहरु लिएर कवि समाश्री आएको देख्दा म त खुसीले गदगद अचम्भित भएको छुयति हिम्मत र आँटका साँथ जोखिम लिएर लेख्न सक्ने कविहरुमा मैले समाश्रीलाई भेटेको छु’ । 
  
जसरी सयमा सय प्रतिशत त्रुटिरहित यो संसारमा कुनैपनि चिज भेटिन्नत्यसैगरि समाश्रीको कवितासंग्रह पनि निष्कलंक छैन । केहि शब्दहरु सामान्य नेपाली जान्नेले त केकविहरुकै लागी पनि बुझ्न नसकिने खालका छन । कविताको आफ्नै भाषा हुने भएपनि सबैले बुझ्न सकिने भाषाको प्रयोग भएको भए सुनमा सगन्ध हुनेथियो ।

सन १९०१ देखि प्रदान गरिदै आएको अति सम्मानित नोबेल पुरुस्कार सन २०१४ सम्म आईपुग्दासम्म साहित्यतर्फ मात्रै १११ जनालाई प्रदान गरि सकिएको छ । त्यसमा पनि २१ जनालाई त उक्त पुरुस्कारले विशुद्ध कविताका लागिमात्रै सम्मानित गरेको छ । यसैबाट थाहा हुन्छ विश्व बजारमा कविताको शक्ति कति छ भनेर । नेपाली कविताकै नाममा कोहि महाकविकोहि आँसु कवि त कोही युगकवि भए । 

कविताले नै यीनलाई संसारभर चिनायो भने भौतिक संसारबाट विदा भएर गएपनि यी कवि सदा अमर रहिरहे । माथीका तथ्यहरुले देखाउँछ कविताको शक्तिबजार र विश्व साहित्य जगतमा साहित्यिक हिस्सा ।कविताको संसारमा कवि समाश्रीको यो लगावहिम्मत र आँट स्वदेशविदेश जहाँभएपनि निरन्तर उर्जामय रहोससाहित्यिक र काव्यात्मक सुखद यात्राको लागी हार्दीक शुभकामना ।

साउन २२ को नागरिक दैनिकमा प्रकाशित 
See more at :

1 comment:


  1. "कवि समाश्रीको कवितासंग्रहमाथी टिप्पणी गर्दै चर्चित कवि तुलसी दिवसले भन्नुभएको छर्, पहिलो कृतिमा नै यति शसक्त कविताहरु लिएर कवि समाश्री आएको देख्दा म त खुसीले गदगद अचम्भित भएको छु, यति हिम्मत र आँटका साँथ जोखिम लिएर लेख्न सक्ने कविहरुमा मैले समाश्रीलाई भेटेको छु’ । "

    "वंशलोचन "कविता संग्रहको बारेमा आफ्नो अमुल्य समय खर्चेर समिक्षा गरिदिनु हुने Krishna Mahara ज्यु प्रति हार्दिक आभार |

    ReplyDelete