Friday, December 26, 2014

त्रिशुलीमा राफ्टिङ सफर : झल्को त्रिशुलीको

          

                                                                                              –कृष्ण महरा       


'ओई ! तिम्ले राफ्टिङ जानुपर्छ है’ 
एकाविहानै क्याम्पस गेट छिर्न नभ्याउदै मधुले अह्राई । 

मैले हुन्छ  भन्न सकिन र हुन्न पनि भन्न सकिन र्। हेरौला निको इसारामा टाउको हल्लाए ।  
'त्यस्तो कन्फ्युज किन ? तिम्ले जानै पर्छ’,  संगै उभिएकी सम्झनाले दबाबमिश्रित धक्का दिईन ।

'ल पक्का जान्छुभनेपछि मात्रै मलाई छुट्कारा मिल्यो र म क्याम्पस गेटबाट कक्षाकोठातिर अगाडि बढे । 
नभन्दै राफ्टिङ जाने दिन बैसाख ६ गते नजिकिदै गयो । राफ्टिङ सफरको चाँजोपाँजो मिलाउनेहरु अलि बढि व्यस्त देखिन्थे ।
'ओ हेलो, तँ जान्नस ?, तिमी नजाने राफ्टिङ ?, तपाई  नजाने ? हजुरले नगई त हुँदै हुन्न केर्,ओई तिम्ले पैसा ल्यायौ ? कति कम प¥यो ? भोली अन्तिम डेट हो नि फेरि, मिलाएर ल्याउ नत्र गाह्रो हुन्छ के 
क्लासमा प्रोफेसरको आगमन भइसकेको हुन्थ्यो र पनि कोठा यी र यस्तै प्रश्नहरुले गुन्जित देखिन्थे । 

राफ्टिङ सफरको अघिल्लो दिन बैसाख ५ गते, कक्षाकोठामा असोसिएट प्रोफेसर गणेश दत्त भट्टको आगमन भईसकेको थियो । खै कुन्नी किन हो वहाँ निर्धारित समयभन्दा १५ मिनट ढिला आउनुभयो । वहाँले क्लास सुरु गर्नै लाग्दा रोकाईयो र एउटा मौखिक ह्वीप जारी गरियो । भनिर्यो राफ्टिङ सफरमा जाने सबैले आफुलाई सजिलो र फिट हुने एकजोर थप कपडा बोक्नुहोला

अर्जुन जी ह्वीपकर्ता हुनुहुन्थ्यो । उर्दीमा विहान ६ः१५ बजे नै क्याम्पसमा उपस्थित हुन भनिएको थियो । दुईदिन अगाडि नै सफरको समयतालिका फेसवुकको भित्तामा सर्वत्र बाडिएको थियो । उफ ! लाइक, सेयर र कमेन्टको वर्षा कति कति । 

 नभन्दै राफ्टिङ सफरको दिन आयो । उर्दिको समय शिराधार्य गर्दै पुगे क्याम्पसको प्रांगडमा । 

एकचोटि त अकमक्क परे । क्याम्पस अगाडि हरियो नं. प्लेटका चिल्ला दुईवटा बस, टाढैबाट ठुला अक्षरमा देखेर्, पर्यटक मात्र। म झनै झुक्किए ।
'बस खै त’ ? मैले नसोधी बस्नै सकिन
'यी के त सर’ ? बसतिर इसारा गर्दै श्रीराम जी जिस्किनुभो । 
मनमनै सोचे, स्वदेशमै स्वदेशी नै आज पर्यटक बन्न पाउने भो, मन त्यसै फुरुङ्ग अनि गदगद् ।  
चिया पिउनेले पिए, नपिउनेहरु त्यतिकै रमाए । 

मोबाइलको घडिले सात बजेको संकेत गर्दै थियो । दुईटै बस खचाखच भरिए, प्रस्थानको समयले नेटो काट्नै लाग्दासमेत बसका पाइलट ककपिटमा भेटिएनन । बसहरु यात्रुलाई एउटा गालार्धबाट अर्को गालार्धमा ओसारपोसार गर्ने अन्तराष्ट्रिय बोइङभन्दा कम थिएनन, त्यसैले बस चालक दललाई पाईलट र ककपिटको उपाधी दिलखोलेर दिन मन लाग्यो ।  

चालकको आगमनसंगै सुरुभयो राफ्टिङ सफरको रौनक । बसले हर्न फुक्यो र लाग्यो आफ्नो गन्त्यव्यतिर । जतिजति बस गुड्दै जान्थ्यो त्यति त्यति नै सफरमा सवार हामीहरु गफिन्थ्यौ, नाच्थ्यौ, खेल्थ्यौं, हाँस्थ्यौं र बसको बे्रकसंगै उफ्रिनेहरु त कति थिए कति, गन्न कसले सकोस । 

बस कालिमाटीको जाममा रन्थनिएको थियो, प्रविन जी ले एउटा आईडिया निकाल्नुभो, अन्ताक्षरी खल्ने । अब सुरुभो बसभित्रै अन्ताक्षरीको भयावह माहोल । कतिखेर कुन गीतबाट सुरु गरे, मैले मेलोमेसो केहिपनि पाईन । अन्ताक्षरीमा भाका हालेर गीत गाउनैपथ्र्यो, भाका हालेर गाउनलाई मसंग स्वरको सुकोपनि थिएन । त्यसैले मैले नजिकबाट नियालीमात्रै रहे ।

अन्ताक्षरीको यो दाहोरीमा तन, अन्तर्मन, मोह र स्वरको थुंगासरी ईच्छा हुनेले नेपाली, अंग्रजी, हिन्दी र मैथली सबै गीतहरु सफरसंगै भ्याए, कुनै बाँकी राखेनन । अझ भन्नुपर्दा, बजारमा आएजति गीतहरु एक नराखी निमीट्यान्न पारिदिए ।  म सोच्दै थिए अबपनि अन्ताक्षरी खेल्ने हो भने गीतकारले नयाँ गीत लेख्नुपर्ने, संगीतकारले संगीत थप्नुपर्ने र गायकले भन्दै स्वर थप्नुपर्ने, यदि लेखिएनन वा थपिएनन भने अन्ताक्षरी खेल्छुभन्दा सम्भव थिएन । 

अति आनन्ददायी मनोरञ्जनले बस कतिखेर होटल ब्लु ह्यावेनमा पुगेछ पत्तै पाँइन । होटल ब्लु ह्यावेन परिसरमा फाट्टफुट्टबाहेक नेपाली अनुहार कम, विदेशी अनुहार बढि भेटिए । खुकुलो र पारदर्शी पहिरन, कपालमा काला चस्मा, घाँटीमा क्यामेरा, हातमा नक्सा र नोटकपि अनि साँथमा कलिला मुना । झट्ट हेर्दा कुनै विदेशी क्याफेमा पुगेजस्तो । सोचे, यही हो आनन्दित जीन्दगी, जीउनुको सार्थकता र अर्थ । छिः हाम्रो नि जीन्दगी !, खै के जीन्दगी । 

अन्ताक्षरीको उक्साहट, डान्स र रोमान्सले पेट रित्तिएकाहरु विहानीको ब्रेकफास्टसंगै अझ बढी मोज गर्न थाले । होटल ब्लु ह्यावेनको बे्रकफास्टपछि सफरको सनक त्यही गतिमा अगाडि बढ्यो र केहि मिनेटपछि वेनिघाँटस्थित राफ्टिङ सफरको उद्गमस्थल त्रिशुली रिभरसाईड क्याफेमा उक्त बाईङरुपी बस सफलतापुुर्वक अवतरण गरियो । 

बसबाट ओर्लनेवित्तिकै सफरका सहयात्रीहरु आँखाले भ्याएजति आजै हेर्न पाए हुन्थ्योझै गरि छेउदेखि क्षितीजसम्म आँखा र नजर तेस्र्याउन थाले । अरुले आफ्नै आँखा तेस्र्याएपनि कमल जी भने क्यामेरा तस्र्याउन थाल्नुभो । 

खिचिक खिचिक ... ... ... कमल जी ले क्यामराको कर्मकाण्ड सिद्ध्याए । सबै तितरवितर । सबै कतिखेर लाईफ ज्याकेट पहिरिएर नदिमा हामफालु झै गरिरहेका थिए । सबैले लाईफ ज्याकेट लगायौ, शीरमाथी फरकफरक रंगका हेल्मेट, हातहातमा प्याडल र शरिरमा हाफ कपडामात्रै ।  सोच्यौं अब यहि हो राफ्टिङ, यस्तै हो सफर । 

'अल अफ यु, टेक अफ युअर लाईफ ज्याकेट एण्ड लिसन इन्सट्रक्सन’ 
कालो चस्माधारी राफ्टिङ म्यानेजर विदेशी भाषामा वर्वरायो । लगाएजति सबै नफुकाली उसले बोल्नै मानेन । हामी सबैले लाईफ ज्याकेट, हेल्मेट र प्याडल जस्ताको त्यस्तै यथास्थानमा राखिसकेपछि म्यानेजरले निर्देशन अगाडि बढायो । सायद हामी सबै नेपाली भएर होला निर्देशनको वचनमा दश प्रतिशत नेपाली थियो अरु पुरै अंग्रेजी । बुझ्नेले बुझे, नबुझ्नेले बुझेको वाहनामा टाउको हल्लाए । 

कम्तिमा आठ जनाको समुह बनाउनुपर्ने र एउटा गाईडको निर्देशन र आदेशमा चल्नुपर्ने म्यानेजरको भावअनुरुप हामी सात समुहमा विभक्त भयौ । म्यानेजरले आफ्नो ड्युटी निभाए, हामीले गाईडलाई पच्छ्यायौ । राफ्टिङ सुट र साधनसहित हाम्रो जम्बो टोली लाग्यो त्रिशुलीको नदिकिनार । 

फेरी सुरुभयो दश मिनट नदिछालमै गाईडको व्यक्तिगल लेक्चर । उसको पनि लेक्चरको भाषा विदेशी नै थियो । पढेका कतिसम्म हुन दैवले नै जानुन तर अंग्रेजी भाषाको दखल देख्दा अंग्रजीमै माष्टर्स सक्काएझै लाग्थ्यो किनभने मैले डिग्री पास गरेकाले त्यसरी अंग्रेजी बोलेको कमै भेटेको छु । 

शान्ती मुटु छाम्न थालीन । के भो शान्ती तिम्लाई ?’ हेमराज जी ले सोध्नुभयो । 
उनी चुप लागिन, सायद बोल्न मानिनन ।
'केहि हैन, मात्रै डराकी’ , अम्बिकाले प्रतिउत्तर दिईन । 
फोटो खिच्नेले खिचे । अब भने क्यामेरा र मोबाईल वाटरप्रुफ बक्सकोे भित्री कुनामा जतनसाँथ थन्काईए फोटो खिच्न उचित ठाँउहरुमा निकाल्ने कबुलनामा गर्दै । 

अहिलेसम्मको सब वाईयात थियो, खास राफ्टिङ सफर त अब पो सुरुभयो । जब दर्जन मान्छे बोकेको राफ्ट त्रिशुलीमाथी पानीजहाँजझै हुँईकिन थाल्यो, पहिलोचोटी सफरमा सवार सबैले बुझे यहि रहेछ राफ्टिङ  । 

अझ मैले त र्यापीड(नदीमा तीव्र गतिले पानी बगेको ठाँउ)  आउँदा राफ्टिङ अरु ठाँउमा त्यही डुंगा सवार न हो भन्नेपनि धेरै भेटेको तर वास्तममा त्यसो होईन रहेछ । 

हाम्रो राफ्टको भोला जी र अर्जुन जी कार्यकारी कमाण्डर हुनुहुन्थ्यो । अगाडी बसेर राफ्टको दिशानिर्देश गर्दै,  अरु हामी सबै असिस्टेन्ट पछाडिपट्टि । सुरुमा दुईतिन वटा र्यापिड आउदा ककसको मुटु कति थर्कियो मलाई थाहा भएन । पछि भोला जी को जिम्मेवारी मैले लिए, अगाडि बसेर चलाउन साह्रै गाह्रो हुँदोरहेछ, बसेपछि थाहाभयो । 


बाटोमा अलिकति दुईटा राफ्ट नजिक के भएका थिए, सबैले पानी छ्याप्दै भिडन्त नै गर्न थाले । मलाई भने कसरी सबैलाई पच्छ्याएर कसरी अगाडी जान सकिन्छ भन्ने एकमात्रै धोको थियो । म धोको पुरा गर्न एकोहोरो गाईडको परवाह नै नगरी अगाडी बढ्दै थिए । 

'हेलो, तपाई मेरो पनि कमान्डर हो ? त्यसै गर्ने हो भने म छोडिदिन्छु आफै ह्याण्डल गर्नुस । राफ्टको पछाडी छेउमा बसेको गाईड मलाई इसारा गर्दै कड्कियो । 

मेरालागी पानीमा न कुनै चेकजाँच न कुनै ट्राफिक नै । म रोक्नुपर्ने ठाँउमा पनि आफ्नै सुरले हुँईकाउदो रहेछु  । त्यसैले उ कड्किएको रहेछ मेरो राफ्टिङ गाईड । म पनि के कम, झट्ट सोधिहालेर्, भाई तिम्रो  नाम ’? 
कड्किएको अध्याँरो अनुहार चम्किलो पार्दै बोल्योर्, सन्तोष लामा

यहिबाट सुरुभयो हाम्रो संक्षिप्त वार्तालाप । 
  म    :          घर चाँहि कता नी’ ?, 
गाईड  :          धादिङ
 म    :          कति भयो यसरी गाइड बनेको’ ?
गाईड  :          भयोहोला एकवर्ष छ महिनाजति 
 म    :          कति कमाउछौ नि’ ? 
गाईड  :         स्वदेशीबाट दिनको दुईहजार, विदेशीबाट दुईहजार प्लस टिप्स त कति हुन्छ कति’ ? 

म    :        सिजनमा त खुब कमाई हुन्छहोला नी’ ? 
गाईड :         हुन्छ तर बचाउन सकिन्न 

हाम्रो वार्ता नसकिदै  र्यापिड नजिक पुगेछौ । 

राफ्ट एक्कासी माथी हुँइकिएर तल अनि फेरी त्रिशुलीको छालसंगै माथी हुत्तियो । 
नभन्दै सरिताले पिलपील आँशु खसालिन

'किन के भो’ ?, भोला जी ले सोध्नुभो
'पानीको फोकाले गालामा हिर्कायो’ , सरिताले जवाफ फर्काइन । 
पछि थाहा भयो लामो अनि भयंकर डरलाग्दो र्यापिडमा सरिताको मुटू थर्किएछ, बचाउनै हम्मेहम्मे । 

राफ्टिङ सफरको बिच बिचमा कतिले पौडि खेलेर धित मारे, कतिले एक अर्कालाई पानी छ्यापेर । कोहि भने फोटो खिच्नमै प्रफुल्ल । फर्किदा त्यहि त्रिशुली रिभरसाईड क्याफेमा पेट नभरिएसम्म खाना मिठो मानीमानी खाईरह्यौ, पेट भरिएसी अलिअलि कुरापनि बनायौ । होटल प्रांगडमै नाच्नेले नाचेरै मज्जा लिए, गाउनेले गाएरै मज्जा लिए अनि हेनैले हेरेरै । 

करिब ४ घण्टाको राफ्टिङ सफरपश्चात सकुसल सम्पुर्ण सहयात्रीहरु काठमाण्डौ फक्र्यौ । सायद प्रोफेसर डा. सुस्मिता सिंह कार्कीको सफरपुर्वको सुभेच्छा र सदिक्षाले हुनुपर्छ न कसैलाई चोटपटक लागेको सुईको सुनियो न कसैले खल्लो अनुभव गरेको नै  । 

अन्तमा, त्रिशुली राफ्टिङ पर्यटकिय दृष्टिकोणले अति महत्वपुर्ण त छदैछ, अर्थापार्जन र रोजगारीको हिसाबलेपनि यो व्यवसाय सरल, सलिन र सराहनीय छ । त्यै त्रिशुली हो कतिबेला बढेर मान्छेसमेत बगाईदिन्छ कतिबेला पुल भत्काएर आवतजावत नै राकिदिन्छ तर म त भन्छु, यसले थोरबहुत जेजस्तो गरेपनि धेरैजसो कतिलाई मनोरञ्जन प्रदान गरेको छ भने कतिलाई रोजीरोटी र खानानानाको जोहो गरेको छ । जय हो त्रिशुली, जय हो राफ्टिङ । 

                                                                                                                        

 गत बैशाख ५, २०७० को त्रिशुलीको  राफ्टिङ सफरको  यात्रा संस्मरण 

No comments:

Post a Comment