Wednesday, June 11, 2014

व्रिफकेस, रकमान्तर र जेब्राक्रसिङ

                              
                                                                                                                                                  कृष्ण महरा

वीवीसी नेपाली सेवाको साप्ताहिक सांझा सवाल कार्यक्रममा प्रधानमन्त्रीको कार्यालयका सचिव आफुहरुले करप्सन परसेप्सन ईन्डिकेटरमा सुधार ग¥र्यौं भनेर गर्विलो तर्क गरिरहेका थिए । सोहि साता नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक बन्न पैसाको विटोसहितकोे व्रिफकेस शक्तिकेन्द्रहरुमा ओसारपोसार हुदैछ भनेर नेपाल प्रहरीकै एकजना एसएसपीले एउटा सार्वजनिक कार्यक्रममा बोलिदिए । उता संविधानसभा भवन नयाँ वानेश्वरमा अर्थमन्त्रीले बजेट रकमान्तर गरेको भन्दै प्रमुख प्रतिपक्षि तथा सत्ता साझेदार दल नै सरकारको दोहोलो काटिरहेका थिए ।

दौरा सुरवाल र ढाका टोपीमा सुरक्षाकर्मीको साँथमा आफ्नै पार्टी एमालेको कार्यक्रममा पुग्न बीच सडकको डोरी नाघेर बाटो क्रस गर्दाको तस्विर सार्वजनिक र विवादास्पद अभिव्यक्ति दिएको भन्दै काठमाण्डौका प्रहरी प्रमुख रमेश खरेलको सरुवा गरिएपछि पत्रपत्रिका, सामाजिक सञ्जाल र अन्य सम्पुर्ण सञ्चारमाध्यमहरु यी नै विषय प्रसंगले भरिभराउ छन । वृफकेसको हल्ला, अर्थमन्त्रीले आफ्नो जिल्लामा मात्रै टुके्र बजेटमार्फत देखाएको कनिका मोह र आर्थीक वर्ष समाप्त हुनै लाग्दा जसरीपनि बजेट सक्ने चटारोले नजानिने किसिमले भ्रष्ट्राचारको अन्तर्भाव दृष्टीगोचर हुन्छ ।

नेपाल प्रहरीमा रमेश खरेलको नाम अहिलेमात्रै सुनिएको होईन, पोखरा, विरगन्ज र काठमाण्डौं हुँदापनि खरेलको नाम लाखौ तारामा चन्द्रमाझै चम्केकै हो । खरेल कार्यसम्पादनमा उत्कृष्ट छन या निकृष्ट त्यो प्रहरी संगठनले नै मुल्यांकन गर्ने कुरा हो, गरिपनि रहेको छ । काठमाण्डौका गुण्डा तथा कथित डनहरुलाई तह लगाउने काम होस या होटल रेष्टु«राहरुमा हुने अवैध यौन धन्दा निमोठ्ने अभियान नै किन नहोस, त्यस्ता साहसिक एवं निर्भीक कार्यहरुमा रमेश खरेल एक नम्बरको नाम हो । 
पर्सा जिल्लामा आफ्नो कार्यकालमा शान्ती शुव्यवस्था कायम, सीमामा हुने अवैध तस्करी नियन्त्रण, चुरे संरक्षण तथा वनमाफीयाहरुलाई मुटु थर्काउने काम उनको कार्यलाई उचाईमा पु¥याउने अर्काे कोशेढुंगा हो । एसएसपी रमेश खरेललाई काठमाण्डौको प्रहरी प्रमुख बनाईदा काठमाण्डौवाशी सम्पुर्ण जनताले वाहवाह गरेका थिए भने गुण्डा, मुन्दै्र, लफंगा, चोर, डाका, फटाहा, झोले र डनहरुको भागाभाग र चिच्याहट सुनिएको थियो । कतिपय गुण्डाहरु नेताहरुको आड लिएर हुर्मत गरिरहेका बेला ती गुण्डाहरुलाई तिनीहरुलाई फ्याउराको संकेत दिई जनतालाई भयमुक्त वातावरणको सिर्जना गरि एसएसपी खरेरले शान्तीको अनुभत गराएकै हुन ।    

अहिले रमेश खरेल चर्चित हुनुमा न कुनै गुण्डा लखेटिएका छन न उनले कुनै माफिया वा तस्कर नै समातिएका छन । उनलाई फेरी चर्चाको रंगमञ्चमा ल्याउने त्यहि वृफकेस हो जसका बारेमा उनले सार्वजनिक अभिव्यक्ति दिएका थिए । हो, कानुनले वाधिएको प्रहरी संगठनको जिम्मेवार व्यक्तिले त्यसरी सार्वजनिक कार्यक्रममा उक्त अभिव्यक्ति दिनु पक्कैपनि सोभनिय कुरा होइन । तर वरिष्ठहरुभन्दा बढि कनिष्ठहरुनै बढुवा र पुरुष्कारको भागिदार हुने मुलुकमा व्रिफकेस कल्चर नमौलाएको होला भनेर भन्न सकिन्न । 

प्रहरी प्रधान कार्यालय र गृहमन्त्रालयले असोभनिय अभिव्यक्ति भन्दै खरेललाई सजायस्वरुप काठमाण्डौ प्रहरी प्रमुखबाट समेत सरुवा गरियो । निर्वाचन आयोगले नउल्ट्याएको भए खरेललाई एक किसिमको ठुलो सजाय दिईसकेका थिए । त्यो सफल भएन भन्दै सत्यतथ्य छानविन भन्दै नेपाल प्रहरीका वहालवाला(बढुवाको सुचिमा परिसकेका) प्रहरी नायब महानिरीक्षक विज्ञान राज शर्माको संयोजकत्वमा छानविन टोली गठन गरियो । छानविन समितिले खरेलको रेकर्ड फाईलमा नजनिने गरि सचेतनात्मक कारबाहिको सिफारिस गरिएको छ ।

पत्रकार एवं चर्चित लेखक विजयकमारले भनेका छर्न अनुशासनको नाममा खरेलहरुको सरुवा हुदै जाने र खरेलकै शब्दमा विृफकेस कल्चर बलियो हुदै जानेहो भने त्यो भयंकर ठुलो दुर्भाग्य हुनेछ
कुनै रेकर्ड फाईलमा जनियोस या नजनियोस, यो रमेश खरेललाई गरिएको सजाय नै हो । अब खरेललाई सजाय गरिसकेपछि विृफकेस कल्चरपनि समाप्त हुन्छ त ? के अब कार्यसम्पादन तथा बढुवामा पहिलो नम्बरमा हुनेहरुले नै बढुवा र पुरुस्कार पाउछन त ? अब उप्रान्त देश र जनताको लागी व्यक्तिगत तथा पारिवारीक स्वार्थबाट माथि उठी डटीरहनेहरुले ढुक्क भए हुन्छ त ?   

 त्यस्तै अहिलेका मध्यशिखरमा पुगेका अर्का व्यक्ति सुस्त सरकारका चुस्त अर्थमन्त्री डा. रामशरण महत । उनी चुस्त यो मानेमा कि उनी विभिन्न ४९ शिर्षकमा आफ्नो निर्वाचन क्षेत्र नुवाकोट २ मा खुसुक्क १ करोड ५४ लाख पु¥याउन सफल भएका छन । यस विषयमा अर्थमन्त्री स्वयम तथा सत्तारुढ दल नेपाली कांगे्रसका केही नेता नै वचाउमा लागेका छन भने अर्थविदहरु विपक्षको कित्तामा उभिएका छन । प्रतिपक्षी दलहरुलाई त संसद वैठक बस्न नपाउदै अवरुद्ध गर्ने सजिलो मसला नै बनेको छ ।

लमजुंङमा शिक्षकदेखि न्युयोर्कस्थित सयुक्त राष्ट्रसंघको जागिरको अनुभव संगालेका मन्त्री महत नेपालमा औलामा गन्न सकिने अर्थमन्त्रीहरु भित्र पर्दछन । महतले अर्थ मन्त्रालय सम्हालेको यो पहिलो पटक होईन, उनले यो जिम्मेवारी पटकपटक सम्हालीसकेका छन  । उनी आफैमा अर्थशास्त्रका विज्ञ हुन । टुक्रे बजेट त्योपनि आर्थिक वर्षको अन्ततिर गरिएको रकमान्तरले संसदमा खल्लीबल्ली मच्चिएको छ । संसदमा सभासदर्ले के नेपाल भनेको अर्थमन्त्रीको निर्वाचन क्षेत्र मात्रै हाभनेर प्रश्न उठाएका छन । यसको चित्त बुझ्दो जवाफ न सरकारले दिएको छ न प्रधानमन्त्रीले नै । प्रमुख प्रतिपक्षी दल एनेकपा माओवादीले संसदमा प्रधानमन्त्रीसंग प्रष्टिकरण मागेका छन ।

विगतमा सरकार वाहिर हुदाँ उनी त्यस्तो रकमान्तरको कट्टर विरोधी भएको कुरा जगजाहेर छ । धन देखेपछि महादेवका समेत तीन नेत्र भन्थे, त्यस्तै पदमा पुगेपछि सबैले आफ्नो विगत नसम्झिने गरि विर्सिदोरहेछ भन्ने कुराको गतिलो आधार बन्न पुगेको छ अहिलेको रकमान्तर । ठुल्ठुला राष्ट्रिय महत्वका योजनामा बजेट अपुग भए रकमान्तर गरिनु स्वभाविक हने अर्थविदहरु भनाई छ ।  यसरी आर्थीक वर्षको झण्डै अन्ततिर सानातिना टुके्र योजनामा बजेट रकमान्तर गरिनु आर्थीक विकासको आँखाले हेर्दा फलदायी हुदैैन ।

चर्चाका अर्का व्यक्ति हुन उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम । हुन त उनी अहिलेका मात्रै चर्चित होईनन । अन्य पार्टीहरुले भनेअनुसार विगतमा स्थानीय निकायको निर्वाचन एमालेको पोल्टामा पारेर चर्चित भए, कहिले पार्टी फुटाएर त कहिले पार्टीमा फर्किएर समेत चर्चामा  रहिरहे ।
पछिल्लो चरणमा  चर्चामा आउनुमा सुशील सरकार गठनमा गौतम नै किंगमेकर बने । सुशील कोईरालालाई सरकारको सिडी चढाईसकेपछि उनलाई गृहमन्त्रालय दिन नहुने भन्दै कांग्रेस पछि हटेपछि गौतम स्वयमले र्नै कांग्रेसको टांङमुनी छिरेर सरकारमा गईदैनभनेका थिए । 

अन्तत्वगत्वा कांग्रेसले वामदेवलाई गृहमन्त्रालय नदिई सुखै पाएन । मन्त्रालय सम्हालेपछि सुरुमै उनर्ले विगतमा मलाई वदनाम गराईयो अब चाही केहि गर्छुभन्न छुटाएनन । काम पनि गर्न थाले । धादिङको क्षेत्रीय अधिवेशनमा ३३ हेलिकप्टर प्रयोग गरिए, जुन संसद तथा जनताले त्यतिबेलै आक्रोस व्यक्त गरेको विषय हो । आफुभन्दा चार दर्जा तलको प्रहरी अधिकृतलाई भेट्न आएन,सेलिवे्रटी बन्न खोज्यो भने । भेट्न नआउने उक्त प्रहरी अधिकारीलाई सरुवाको लागी चाल चले ।

एमाले कार्यक्रममा जाँदा जेब्राक्रसिङ वा आकासे पुल छोडेर सडक डिभाईडरको डोरी नाघेर बाटो काट्दै कार्यक्रममा पुगे । शहरी क्षेत्रमा जुनसुकै नागरिकले पनि बाटो काट्दा या आकासे पुल या जेब्राक्रसिङ गर्नुपर्ने सामान्य शिक्षा बाल्यकालमै सिकाईन्छ । गृहमन्त्रीको अशोभनिय जेब्राक्रसिङ उनले ट्राफिक नियम मिच्ने मनसायले पक्केपनि नहोला तर एउटा मुलुककै उपप्रधानमन्त्री जस्तो सम्मानित व्यक्तिले त्यसरी डोरी नाघ्दा पहिलोपटक  मन्त्रालय सम्हाल्दा सिकाईने सामान्य शिष्ट्राचारको नैतिक शिक्षा फेल भने अवस्य भएको हो । जेब्राक्रसिङको नागरिकको तर्फबाट सर्वत्र विरोध र आलोचना भईरहदा एकजना नेपाल सरकारका शाखा अधिकृतलाई गृहमन्त्रीको जेब्राक्रसिङमा फेसबुक कमेन्टकै निहँुमा गृहमन्त्रालय झिकाई सजायस्वरुप उठवस गराउनु सरकारको आफ्ना कर्मचारीमाथी गरिएको यो कस्तो व्यवहार हो ?

ढिलै भएपनि गृहमन्त्रीले विज्ञप्तिमार्फत डोरी नाघेर बाटो काट्नु शोभनीय नभएको जनाएका छन, यो एक इमान्दार नेताको विलक्षण शोभा हो । जसको हातबाट पनि गल्तिहरु हुने गर्दछन तर गल्तिको प्राश्चित गरिनु गलतकर्ताको सबैभन्दा ठुलो महानता हो । तीनतीन पटकसम्म उपप्रधानसहित गृहमन्त्रालय सम्हाल्नु भनेको भावी प्रधानमन्त्रीको लागी विशिष्ट श्रेणीसहितको योग्यता हुनु हो । अब वर्तमान गृहमन्त्रीले भावी प्रधानमन्त्री बन्ने वा यसैमा चित्त बुझाउने भन्ने कुरा वहाँकै वर्तमान धरातलले  निर्दिष्ट गर्नेछ ।   

अब सरकारको सयदिनको रिपोर्ट कार्डमा उत्कृष्ट अंक आउन सकेन भनिदैछ । यस्तो व्यवहारले सरकारको मधुमासमा कसरी आउछ विशिष्ट श्रेणी ? जबसम्म देशमा व्रिफकेस कल्चरको अन्त्य, न्यायोचित रकमान्तर र नियमसंगत जेब्राक्रसिङमा ध्यान दिईदैन, तबसम्म न देशको विकास सम्भव हुन्छ न मधुमासमा कुनै श्रेणी ।


      २०७१ जेठ २८ को नागरिक दैनिकमा प्रकाशित
See more at :
http://nagarikplus.nagariknews.com/component/flippingbook/book/1819-nagarik-11-june-2014/2-nagarik.html
                                                                 

No comments:

Post a Comment