Saturday, March 8, 2014

स्रष्टा सम्मान, जलसाको जयहोस

शब्द–साहित्य                  
                                                                   
                                                                                                      –कृष्ण महरा              
आफ्नो अध्ययनको विषय अंग्रेजी भएपनि नेपाली साहित्य र साहित्यिक जमघट भनेपछि खुसीले भुईछोड्ने यो पंक्तिकारका आँखा साहित्यिक स्रष्टा एवं गजलकार आदरणीय अग्रज  आनन्द श्रेष्ठको फेसबुके भित्तामा बाडिएको साहित्यिक सुपारी निम्तोमा परे । यसअघि दुईवटा श्रृंखला वाचन गरिसकेको जलसा नेपालले तेस्रो श्रृंखलामा प्रा. डा. सनत कुमार वस्तीको सम्मान र वहाँकै एकल गजल वाचन हुने कुरा सुपारी निम्तोले बोलेको थियो । मैले गजल वाचन कार्यक्रममा सहभागी हुने जिज्ञासा राखिनसक्दै गजलकार स्रष्टा श्रेष्ठले वाचनस्थल कोटेश्वर तीनकुनेको होटल नेसनल भिजन सम्मकै बाटो देखाउनुभयो ।

 शहरले रहरपनि जन्माउने गर्छ भनेझै मेरो रहर पुराहुने देखेर दंग पर्दै यो म शनिबार विहान भोजन सकेसंगै हानिए तीनकुनेको होटल नेशनल भिजनतर्फ । चाहना र इच्छा हुँदाहुदैपनि परिस्थिति र परिवेशले साहित्यिक जमघटहरुमा उपस्थिति जनाउन नसकेको मेरालागी जलसा नेपालको गजल वाचन पहिलो साहित्यिक भेट थियो ।
निम्तो स्वीकार्दै आउने साहित्यिक स्रष्टा र गजलपारखीहरुलाई जलसा नेपालका संस्थापक सदस्य एवं गजलस्रष्टा विपुल सिजापतिद्धारा  वाचनहलको मुल ढोकाबाटै गरिएको हँसिलो साहित्यिक स्वागत मजस्ता नवआगन्तुक गजलपे्रमीहरुलाईमात्रै नभई सम्पुर्ण स्रष्टा, सर्जक र पारखीहरुसमेतलाई रसिलो सातुसामल बनेको हुनुपर्छ । सोहि शुभकार्यमा जलसाकै सदस्य एवं स्रष्टा निता के.सी.ले रहरलाग्दो साथ दिईरहनुभएको थियो । अझ चलचित्र निर्देशक एवं चर्चित लेखक प्रकाश सायमीले  सम्पुर्ण स्रष्टा र नवआगन्तुक गजलपे्रमीहरुबीच एक आपसमा गराईदिनुभएको परिचय कार्यक्रम कै मिठासपुर्ण  सत्कारझै लाग्दथ्यो  ।

गजल वाचन श्रृंखला सुरु हुनुभन्दा केहि समय अगाडि मलाई होटल भिजनको हलसम्म पु¥याउन सहयोग गर्ने अग्रज स्रष्टा आनन्द श्रेष्ठले  वरिष्ठ मुक्तककार, कवि तथा रेडियोकर्मी  रमेश पौडेलसंग मेरो परिचयात्मक भेट गराईदिनुभयो । हरेक सोमबार राति १० बजेको हिन्दी समाचारपछि सुमधुर आवाजमा सुनिने सुपरहिट कवि, साहित्यकारलाई प्रत्यक्ष भेट्दाको मज्जा बयान गरिनसक्नु हुदोरहेछ । यो अवसर जुराईदिने आदरणीय अग्रज स्रष्टा  श्रेष्ठ र जलसा नेपालप्रति एकपटक शीर झुकाएर  सम्मान गर्न चाहन्छु ।

आदरणीय साहित्यकार एवं गजलकार ज्ञानुवाकर पौडेलको प्रमुख आथित्य र स्रष्टा प्रा.डा. सनत कुमार वस्तीको विशेष आथित्यमा   वरिष्ठ साहित्यकार डा. कृष्णजंग राणा, साहित्यकार डा.रामदयाल राकेश, चलचित्रकर्मी तथा चर्चित लेखक प्रकाश सायमी, वरिष्ठ मुक्तककार, कवि तथा रेडियोकर्मी रमेश पौडेल, गीतकार सुभाषचन्द्र ढुंगेल, गायक शैलेश सिंह,कवि मोमिला जोशी, गजलको उत्थान र विकाशमा दिलोज्यानले लागी पर्नुभएका गजलकार प्रभाती किरण जस्ता हस्तीहरुको गरिमामय उपस्थितिले वाचनहल अति शुसोभित भएको थियो । त्यसैगरी स्रष्टा दुर्गा बहादुर  शार्ह बाबा’, जीवन कायस्थ, संगितकारद्धय बालान्द राई र केशब पौडेल नेपाली, गायक गोपाल अधिकारी, युवास्रष्टा नवराज पराजुली तथा कयौ युवा गजलअनुरागीहरुको उपस्थितिलेपनि कार्यक्रममा त्यति नै रौनकता थपेको थियो ।
त्यो चिसो–चिसो अनि झरिलो–झरिलो दिनमा जलसाकै सक्रिय सदस्य एवं गलजकार स्रष्टा  विपुल सिजापतिसंग छोटो अनि मिठो भलाकुसारी गर्ने मौकापनि मिलेको थियो । त्यसै आधारमा मैले जलसाबारे थोरै भएपनि कलम अघि बढाउने जर्मेको गरेको हँु ।

जलसाको जन्म ः
छिमेकि देश भारतमा गजल गायनले शिखर चुमिसकेको र नेपालमा पनि गजल वाचन÷गायनले पुरै सांगितिक क्षेत्रमा कब्जा जमाईरहेको बेला नेपाली गजलको उत्थान, संरक्षण र विकासप्रति सबै साहित्यिक स्रष्टाहरुले चासो देखाईरहेका थिए । यसै क्रममा नेपाली गजल उत्थान र  विकाशसंगै   गजल सिर्जना, विकास र उत्थानमै योगदान पु¥याउने साहित्यिक स्रष्टा सम्मानबारे नयाँ सोच आएको र सोहि अठोट र उद्देश्यका साँथ साहित्यिक स्रष्टा एवं गजलकार  क्रमशः आनन्द श्रेष्ठ, विपुल सिंजापति,कृष्ण वस्नेर्त भाग्य’, निता केसी, रमेश विमान र ईन्दिरा जोशी लगायतका स्रष्टाहरुको सक्रियतामा वि.स. २०७० साल मंशिर महिनामा विशुद्ध साहित्यिक संस्था जलसा नेपालको जन्म भएको हो  ।

जलसाको श्रृंखलावद्ध यात्रा ः 
मंशिरमा साहित्यिक संस्था जलसाको जन्म भएसंगै स्थापनाको मुख्य उद्देश्य गजल उत्थान, विकाश र स्रष्टा सम्मानलाई निरन्तरता दिनु थियो  । जलसाको स्थापना भएको पहिलो महिना अर्थात पहिलो श्रृंखलामा (यहि पौष पहिलो शनिबार) साहित्यकार प्राज्ञ ललिजन रावलको एकल गजलवाचन र वहाँकै सम्मान भएको थियो । त्यसैगरी कार्यक्रमको दास्रो श्रृंखलामा आदरणीय साहित्यिककार  एवं गजलकार बँुद रानाको एकल वाचन संगसंगै वहाँकै सम्मानले निरन्तरता पाएको  थियो । यसपटकको श्रृंखलाभने  पहिला दुई श्रृंखलाहरुभन्दा विल्कुलै फरक र अत्यन्तै रोमाञ्चक मात्रै भएन, सिर्जना र कलाका धनि प्राज्ञ डा. सनत कुमार वस्तीले स्रष्टा र पारखीहरुसंगै होटल नेशनल भिजनको हल नै गजलवाचनले धुनमय बनाउनुभयो ।
कार्यक्रमको सुभारम्भ  जलसाकै संस्थापक सदस्य तथा गजलकार कृष्ण बस्नेर्त भाग्य’ले गजलकार धनराज गिरीद्धारा चितवनबाट प्रेसित  र्
भन्न थाले जुनतारा वाहवाह गजल ।
सुन्न आए फुल सारा वाह वाह गजल ।।

दुई मोती वस्ती ज्ञानु कति आनन्द रे ।
अचम्म छ यिनको पारा वाह वाह गजल’ ,.......।।
गजल वाचनबाट गर्नुभयो ।

 स्वागत मन्तव्यकै क्रममा घरभित्र(जलसा नेपाल)कै सदस्य एवं गजलकार विपुल सिजापतिले पनि स्वागत मन्तव्यसंगै आफ्नो गजल वाचन गरेर माहौललाई अझ सौहार्दपुर्ण बनाउनुभयो ।
स्वागत मन्तव्य सकिएलगतै वाचन श्रृंखलाका विशिष्ठ अथिति प्राज्ञ डा. सनत कुमार वस्तीलाई सम्झनास्वरुप मायाको चिनो र सम्मानपत्रले सम्मान गरियो । प्रमुख अथिति एवं नेपाली गजलका अग्रणी हस्ती गजलकार ज्ञानुवाकर पौडेल जलसाका सदस्यहरुबाट यसरी सम्मानित भईरहदा हलभरी आसिन साहित्यकार, विभिन्न पेशाकर्मी, सर्जक, गजलकार तथा गजलपारखीहरुले एकैसाँथ तालीको गड्गडाहटले स्वागत गरिरहे ।

त्यसपछि सुरुभयो श्रृंखलाका विशेप अथिति एवं प्राज्ञ डा. सनत कुमार वस्तीको वाचन । मान्छे त्यसै डा. नहुँदो रहेछ भन्नेकुरा मैले जलसाको गजलवाचनमा उपस्थित हुँदा प्रत्यक्ष बुझ्ने मौका पाए । त्यस दिनका विशेष अथिति स्रष्टा डा. वस्तीले नेपाली मात्रै नभएर हिन्दी गजलसमेत उत्तिकै सहजताका सांथ वाचन गर्नुभयो । वाचनको सुरुमा र्
सुनसान लाग्छ जीन्दगी, लागेर के गरु ।
मायालुको यो चाहपनि त्यागेर के गरु ।।

चाहेर पाईदैन यहाँ चारपल खुसी ।
हे दैव लामो जीन्दगी मागेर के गरु ।

छोडेर उदास यो शहर टाढारहु जति ।
पछ्याईरहन्छ याद अनि भागेर के गरु’.............. ।।
गजल पस्केका उनले पुरै हल नै भावशुन्य र स्तभ्ध बनाईदिए । हलभित्रका साहित्यकार, कवि,  गजलस्रष्टा, लेखक, तथा गजलपारखी÷अनुरागीहरुलाई उनको प्रस्तुतीले  मन्त्रमुग्ध बनाईदियो ।

विशेष अथिति  को वाचन संगसंगै अन्य गजलस्रष्टाहरुलाई समेत स्थान दिने उक्त श्रृंखलामा त्यसपछि भने गजलकार एवं संगीतकार केशब पौडेलले घरभित्रकै सदस्य  विपुल सिजापतिद्धारा रचित गजल आफ्नै संगीतमा वाचन गर्नुभयो । त्यसैगरी  अर्का गायक गोपाल अधिकारीलाई  गजलकार  प्राज्ञ चेतन कार्की र प्राज्ञ डा. सनत कुमार वस्तीको  गजल वहाँकै स्वर तथा संगीतमा वाचनको सुवर्ण अवसर प्रदान गरिनुले स्रष्टासम्मानमा जलसाको कार्य अति सोभनीय र प्रशंसनीय रहेको सजिलै बुझ्न सकिन्थ्यो । वाचन कार्यक्रमकै मध्यतिर विशेप अथिति एवं प्राज्ञ डा. सनत कुमार वस्ती कै विद्यार्थी  एवं युवा गजलमन  नवराज पराजुलीद्धारा र्
सफर जीन्दगी मुस्कुराएर बाँच ।
गजल जीन्दगी गुनगुनाएर बाँच’ ........।।
गजल वाचनले हलभित्रका स्रष्टा, सर्जक र गजलपारखीहरुलाई गजलमा युवा मनको आकर्षण र लगाब कत्तिको छ भन्नेकुरा छरपष्ट पारिदियो ।

कार्यक्रममा गजल वाचनको रौनक त छदैथियो पटक–पटकको जलसाको चियापानले पक्कैपनि स्रष्टा र गजलअनुरागीहरुलाई त्यो चिसो दिनमा पनि जाडोको आभाष हुन दिएनहोला । यसरी कार्यक्रम अवधीभर गजल स्रष्टा प्राज्ञ डा. वस्तीले दजनौ गजल वाचन गरेर वाचनको तेस्रो श्रृंखलालाई अविस्मरणीय वनाउनुभयो । कार्यक्रमकै अन्त्यतिर विशेष अथिति प्राज्ञ डा. वस्तीले हिन्दी गजल र्
लग्ता नही हे दिल मेरा उजडे दयार मे ।
किसकि बनि हे आलम ये नपयदार मे ।।

उमर ए दराज माग के लाएथे चार दिन,
दो आरजु मे कट गये दो इन्तजार मे ।

केहदो इन हसरतो से कहिं और जा बसे ।
इतनी जगेह कहाँ है  दिल ए दागदार मे’ ........... ।।

गाईरहदा शुप्रसिद्ध हिन्दी गजल गायक मोहम्मद रफी, जगजीत सिंह र गुलाम अलिको झल्को दिन्थ्यो । डा. वस्तीले गजल वाचन गरिरहदा हलभित्र पछाडि बसिरहेका स्रष्टा, सर्जक र गजलपारखीहरु भने सायद स्टेजको पर्दा पछाडि गजल गायक सिंह, अलि र डा. वस्ती लाई राखेर कथमकदाचित गाउन लगाईन्थ्यो भने स्रोताहरुलाई स्वर छुट्याउन हम्मेहम्मे पथ्र्योहोला भनेर कानेखुसी गरिहेका थिए ।

 जलसाको आगामी श्रृंखला यहि चैत्र १ गते साहित्यिक स्रष्टा एवं नेपाली गजलका अग्रणी हस्ती गजलकार ज्ञानुवाकर पौडेलको एकल वाचन र वहाँकै सम्मान हुने जलसाकै संस्थापक सदस्य एवं गजलकार आनन्द श्रेष्ठले जानकारी गराउनु भयो ।  श्रृंखलाको अन्त्यमा बोल्दै कार्यक्रमका प्रमुख अथिति गजलकार ज्ञानुवाकर पौडेलले सर्जक र स्रष्टाको जतिसुकै कर्णप्रिय स्वर भएपनि गाउनको लागी भने गायकलाई नै दिनुपर्ने र गायकलाई गाउनका लागि नदिए उसको पेशा धरापमा पर्नसक्छ भन्ने धारणा राखे । यसले गजलस्रष्टाहरुको भावनात्मक साईनो गायकहरुसंग पनि रहेको सजिलै बुझ्न सकिन्छ ।

जलसाको भावी योजना ः
गजल गायनले बजार र पुरै सांगितीक क्षेत्र ओगटिरहेको बेला नेपाली गजलको उत्थान र विकाश त जलसाको समष्टिगत योजना त हुने नै भयो, गजल सिर्जना र गायनमा दत्तचित्त स्रष्टाहरुलाई हौशला र कदरस्वरुप सम्मान गर्ने यस संस्थाको सबैसामु  प्रशंसनीय योजना हो । जलसाकै संस्थापक सदस्य एवं गजलकार विपुल सिजापतिका अनुसार स्रष्टा सम्मानमा वरिष्ठ साहित्यिक स्रष्टाहरुलाई मात्रै नभई नेपाली गजलमा कलम र मन दुवै चलाउने युवा गजलकारहरुलाई समेत क्रमशः उत्तिकै कदर र सम्मान गरिनेछ । त्यसैगरी प्रत्येक महिना एक–एक जना गजलस्रष्टाको गजल वाचनसंगै वहाँकै सम्मान गरिने र हरेक छ महिनामा सम्मानित सबै छ जना स्रष्टाका वाचित गजलहरुको संग्रह निकालिने जलसाको अर्को उत्कृष्ट योजना हो ।

यसरी स्थापनाको यति छोटो अवधिमा पनि गजलविधामा छरिएर रहेका स्रष्टा र सिर्जनाहरुलाई एकै मंचबाट वाचन र तिनको कदरस्वरुप  सम्मान गर्दै लैजाने जलसा नेपालको योजना साहित्यिक विर्धा गजल’ उत्थान र स्रष्टासम्मानमा अंगेजी साहित्यले विश्वभरी कब्जा जमाईरहेको बेला नेपाली साहित्य विस्तारको क्षेत्रमा एउटा अविश्मरणीय कोशेढुंगा सावित हुनेछ । यी र यस्तै अन्य साहित्यिक  विधाहरुमा  प्रतिभाको खोजी, उत्थान र सम्मान गर्ने विशुद्ध साहित्यिक सञ्जाल र संस्थाहरु  नेपालको पुर्वी तथा पश्चिमी क्षेत्रमा पनि यसैगरी स्थापना गरि साहित्यिक विकाश र स्रष्टा सम्मान गर्नसके निश्चय नै विभिन्न साहित्यिक विधाहरुको संरक्षण मात्रै नभई स्रष्टालेपनि उचित आत्मसम्मान पाउने थिए ।

अन्तमा, मलाई जलसा नेपालको गजलवाचन श्रृंखलामा सुपारी निम्तो दिई वाचनस्थल तिनकुनेस्थित होटल नेशनल भिजनसम्मकै बाटो देखाईदिने अग्रज स्रष्टा आनन्द श्रेष्ठप्रति हार्दिक आभार आभारप्रकट गर्दै जलसाबारे मेरो जिज्ञासा सहजै मेटाईदिएर मलाई तिरिनसक्नु गुन लगाउनुहुने  जलसाकै सदस्य एवं गजलकार विपुल सिजापतिलाई हार्दिक धन्यवाद दिन चाहन्छु । यहाँहरुको गजल उत्थान र स्रष्टासम्मान अभियानले सफलताको चुली चुमोस ।


 फागुन २३,२०७० को नागरिक दैनिकमा प्रकाशित
See more at :
http://nagarikplus.nagariknews.com/component/flippingbook/book/1709-nagarik-07-march-2014/2-nagarik.html

No comments:

Post a Comment